Thursday, May 23, 2013

मासिँदो वन जोगाऊ पीडीएफ मुद्रण इमेल

'कुनै वेला हरियो वन नेपालको धन’ भनेर चिनिने नेपालको वन क्षेत्र यतिखेर गम्भीर संकटमा छ । तराईका चारकोसे झाडी एकादेशको कथामा परिणत भइसकेको छ । सरकारी तथ्यांकले वन क्षेत्र बढ्दै गएको पनि देखाउने गरेको छ । तर, यथार्थमा भने वन क्षेत्र बढेको नभई घटेको हुनसक्ने स्वयं यस क्षेत्रका विज्ञको दाबी छ । मुलुकका विभिन्न स्थानमा भइरहेको वनप“mडानीको अवस्थालाई नियाल्दा उनीहरूको दाबीलाई निराधार नै भन्न मिल्दैन । खासगरी तराईका बाक्ला वनजंगल, चुरेआसपासका जंगल र पहाडी क्षेत्रका जंगल सर्वत्र तस्करले जथाभावी वनप“mडानी गरिरहेका छन् । जसले गर्दा केही वर्षअघिसम्म बाक्लो वनले ढाकेका डाँडाकाँडा यतिखेर उजाड देखिन थालेका छन् ।
पछिल्लो समय जाजरकोटको सदरमुकाम खलंगाआसपासका वन क्षेत्र धमाधम अतिक्रमित हुन थालेको समाचार आएको छ । राजनीतिक दलहरूको छत्रछायामा मौलाइरहेको वन अतिक्रमणले त्यहाँका हरिया डाँडाकाँडामा मान्छेका घरटहरा देखिन थालेका छन् । खासगरी संक्रमणकालीन कमजोर राजनीतिक व्यवस्थाबाट फाइदा उठाएर सुकम्बासीका नाममा वन क्षेत्र अतिक्रमण गर्ने हुकुम्बासीका कारण दिनदिनै सदरमुकामआसपासकै वनजंगल उजाडिँदा पनि मौन बस्ने प्रशासनले वनफँडानीमा ँमौनम् सम्मति लक्षणम्’ दर्साइरहेको देखिन्छ । आफ्नै आँखाअगाडिको वनजंगल उजाडिएको टुलुटुलु हेरेर पनि जोगाउने दिशामा कुनै कारबाही गर्न नसक्ने प्रशासनिक निरीहता बुझिनसक्नुको छ । सायद वनफँडानी गरी बस्ती बसाउने हुकम्बासीलाई राजनीतिक दलहरूको आशीर्वाद रहेको देखेरै प्रशासनले मौनता साधेको पनि हुन सक्छ ।
वन विनाशबाट सदरमुकाम खलंगामा खानेपानीको मुहानसमेत सुक्न लागिसकेको हुनाले त्यसले निकट भविष्यमै विकराल समस्या निम्त्याउने खतरा देख्दादेख्दै पनि स्थानीय हुकुम्बासीहरू तँछाडमछाड गर्दै वन विनाश गरिरहेका छन् । उनीहरू सामुदायिक वनमा बस्ती विस्तार गरिरहेका छन् । सरोकारवाला निकायले समयमै यसतर्फ आवश्यक ध्यान पुर्‍याउन सकेन भने त्यसले भविष्यमा निकै भयावह परिणाम नल्याउला भन्न सकिन्न । हुन त वन विनाशको समस्या एक्लो जाजरकोट सदरमुकाम खलंगाको मात्र होइन । मुलुकका अधिकांश वन क्षेत्रमा यस्तै समस्या छ ।
केही समयअघि चुरे क्षेत्रमा पर्ने सुदूरपश्चिमका सरकारी तथा सामुदायिक वनजंगलमा भइरहेको वनफँडानीको समाचार निकै चर्चामा रहेको थियो । सो वनफँडानीबारे अख्तियारले हालसम्मकै सबैभन्दा ठूलो मुद्दा दर्तासमेत गरिसकेको अवस्था छ । सरकारी पदाधिकारी, सामुदायिक वनका पदाधिकारी र ठेकेदारसमेत गरी एक सय ९६ जनाविरुद्ध ४० करोडभन्दा बढी बिगोबराबरको मुद्दा दर्ता भइसकेको छ । त्यसबाट पनि सजिलै अनुमान लगाउन सकिन्छ कि वन क्षेत्रको फँडानीमा कति ठूलो गिरोह संलग्न छ । यसमा सामुदायिक वनका पदाधिकारीको हैसियतमा रहेका उपभोक्तादेखि सरकारी कर्मचारी, ठेकेदार र राजनीतिक दलका स्थानीय नेता, कार्यकर्तासमेतको मिलेमतो देखिने गरेको छ । वन जोगाउने हो भने समयमै सरोकारवाला निकायले प्रभावकारी हस्तक्षेप गर्नु जरुरी देखिन्छ ।

 

Comments   

 
0 #1 NEPALI - UK 2012-12-26 04:13
TARAI BASHI: Aaja jado yaamko shitlaharle pratekdin budhapakaharu mardaichan. Charkoshe jungel jhadi hijo fadiyo. Banjungle MANAB samajlai dine taapkarma ghatana pugyo. Yo prakiritik den ho. Bholi sukhayamle khaderi suru huncha TARAIMA. Nepali Netaharulai ke matlab ? Yesartha, BARSHAYAM MA "TARAI PAHAAD HIMAL" BIRUWAharu ROPAU RA Sukhayamko lagi belaima sachet huna sakau.
Quote
 

Add comment


Security code
Refresh