|
काबुल/ अफगानिस्तानमा गत चार दिनदेखि चलेको अमेरिकाविरोधी प्रदर्शन बिहीबार पनि जारी छ । विश्वका विभिन्न इस्लामिक देशमा अमेरिकाविरोधी प्रदर्शन अफगानिस्तानमा थप उग्र बनेको समाचारमा जनाइएको छ । इस्लाम धर्मविरुद्ध चलचित्र बनाएको विरोध जारी रहेको समयमा गत बुधबार पुनः प|mान्सको एक पत्रिकाले पैगम्बर मोहम्मदको अपमान हुने गरी कार्टुन छापेपछि प्रदर्शनले उग्र रूप लिएको हो । प्रदर्शनका क्रममा दुई दिनअघि मात्र अफगानिस्तानमा १४ जनाको मृत्यु भएको थियो । 'इनोसेन्स अफ मुस्लिम्स' नामक सो चलचित्रविरुद्ध बिहीबार मुस्लिम राष्ट्र मोरक्को, सुडान, इजिप्ट, ट्युनिसिया एवं लेबनानका अमेरिकी दूतावासबाहिर प्रदर्शन भएका छन् । कतिपय स्थानमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पनि पारेको छ ।
|