Sunday, May 26, 2013

हमामले आफ्नो नाम हटाए पीडीएफ मुद्रण इमेल

एजेन्सी
जुरिच, ३० साउन
एसियन फुटबल महासंघ -एएफसी)का निलम्बित अध्यक्ष मोहमद विन हमामले मंगलबार फिफाको 'इथिक' कमिटीबाट आफ्नो नाम हटाएका छन् ।
भ्रष्टाचारी मुद्दा खेपिरहेका हमामले आत्मसम्मानका लागि सो कमिटीबाट आफैँले नाम हटाएको जानकारी दिएका छन् ।
गत वर्ष सम्पन्न फिफा चुनावमा अपि|mकन मुलुकलाई भोटिङ गर्नका लागि ४० हजार डलर घुस दिएको आरोप हमाममाथि लगाएको छ ।
सो घटना सार्वजनिक भएपछि फिफाले उनीमाथि आजीवन फुटबलमा प्रतिबन्ध लगाएको थियो । तर, गत १९ जुलाईका दिन खेलकुदको सर्वोच्च अदालत कोर्ट अफ अर्विट्रासन फर स्पोट्र्सले हमामलाई सफाइ दिएको थियो ।
एक महिनाअगाडि एएफसीको अटिडमा हमामले आफूनजिक व्यक्तिलाई एएफसीको खाताबाट लाखौँ डलर बाँडेको खुलासा भएको थियो । सो अडिटमा अखिल नेपाल फुटबल संघका तथा एएफसीका उपाध्यक्ष गणेश थापाका छोरा गौरव थापाको खातामा हमामले एक लाख डलर राखेको तथ्य सार्वजनिक भएको थियो ।

 

Add comment


Security code
Refresh