Thursday, May 23, 2013

किन आउँदै छन् भारतीय सेनापति ? पीडीएफ मुद्रण इमेल

रोशन खड्का/नयाँ पत्रिका
काठमाडौं, २५ असार
जनरल विक्रम सिंहले भारतीय सेनाध्यक्षको रूपमा पहिलो भ्रमण नेपालको गर्दै छन् । एक महिनाअघि मात्र भारतको स्थलसेनाको प्रमुख नियुक्त भएका सिंह आफ्नै चासोमा मंगलबार पाँच दिनका लागि नेपाल आउँदै छन् ।
उच्च सैनिक स्रोतले दिएको जानकारीअनुसार सेनापति नियुक्त भएलगत्तै सिंहले नेपाली समकक्षी प्रधानसेनापति छत्रमानसिंह गुरुङसँगको फोनवार्तामा आफू नेपाल आउन चाहेको बताएका थिए । दुई महिनाअघि मात्र विक्रम सिंहका पूर्ववर्ती सेनापति जनरल भिके सिंहले पनि अन्तिम औपचारिक भ्रमण नेपालकै गरेका थिए ।
महाशक्तिको रूपमा उदाउँदो भारतका सेनापतिले सामान्यतया ठूला मुलुकहरूको भ्रमण सकेर मात्र कार्यकालको अन्तिमतिर नेपालजस्ता साना मुलुकको भ्रमण गर्ने परम्परा छ । यसअघि भारतीय सेनाका सेनाध्यक्षहरू जनरल दीपक कपुर र भिके सिंहले पनि आफ्नो कार्यकालको अन्तमा नेपाल भ्रमण गरेका थिए ।
नेपाली सेनाका एक उपरथीले सिंहको भ्रमणलाई लक्षित गर्दै भने, 'सामान्यतया ठूला देशका सेनापतिले सुरुमै साना देशको भ्रमण गर्दैनन्, गरे पनि यति छिटो गर्दैनन्, तर सिंह सेवानिवृत्त हुनै लागेका प्रधानसेनापति छत्रमानसिंह गुरुङको कार्यकालमा नै भ्रमण गर्न चाहन्छन् भन्ने प्रस्ट भएको छ ।'
सैन्य विशेषज्ञहरू सिंहको भ्रमणलाई भारतीय सेनाले नेपाली सेनालाई उच्च सैन्य महत्त्व दिएको रूपमा बुझ्नुपर्ने बताउँछन् । छिमेकी मुलुक चीनबाट उच्च सैनिक अधिकारीहरूको नेपाल आगमन बढ्न थालेपछि भारतले त्यसप्रति गम्भीर चासो लिँदै उच्च तहबाट भ्रमण थालेको उनीहरूको विश्लेषण छ ।
१९६२ देखि नेपाली सेनालाई सहयोग गर्दै आएको भारतले पछिल्लो समय सहयोग बढाउन प्रस्ताव गरे पनि नेपाल सरकारले खासै ध्यान दिएको छैन । यसअघि तत्कालीन रक्षामन्त्री विजयकुमार गच्छदार भारत भ्रमणमा जाँदा पनि नेपाली सेनालाई सहयोग सुचारु गर्ने विषयमा छलफल भएको थियो ।
प्रधानसेनापति छत्रमानसिंह गुरुङ ०६६ मंसिरमा भारत भ्रमणमा गएको वेला भारतले दुई अर्बबराबरको सैन्य सहयोग दिने प्रस्ताव गरेको थियो । त्यसमा नेपाली सेनालाई अत्याधुनिक बनाउन घातक र गैरघातक दुवै सहयोग गर्ने प्रस्ताव गरे पनि सरकारबाट निर्णय भएको छैन ।

 

Add comment


Security code
Refresh