Saturday, May 25, 2013

नोकियाले डुबायो फिनल्यान्डको अर्थतन्त्र पीडीएफ मुद्रण इमेल

एजेन्सी
लन्डन, ३ पुस
कुनै एक समय विश्व फोनबजारमा नोकिया कम्पनीको बाहुल्य थियो । एक दशकअगाडिसम्म लगभग हरेक मुलुकका मानिसले नोकियाबाट उत्पादित मोबाइल सेट चलाउँथे । नोकियाको दबदबा रहँदा यस कम्पनीको आर्थिक कारोबार पनि धेरै थियो । त्यसवेला नोकियाका अगाडि अन्य कुनै सेटको पनि बजार राम्रो थिएन ।
नोकियाको बजार चुलिइरहँदा फिनल्यान्डको अर्थतन्त्रसमेत बलियो रह्यो । सन् २०००-०६ सम्म पनि नोकियाकै कारण फिनल्यान्डको अर्थतन्त्रमा तलमाथि भएन । तर, वर्तमान समयमा नोकिया कम्पनीको हालत भने त्यति राम्रो छैन । हाल विश्व फोनबजारमा नोकियाको प्रभाव बिस्तारै हट्दै गइरहेको छ । स्मार्ट फोनको 'युग आगमन' भएपछि भने नोकियाको बजार विस्थापित भएको छ । वर्तमान समयमा आइफोन तथा सामसुङ कम्पनीबाट उत्पादित मोबाइल बढी बिक्री हुन्छन् । आधाभन्दा बढी बजार सामसुङ र आइफोनले ओगटेका छन् । सामसुङ र आइफोनले मार्केट लिएपछि नोकियाले सोचेजस्तो सफलता पाउन सकेको छैन ।
अझ अर्को अचम्म पक्ष के भने हाल नोकियाको बजार राम्रो नभएकाले उत्पादन गर्ने राष्ट्र फिनल्यान्डको आर्थिक अवस्था निकै कमजोर भएको बि्रटिस मिडियाले जनाएका छन् । एक दशकअगाडि नोकिया एक नम्बर स्थानमा रहँदा फिनल्यान्डको अर्थतन्त्र युरोपमा निकै बलियो मानिन्थ्यो । एक दशकपछि फिनल्यान्डको आर्थिक अवस्था निकै नाजुक हुनुमा नोकियाको अलोकपि्रयता प्रमुख कारण भएको बि्रटिस एजेन्सीले दाबी गरेका छन् । स्मार्ट फोनसँग प्रतिस्पर्धा गर्न नोकियाले आफ्नो 'टच स्त्रिmन' सेट ल्युमियाको आधा भाउ घटाएको छ । सोमबारमात्र नोकियाले ल्युमिया-९०० को नयाँ बजार मूल्य ४९.९९ तोकेको छ । यसको वास्तविक मूल्य ९९ डलर हो । ल्युमिया पनि सामसुङ र आइफोनजस्तै हो । आर्थिक अवस्था धान्न नसक्ने भएपछि नोकियाले अब हजाराँै कर्मचारीलाई अवकाश दिने भएको छ । फिनल्यान्डको केन्द्रीय कार्यालयमा मात्र नोकियाले ३७ सय कर्मचारीलाई अवकाश दिने तयारी गरेको एजेन्सीले जनाएका छन् ।
फिनल्यान्डका प्रधानमन्त्री जिर्की केटसेनले पनि मुलुकको अर्थतन्त्र कमजोर हुनुमा नोकियाको बजार घट्नु भएको प्रतिक्रिया दिएका छन् । 'नोकियाकै कारण कुनै वेला फिनल्यान्डको आर्थिक अवस्था निकै बलियो थियो, बजारमा स्मार्ट फोनको प्रभाव भएपछि नोकियाले सोचेजस्तो बजार लिन सकेन, जसको असर फिनल्यान्डको अर्थतन्त्रमा पर्‍यो,' प्रधानमन्त्री जिर्कीले भने, 'अब पुरानै अवस्थामा आउन धेरै गाह्रो छ र समय पनि लाग्छ ।' सन् २००० मा नोकियाको फोनबजारमा प्रभुत्व रहँदा फिनल्यान्डको वाषिर्क बजेटमा चार प्रतिशत योगदान नोकियाको थियो । एक दशकपछि फिनल्यान्डको अर्थतन्त्रमा नोकियाले केवल ०.५ प्रतिशत योगदान दिएको प्रधानमन्त्री जिर्कीले बताए ।
दिनप्रतिदिन आफ्नो बजार घट्दै गएपछि नोकियाले फिनल्यान्डको मुख्य कार्यालय भवन बेच्ने तयारी गरेको छ ।
यसैबीच नोकियाको मुख्य कम्पनीसँग सहकार्य गर्दै आएको चीनले पनि आगामी दिनमा साथ नदिने भएको छ । चीनले नोकियासँग सहकार्य नगर्ने जनाए पनि नयाँ फोन कम्पनी उत्पादन गर्नका लागि नोकियाका प्राविधिकलाई ल्याउने तयारी गरेको एजेन्सीले जनाएका छन् । यता, आर्थिक अवस्था कमजोर हुँदा नोकियाले संसारभर करिब १० हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ । जागिर गुमाउने वरिष्ठ अधिकृतले भने नयाँ कम्पनी खोल्नेछन् । 'अब विश्व बजारमा मानिस नयाँ स्वाद चाख्न खप्पिस भइसकेका छन्, पुरानो मोडल उनीहरूलाई मन पर्दैन, नयाँ वस्तु नै चाहिन्छ, यसैकारण हामीजस्ता अनुभवी व्यक्तिले नयाँ फोन सेट बनाउने योजना बनाएका छौँ,' नोकियाका एक वरिष्ठ अधिकृत मार्क डिलनले भने, 'यो फिनल्यान्डबाटै उत्पादन हुनेछ ।' सामसुङ र आइफोनसँग प्रतिस्पर्धा गर्न आफूहरूले उत्कृष्ट प्रविधियुक्त मोबाइल सेट बनाउन लागेको उनले बताए ।
डिलनका अनुसार हेलस्कीमा आयोजित 'स्लक कन्प|mेन्स'मा फिनल्यान्डको अर्थतन्त्र सुधार गर्न नयाँ मोबाइलको भूमिका महत्त्वपूर्ण हुने छलफलमा बताइएको थियो । सो सम्मेलनमा लगभग पाँच सय कम्पनीले भाग लिएका थिए । यता, फिनल्यान्डका प्रधानमन्त्री जिर्कीले पनि नयाँ मोबाइल कम्पनीले मुलुकको अर्थतन्त्रमा सुधार गर्न सहयोग गर्ने बताएका छन् ।

 

Add comment


Security code
Refresh