Tuesday, May 21, 2013

अध्यागमन कर्मचारी र सुरक्षाकर्मीको नांगो नाच पीडीएफ मुद्रण इमेल

भारतको राजधानी नयाँदिल्लीमा चल्ती बसभित्र दिनदहाडै पाँच युवकद्वारा एक युवतीको सामूहिक बलात्कार गरेको घटनाले सिंगो भारतलाई नै तताइरहेको छ । बलात्कृत युवती अस्पतालमा जीवन-मृत्युको दोसाँधमा छट्पटाइरहेकी छिन् भने मुलुकभर बलात्कारीहरूलाई मृत्युदण्डसम्मको कडा सजाय दिइनुपर्ने माग जोडदार रूपमा उठिरहेको छ । छिमेकी भारतमा गुडिरहेको बसभित्र युवती बलात्कृत भएको घटनाले सिंगो भारत तातिरहेको समयमा नेपालमा एकजना महिला मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा कार्यरत कर्मचारीबाटै लुटिएको र त्यहीँ कार्यरत प्रहरी जवानबाट बलात्कृतसमेत भएको खबर सार्वजनिक भएको छ । धन कमाएर सुखी जीवन बाँच्ने सपनासाथ खाडी मुलुक साउदी अरब पुगेर फर्केकी चेली नेपाल उत्रेलगत्तै अध्यागमन कार्यालयकै जिम्मेवार कर्मचारीबाट लुटिनु र नागरिकको जिउधनको सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षाकर्मीबाटै बलात्कृत हुनु राष्ट्रिय लज्जाको विषय हो, जंगली राजलाई समेत बिर्साउने बर्बर कृत्य हो ।
सुखी जीवन बाँच्ने सपना देखेर विदेशमा तीन वर्षसम्म हड्डी घोटेर कमाएको सानोतिनो रकम बोकेर स्वदेश फर्किएकी चेली आफ्नै मुलुकभित्र सुरक्षित हुन सक्दिन भने विदेशमा उनीहरूले भोग्नुपर्ने सास्तीका कथा सुनेर के गर्नु ? कुनै पनि नेपालीले गैरकानुनी बाटोबाट विदेश भ्रमण गरेको रहेछ, नक्कली पासपोर्ट प्रयोग गरेको रहेछ र आवश्यक प्रक्रिया पूरा गरेको रहेनछ भने त्यसका लागि आवश्यक कारबाही गर्न मुलुकमा ऐन नियम बनेका छन् । तिनैमा प्रस्ट्याइएको व्यवस्थाअनुसार कोही दोषी पाइएमा उसलाई दण्डसजाय गर्नु मनासिबै पनि ठहरिन्छ । तर, सोझासीधा नेपाली महिलाको बाध्यताको फाइदा उठाई उसले विदेशमा पसिना बगाएर कमाएको सम्पूर्ण रकम र साथमा ल्याएका सामान लुटेरसमेत नपुगेर उल्टै उनको नारी अस्मितासमेत लुट्ने अध्यागमनका नायब सुब्बा सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतले जघन्य अपराध गरेका छन् । उनीहरूलाई सामान्य विभागीय कारबाही मात्र गरेर पुग्दैन, उनीहरूलाई कानुनले व्यवस्था गरेको अधिकतम सजाय दिइनुपर्छ । पीडितबाट लुटिएको रकम फिर्ता गराउनुका साथै बलात्कृत चेली गर्भवतीसमेत भएकीले उनलाई बलात्कारी प्रहरी जवान बस्नेतबाट आधा अंश भराई न्याय दिलाउनु राज्यको दायित्व हो ।
कुनै वेला अध्यागमनका कर्मचारीले विनाभिसा नेपालीलाई विदेश उड्ने अनुमति दिने गरेको खबर आउँछ भने कहिले अध्यागमनका कर्मचारी र विमानस्थलमा कार्यरत सुरक्षाकर्मीले नै अवैध विदेशी मुद्रा र अन्य अवैध सामग्री विमानसम्म पुर्‍याउन सघाउने गरेका पनि चर्चा सार्वजनिक हुने गरेका छन् । यस्ता चर्चाबाट अध्यागमन कार्यालयभित्र हुने अनियमितता उदांगो हुँदै आएकोमा पछिल्लो समयमा एउटी स्वदेशी चेली दिनदहाडै लुटिनुका साथै बलात्कृतसमेत भएको खबरले त्यहाँका कर्मचारीले सोझासीधा नेपालीलाई कसरी लुटिरहेका छन्, प्रस्ट भएको छ । त्यसैले यस घटनाकी पीडित चेलीलाई न्याय दिलाउनुका साथै पीडकमाथि हदैसम्मको कारबाही गर्न राज्यले विशेष ध्यान पुर्‍याउनु जरुरी छ ।

 

Comments   

 
0 #1 AM GURUNG 2012-12-25 17:29
Kehi brasa agaadi valley FM ma eauta bidwaan antarwarta didai thiea. Prasanga Rajniti hudai lok adhunikgeet, naach gaanma aaipugyo. Uttarma usle, Nepali geet sangeetle muluk ko 'kala sashkiriti' jogaune naama nango nach nachi rahechan. Ho, Hindustanle hijo Nepal TV ra Kantipur TV lai partibandha lagaune samachar suniyo. Ani TV haruma dekheko nango naach suru bhayo PRACTICAL yespali, samajma bikriti ra bisangati. Anusasan ra Imandari binako ghatnaharu.
Quote
 

Add comment


Security code
Refresh