|
शनिवार, 28 अप्रेल 2012 14:49 |
|
मेक्सिको/ मानिसले एक पटकमा दुई सन्तान, तीन सन्तान वा चार सन्तान जन्माएको त हामीले सुनेका छौँ । तर, मेक्सिकोकी एक महिलाले एकै पटक नौ सन्तान जन्माउने भएकी छिन् । कार्ला भेनेसा परेजले मे २० मा ६ छोरी, तीन छोरा जन्माउने भएको चिकित्सकले बताएका छन् । मेक्सिकोको उत्तरपूर्वी प्रान्त कोहिल्याकी बासिन्दा परेज अहिले प्रान्तीय राजधानी साल्टियोको अस्पतालमा उपचार्थ छिन् । फर्टिलिटी टिर्टमेन्ट गरेकै कारण एकै बेतमा यत्रो सन्तान जन्माउन लागेको चिकित्सकले जनाएका छन् । 'अहिले नै बच्चाहरूको नाम सोच्नु सार्है छिटो हुन्छ । सुरुमा स्वस्थ बच्चा जन्मिएपछि मात्र उनीहरूको नाम के राख्ने भन्ने सोच्छुँ,' परेज भन्छिन् । परेजले जन्माउने सबै नौ सन्तान बाँचेको खण्डमा उनले एकै बेतमा धेरै सन्तान जन्माउने रेकर्ड राख्ने छिन् । १९७१ म्ाा अस्टे्रलियाकी गेराडाइन ब्रोडिकले एकै बेतमा पाँच छोरा र चार छोरी जन्माएकी थिइन् । तर, उनका कुनै पनि सन्तान बाँचेनन् । मलेसियाकी जुरिना मात सादले पनि १९९९ को मार्चमा पाँच छोरा, चार छोरी जन्माएकी थिइन् । तर, उनका कुनै छोराछोरी पनि ६ घन्टाभन्दा बढी बाँचेनन् । २००९ मा अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले एकै बेतमा आठ सन्तान जन्माएपछि उनी एक किसिमले सेलिब्रेटी नै बनेकी थिइन् । ३६ वषर्ीया नाद्या सुलेमानका आठै सन्तान जीवित छन् । यसअघि नै ६ सन्तानकी आमा सुलेमानले आठ सन्तान जन्माएपछि भने सबै छोराछोरीको उचित स्याहार गर्न नसकेको आरोप लागेको छ । उनका छोराछोरीलाई कुपोषण भएको, केटाकेटीलाई सफासुग्घर नगरिएको आरोप पनि लगाइएको छ । अहिले उनको सन्तानलाई क्यालिफोर्निया चिल्डे्रन्स सर्भिस डिपार्टमेन्टले रेखदेख गरिरहेको छ ।
|