Tuesday, May 21, 2013

महाप्रलयको भविष्यवाणी गर्ने हजार चिनियाँ पक्राउ पीडीएफ मुद्रण इमेल

बेइजिङ/ चीनमा महाप्रलयको हल्ला चलाउने इसाई समुदायका करिब एक हजार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको समाचार छ । इसाई धर्मबाट प्रभावित भई सन् १९९० मा स्थापना भएको 'अलमाइटी गड' (सर्वशक्तिमान् भगवान्)ले यस प्रकारको महाप्रलयको हल्ला चलाएको आरोप लगाइएको छ ।
सरकारी आमसञ्चारले यो समूहलाई 'इभिल कल्ट' (सैतानी समूह)को संज्ञा दिएको छ र मुलुकभर यस समूहका एक हजार अनुयायीलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ । बेइजिङ टाइम्सले प्रहरीले गुइझाउ, किनघाइ प्रान्त तथा देशका विभिन्न भागबाट  एक हजारजनालाई गैरकानुनी रूपमा भेला भएको अवस्थामा पक्राउ गरिएको उल्लेख गरेको छ ।
अलमाइटी गड समूहले शुक्रबारदेखि तीन दिनसम्म अन्धकार छाउने बताएको छ भने कम्युनिस्ट पार्टीलाई ठूलो रातो ड्रागनको रूपमा संकेत गर्दै रातो ड्रागनको अन्त्य हुने हल्ला चलाएको सरकारी आमसञ्चारले जनाएका छन् । चीनमा महाप्रलयको भविष्यवाणीको हल्ला व्यापक रूपमा फैलिएको छ । हलिउडमा तयार भएको महाप्रलयसम्बन्धी चलचित्र '२०१२'का कारण पनि यो हल्ला व्यापक भएको हो, जसमा चीनको विषयमा पनि देखाइएको छ । यस समूहका सदस्यले पहिचान लुकाउन 'लिटिल ह्वाइट र्‍याबिट' वा 'डगी' जस्ता नाम उपयोग गर्दै आएका छन् । उनीहरूलाई प्रायः मोबाइल फोन तथा अन्य दूरसञ्चारका सामग्री प्रयोग नगर्न भनिएको चाइना बिजनेस भ्यूले उल्लेख गरेको छ ।
विश्वका अन्य भागमा माया सभ्यताको महाप्रलयका विषयमा चर्चा चलिरहेको समयमा चीनमा पनि कम्युनिस्ट शासनप्रति लक्ष्य गरी महाप्रलयको हल्ला चलाइएको हो ।

 

Add comment


Security code
Refresh