Thursday, Jun 20, 2013< /p>

"पद त्याग्न तयार छु" पीडीएफ मुद्रण इमेल

काठमाडौं/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाट संघीयतासहितको संविधान जारी गर्ने सुनिश्चित भए आफू तत्काल पद त्याग गर्न तयार रहेको
बताएका छन् ।
१८औँै विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भने, 'ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनको मर्म र भावनाअनुरूप संविधानसभाबाट संघीयतासहितको संविधान जारी गर्ने सुनिश्चितता भए म तत्काल पद त्याग गर्न तयार छु ।'
आफूलाई प्रधानमन्त्रीको कुर्सीमा टाँसिइरहने आकांक्षा नभएको बताउँदै प्रधानमन्त्री भट्टराईले भने, 'जुन मुद्दामा अड्केर संविधानसभाको अवसान हुन पुग्यो, त्यसको वस्तुनिष्ठ समाधान नखोजी एउटा व्यक्ति कुनै पदमा रहनु वा नरहनुले के तात्विक अन्तर
ल्याउँछ ? त्यसको जवाफ म तपाईंहरूसँग माग्न चाहन्छु ।'
एकात्मक राज्यसत्ताको अवशेषका रूपमा रहेका केही राजनीतिक शक्तिले पहिचान र अधिकारसहितको संघीयताविरोधी हठ देखाएका कारण १४ जेठमा संविधान आउन नसकेको प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा एमाले उपाध्यक्ष अशोक राईले अहिलेका प्रमुख तीन दलबाट आदिवासी जनजातिको माग सुनुवाइ हुने सम्भावना नरहेको भन्दै जनजातिको छुट्टै वैकल्पिक शक्ति निर्माण सुरु भइसकेको बताए ।
एमालेलाई सुधार गरेर सही दिशामा ल्याउने सम्भावना सकिएको बताउँदै राईले संविधानसभा पुनस्र्थापना गरी संविधान लेख्नुपर्ने आफूहरूको मागलाई एमालेले बेवास्ता गरेको दुःखेसो पोखे । रासस

 

Add comment


Security code
Refresh