|
माइकल फेल्प्सको नाम लिनासाथ १ सय १६ वर्ष लामो इतिहास बोकेको ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडीका रूपमा चर्चा हुनेछ । ३०औँ संस्करणको ग्रीष्मकालीन लन्डन ओलम्पिकको चौथो दिनसम्म स्वर्णविहीन फेल्प्स पाँचौँ दिन स्वर्ण जित्दै सर्वाधिक पदक जित्ने खेलाडी बने । एथेन्सदेखि लन्डन ओलम्पिकसम्मको यात्रामा उनले १९ पदक आफ्नो लेखाएका छन् । जुन आफैंमा एक महान्तम उपलब्धि हो । फेल्प्सले सोभियत संघकी जिम्न्यास्टिक खेलाडी लारिसा लातियानाको सर्वाधिक १८ पदकको विश्व कीर्तिमान ४७ वर्षपछि तोडेका हुन् । लन्डन ओलम्पिक सुरु हुनु अघिदेखि नै अन्तर्राष्ट्रिय मिडियाले उनीमाथि नजर लगाएका थिए । धेरै अन्तर्राष्ट्रिय मिडियाले लन्डन ओलम्पिकमा फेल्प्सले विश्व कीर्तिमान राख्ने दाबीसमेत गरेका थिए । चार वर्षअघिको बेइजिङ ओलम्पिकमा उनले आठ स्वर्ण पदक जितेर विश्व कीर्तिमान राखेका थिए । यसकारण लन्डन ओलम्पिकमा पौडीबाज फेल्प्सबाट धेरै आशा गरिएको हो । जुन आफँैमा पनि गलत भने होइन । तर, चालू ओलम्पिकमा फेल्प्सले सोचेजस्तो सफलता हात पार्न सकिरहेका छैनन् । यसपटक उनले कम्तीमा सात स्वर्ण पदक जित्ने दाबी गरे पनि हालसम्म एकमा मात्र सफलता हात पारेका छन् । समूहगत रूपमा स्वर्ण पदक जित्नुबाहेक उनले एकलमा इभेन्ट्समा एक रजत र कास्य पदक हात पारेका छन् । लन्डन एक्वाटिक सेन्टरमा प्राप्त सफलतासँगै फेल्प्सलाई ओलम्पिकमा हालसम्मकै सर्वोत्कृष्ट खेलाडीका रूपमा मूल्यांकन गर्न थालिसकिएको छ । अमेरिकी पौडीबाज फेल्प्सले ४ गुणा २ सय मिटर रिलेमा स्वर्ण जितेपछि महान् खेलाडीबारे बहस सुरु भएको हो । फेल्प्सको सफलतामा सम्पूर्ण अमेरिकाबासी खुसी छन् । त्यसमा पनि अमेरिकी राष्ट्रपति बाराक ओबामा खुसी नहुने कुरै भएन । राष्ट्रप्रमुख भएकाले एक खेलाडीको हौसला बढाउन बधाई दिँदै ओबामाले टि्वटरमा लेखेका छन्, 'वेल डन माइकल, तिमी अमेरिकाको शान माथि पुर्याउन सफल भयौ, मलाई एक अमेरिकन हुनुमा गर्व लागिरहेको छ ।' विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति ओबामाले फेल्प्सको प्रशंसा गर्दै लेखेका छन्, 'फेल्प्सको सफलतामा सिंगो वासिङटन खुसी छ । व्यक्तिगत रूपमै ४८ वर्षपछि ओलम्पिक इतिहासमा सर्वाधिक पदक जित्ने माइकल फेल्प्सलाई मुरी-मुरी बधाई दिन चाहन्छु, ओलम्पिकमा १५ स्वर्ण, दुई रजत तथा दुई कास्य पदक जितेका फेल्प्सलाई पुनः अमेरिकबासीको तर्फबाट बधाई छ ।' राष्ट्रपति ओबामाले झँै फेल्प्सको कीर्तिमानमा आमअमेरिकन गर्व गर्छन् । २७ वर्षीय फेल्प्सबाट उनीहरू थप आशावादी छन् । अर्कोपटकको ओलम्पिकमा पनि फेल्प्सले भाग लिनेमा उनीहरू विश्वस्त छन् । तर, फेल्प्सले लन्डन ओलम्पिक अन्तिम यात्रा भएको बताइसकेका छन् । आफ्नो अन्तिम यात्रामा जतिसक्दो बढी पदक जित्ने अभिलाषा फेल्प्सको छ । र, आफूलाई स्विमिङका साथै ओलम्पिक इतिहासमा सर्वकालीन महान् खेलाडीका रूपमा उभ्याउने उनको मनोकांक्षा छ । फेल्प्सले एक दशकअघि जापानको फुकुसिवामा सम्पन्न विश्व पौडी च्याम्पियनसिपमा पहिलोपटक अन्तर्राष्ट्रिय एरिनामा प्रतिस्पर्धा गरेका थिए । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट हालसम्म २६ स्वर्ण पदक जितेका छन् । जसमध्ये आधाभन्दा बढी स्वर्ण ओलम्पिकको छ । खेलकुदमा एक रूपको प्रदर्शन भएको मुस्किलले मात्र देखिन्छ । अझ संसारका उत्कृष्ट खेलाडीमाझ ओलम्पिकको पदक जित्नु चानचुने कुरा होइन । यस पक्षमा फेल्प्स भाग्यमानी खेलाडी ठहरिन्छन् । रुसी जिम्न्यास्टिक खेलाडी लारिसाको कीर्तिमान भंग हुन झन्डै पाँच साढे चार दशक लागेको थियो ।
स्टामिनामा कमी
ओलम्पिक इतिहासकै सर्वकालीन महान् खेलाडीको सूचीमा दर्ता भइसकेका फेल्प्सको स्टामिनामा पनि गजबको छ । सन् २००४ को एथेन्सदेखि २००८ को बेइजिङ ओलम्पिकमा उनको स्टामिनालाई कसैले छुन सकेका थिएनन् । पछिल्ला चार वर्षमा उनको स्टामिनामा भने केही कमी आएको छ । यस अवधिमा उनले रक्सी सेवन गर्नुका साथै मादक पदार्थ पनि लिन भ्याए । त्यसकारण उनलाई बि्रगेको ओलम्पियन भनियो । बेइजिङ ओलम्पिक तथा विश्व च्याम्पियनसिप पौडीमा प्राप्त सफलतापछि उनीमा घमण्ड बढेको अन्तर्राष्ट्रिय खेलकुद विश्लेषकहरू बताउँछन् । घमण्डसँगै उनी खेलकुदमा भन्दा पनि डिस्कोथेक तथा केटीहरूसँग केन्दि्रत भए । दैनिकजसो रक्सीले मातिनु उनको दिनचर्या नै बन्यो । यसै कारण बेइजिङ ओलम्पिकपछि सहभागिता जनाएका धेरै खेलमा उनी असफल रहे । लन्डन ओलम्पिकमा आशा गरेअनुरूप सफलता हात नपार्नुका पछाडि खराब लत पनि एक कारण भएको विश्लेषकहरूले दाबी गरेका छन् । अन्तर्राष्ट्रिय पौडी जीवनमा जे-जस्तो उचारचढाव आए पनि उनी एक सफल पौडीबाज हुन् । यसमा कुनै शंका छैन ।
फेल्प्सको डाइट
आमखेलप्रेमीसँग एउटा प्रश्न हुन सक्छ— एक दशकदेखि समान स्तरमा फेल्प्सको स्टामिना कसरी एकै भइरह्यो ? एक सफल तथा सर्वकालीन उत्कृष्ट खेलाडी बन्न खेलाडीले धेरै पक्षमा विचार पुर्याउनुपर्छ । अझ शारीरिक तथा मानसिक रूपमा फिट बन्न उसले डाइटमा पनि उत्तिकै ध्यान दिनुपर्छ । ओलम्पिक इतिहासकै महान् खेलाडी बनिसकेका अमेरिकन स्विमर फेल्प्सको दैनिक खानपिनको अनुसन्धान गरिएको छ । ६ फिट ७ इन्च अग्ला फेल्प्सले आफ्नो स्टामिना समान राख्न बढी क्यालोरीयुक्त खाद्यपदार्थ लिने गरेको अध्ययनले देखाएको छ । फेल्प्सले दिनमा १२ हजार क्यालोरीबराबरको डाइट खान्छन् । प्रत्येक दिन उनले सिंगो एक किलोबराबर पास्ता तथा चिज खान्छन् । फेल्प्सको डाइट सुन्दा अमेरिकन अर्का पौडीबाज रायन लोच्ट अचम्मित हुन्छन् । आमखेलाडीको तुलनामा फेल्प्सको डाइट धेरै भएको रायनले बताए । 'एक स्विमरले दिनमा ६ हजार क्यालोरी खाना खाँदा काफी हुन्छ, तर फेल्प्स डबल खान्छन्,' उनले भने । रायनका अनुसार फेल्प्सको ब्यागमा चक्लेट भरीभराउ हुन्छ । औसतभन्दा बढी क्लारोलीयुक्त खाना खाएकाले उनको स्टामिना एकनासको भएको रायनको भनाइ छ । 'उसको खाना औसत खेलाडीको भन्दा बढी छ, आठ वर्षदेखि स्विमिङमा राज गरेको रहस्य पनि यही हो,' चालू लन्डन ओलम्पिकमा दुई स्वर्ण जितेका रायनले भने, 'उसको ब्यागमा चक्लेट धेरै हुन्छ ।'
ब्रेकफास्ट
ओलम्पियन स्विमर फेल्प्सले बिहान हेभी ब्रेकफास्टका रूपमा पाँच आइटम लिन्छन् । सुरुमा उनले प|mाई गरेको तीनवटा अन्डा खान्छन् । त्यसपछि साइन्डविज तथा चक्लेट खान्छन् । यसपछि पाँचवटा अन्डा तथा चिनी भएको तीनवटा प|mेन्च पाउरोटी र विशेष फलफूल लिन्छन् । यसपछि एक कचौरा विशेष जुस पिउँछन् ।
लन्च
उनको ब्रेकफास्टभन्दा लन्चमा केही परिवर्तन छैन । यसमा थोरै आइटम फरक छ । सुरुमा आधा केजीजति धेरै भिटामिन भएको पास्ता खान्छन् । त्यसपछि ठूलो गिलासमा जुस पिउँछन् र आधा किलोको साइडविज खान्छन् ।
डिनर
डिनरमा भने केही फरकपन देखिन्छ । सामान्यतः आममानिसले झैँ उनी खाना नै खान्छन् । त्यसमा उनी एक किलोबराबरको पास्ता लिन्छन् । रातको खानामा थप नयाँ आइटम भनेको पिज्जा हो । फेल्प्सले पिज्जासँगै इनर्जी डि्रक्स लिने गर्छन् । धएजेन्सीको सहयोगमा श्रीलोचन राजोपाध्याय
|