Saturday, May 25, 2013

पानीमा किरा बेच्नेले पत्रकार धम्क्याए पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, २५ असार
समाचार लेखेकै विषयमा कञ्चनजंघा फुड एन्ड वेभरेज प्ा्रालिका सञ्चालक हरि सिटौलाले नयाँ पत्रिकाकर्मी अजित अधिकारीलाई धम्क्याएका छन् । लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागकै कार्यालयलाई बेचिएको पानीमा  किरा भेटिएको समाचार शनिबार नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।
पानीमा किरा भेटिएपछि आन्तरिक राजस्व विभागले नै कारबाहीका लागि वाणिज्य विभागलाई पत्र लेखेको थियो । तर, जनस्वास्थ्यमाथि आफूले गरेको गम्भीर खेलवाड महसुस गरी गल्ती सच्याउनुको सट्टा सिटौलाले समाचार सच्याउने प्रयासमा लागेका छन् । समाचारको भुलसुधार गर्न भन्दै उनले सोमबार वाणिज्य विभागमै कर्मचारीकै अगाडि अधिकारीलाई धम्काएका हुन् ।
उनले पत्रकारको हातखुट्टा भाँच्ने उद्देश्यले आफू विभागमा आएको पनि दाबी गरे । 'पत्रकार कुटिनुको कारण यस्तै समाचार लेखेर हो, आज पनि तपाईंलाई कुट्न भनेर आएका थियौँ, ठीकै छ बच्नु भयो, अब किरा परेको समाचारलाई गल्ती भएको भनी क्षमायाचना लेख्नुहोला,' धम्की दिँदै सिटौलाले भने ।
सिटौलाले कञ्चनजंघा फुड एन्ड
वेभरेज प्ा्रालिको पानी शुद्ध भएको दाबी गरे पनि सरकारी निकाय आन्तरिक राजस्व विभागले नै उत्पादकविरुद्ध वाणिज्य विभागमा उजुरी गरेको हो । उजुरीपत्र नयाँ पत्रिकाले प्राप्त गरेको छ, जसमा कञ्चनजंघाको पानीमा किरा भेटिएको ठोकुवा गरिएको छ ।  पत्रमा 'कञ्चनजंघा
वेभरेजद्वारा उत्पादित हाम्रो स्वास्थ्य, प्रशोधित पिउने पानीको सिलबन्दी जारभित्र किरा भेटिएकाले छानबिन तथा कारबाही गर्न' अनुरोध गरिएको छ । आन्तरिक राजस्व्ा विभागको पत्रपछि वाणिज्य विभागले कञ्चनजंघाका सञ्चालक सिटौलालाई स्पष्टीकरण सोधेको थियो ।
समाचार संकलनका क्रममा संवाददाता अधिकारी सोमबार वाणिज्य विभाग गएका थिए । सिटौला पनि विभागमा स्पष्टीकरणपत्र बुझाउन गएका थिए । योबीचमा उनले पानी प्रशोधनमा गल्ती भएको भए सुधार गर्छु भनेनन्, बरु पत्रकारलाई धम्क्याएर खण्डन छाप्न दबाब दिँदै थिए ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अनुसार आन्तरिक राजस्व विभागका शाखा अधिकृत बलराम सापकोटाले किरा परेको जारको पानी लिएर उजुरी हाल्न आएका थिए । 'पहिले फोनबाट जारको पानीमा किरा परेको भनी उजुरी आएको थियो । मैले उजुरी गर्न विभागमै आउनु भनेपछि पत्र र जार बोकेर शाखा अधिकृत बलराम सापकोटा आएका हुन्,' विभागका अनुमगन निरीक्षक एकदेव अधिकारीले भने ।

 

Add comment


Security code
Refresh