Sunday, May 26, 2013

सगरमाथा गाथा पीडीएफ मुद्रण इमेल

विश्वमा जहाँ नेपाललाई चिनिँदैन, त्यहाँ सगरमाथालाई चिनिन्छ । यो शिखरले नेपाललाई विश्वमा चिनाइरहेको छ । तर, यसको उचाइबाहेक धेरै कुरा थाहा नपाउने धेरै छन् । प्रस्तुत छ सगरमाथाबारे केही रोचक र स्मरणीय तथ्य :

पहिले धौलागिरि अनि कञ्चनजंघा

नेपालमा विश्वकै अग्लो हिमाल छ भन्ने तथ्य १९ शताब्दीको सुरुवाततिर मात्रै सार्वजनिक भएको हो । अझ सगरमाथा नै विश्वको सबैभन्दा अग्लो हिमाल हो भन्ने त १९औँ शताब्दीको आधाआधीमा मात्रै सार्वजनिक भयो ।
डब्ल्युएस वेब नाम गरेका व्यक्तिले कुमाउ क्षेत्रको अध्ययन गर्दा सन् १८०९ मा नेपालमा आठ हजारभन्दा बढी उचाइको हिमाल रहेको तथ्य पत्ता लगाएका थिए । उनले पत्ता लगाएको हिमाल धौलागिरि थियो । जसको उचाइ आठ हजार एक सय ७२ मिटर हो । करिब तीन दशकसम्म यसैलाई संसारको अग्लो हिमाल भन्ने मानियो ।
सन् १८४८ मा हिमालको उचाइ नाप्ने क्रममा कञ्चनजंघाको उचाइ आठ हजार पाँच सय ८६ मिटर रहेको पत्ता लाग्यो । त्यसपछि केही वर्ष यसैलाई विश्वको अग्लो हिमाल भन्ने मानियो । तर, त्यसै वर्ष नेपालका धेरै हिमालको उचाइ नापिएको थियो । त्यसको रेकर्ड भारतको सर्भे अफ इन्डियामा पठाइएको थियो ।
त्यसले सन् १८५२ मा सगरमाथा विश्वकै सबभन्दा अग्लो हिमाल हो भन्ने तथ्य सार्वजनिक गर्‍यो । तर, त्यसवेलासम्म पनि सगरमाथाको नामकरण भइसकेको थिएन । सर्भे कार्यालयले त्यसलाई 'पिक १५' नाम दिएको थियो । त्यसवेला त्यसको उचाइ २९ हजार दुई फिट मानिएको थियो । 'कियोडा लाइट' नामको यन्त्र प्रयोग गरेर त्यसवेला हिमाल नापिएको थियो । भारतको सर्भे विभागका सदस्य राधानाथ सिक्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरेका थिए ।


विधि विकासकर्ताको नाममा शिखरको नाम

नेपालमा रहेको सर्वोच्च शिखरलाई दिइएको पहिलो नाम 'माउन्ट एभरेस्ट' हो । सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेस्टले विकास गरेका थिए । भारतको सर्भेयर-जनरल सर एन्ड्रयु वाघले सन् १८६५ -विसं १९२१)मा तिनै जर्जको सम्मानमा यो शिखरको नाम 'माउन्ट एभरेस्ट' राखेका हुन् । वाघको नेतृत्वको टोलीले नै माउन्ट एभरेस्ट संसारको सर्वोच्च भएको दाबी पनि गरेका थिए । उनको नाममा सर्वोच्च शिखरको नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए । उनले सन् १८२५ देखि सन् १८४३ सम्म भारतको सर्भेयर जनरलका रूपमा काम गरेका थिए ।

२०१३ मा नेपाली नाम

विश्वको सर्वोच्च शिखरलाई विसं २०१३ सालमा मात्र सगरमाथा भन्ने नाम दिइएको हो । इतिहासशिरोमण्ाि बाबुराम आचार्यले यो नाम राखेका हुन् । उनले त्यो नाम 'शारदा'मा पत्रिकामार्फत सार्वजनिक गरेका थिए । सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविस पर्ने यो हिमाललाई स्थानीयले देवढुंगा पनि भन्ने गरेका छन् । त्यस्तै तिब्बती चोमोलुङ्गमा भन्छन् । त्यही नामलाई आधार मानेर आचार्यले यसलाई झ्यामोलोङमो पनि भनेका छन् ।

पहिलो आरोहण्ा कथा

सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर हो भन्ने पत्ता लागेको सय वर्षपछि मात्रै यसको आरोहणको प्रयास भएको हो । सन् १९५२ को ग्रीष्म ऋतुमा स्विस नागरिकहरूलाई सगरमाथा आरोहण्ाको स्वीकृति दिइएको थियो । त्यस्तै सन् १९५३ सम्ममा बेलायती नागरिकलाई आरोहण्ाको मौका दिइएको थियो । सन् १९५४मा प|mेन्च र १९५५ मा स्विस नागरिकलाई यो शिखरको आरोहण्ा अनुमति दिइएको थियो । तर, उनीहरूले यसको आरोहण गर्न सकेनन् ।
त्यसवेला बेलायतले अग्ला हिमालहरूको आरोहणमा कीर्तिमान गर्नका लागि निकै चासो लिएको थियो । त्यसका लागि बेलायती हिमालयन समिति नै गठन गरिएको थियो । त्यसमा उच्च पहाड तथा हिमाल आरोहणमा कीर्तिमान कायम गरेका सेना अधिकृत जोहन हन्टलाई समूह नेता नियुक्त गरेको थियो । हन्ट नेतृत्वको समूहले समूहले सन् १९३६ मै सगरमाथा चढ्ने प्रयास गरे पनि सफल हुन सकेन ।
हन्ट नेतृत्वको समूहले १९५३ मा फेरि शिखर यात्रा सुरु गर्‍यो । हन्टको समूह ठूलो थियो । त्यसमा अन्य अग्ला हिमाल चढेका अनुभवी व्यक्ति पनि थिए । त्यो समूहमा तेन्जिङ नोर्गे शेर्पालाई शेर्पाहरूको सरदारका रूपमा आमन्त्रण गरिएको थियो । सगरमाथा चढ्नका लागि आधार शिविरबाट ल्होत्सेको मोहडासम्म शिविरहरू स्थापना गरिएको थियो । मे २६ मा हन्टसहित वोर्डेलो र इभान्स नाम गरेका आरोहीले सगरमाथाको आरोहणको प्रयास गरे पनि उनीहरू आधारशिविरसम्म पुग्न सकेनन् । उनीहरूको अक्सिजन सकिएकाले तल झर्नुपर्‍यो ।
त्यसको पर्सिपल्ट २८ मे मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपाली मूलका तेन्जिङ नोर्गे नवौँ शिविर पुग्न सफल भए । त्यसको भोलिपल्ट २९ मे १९ को बिहान ६.३० मा चुचुरातिर लागे । तर, दक्षण्िाी चुचुरोमा नपुग्दै हिउँ बर्सिएका कारण यात्रामा अवरोध आयो । यसले हिलारी निकै तर्सेका थिए । एकातिर हिउँको पहिराले किचिने सम्भावना अर्कोतिर विश्वको सर्वोच्च शिखर पुग्ने एक मात्र मौका π उनीहरूले चुनौतीको यात्रा नै रोजे ।

बिहान ९ बजे उनीहरू शिखरको दक्षण्िाी टाकुरामा पुगिसकेका थिए । त्यहाँबाट अन्तिम पर्वतधार चढ्न निकै कठिन देखिन्थ्यो, तर उनीहरूको धैर्यताले त्यसलाई असफल बनाइदियो । त्यो सबैभन्दा कठिन खुड्किलो पार गरेपछि उनीहरू सजिलैसँग शिखरमा पुगे । बिहान ११ः१५ बजे शिखर पुगेका उनीहरूले केहीबेर आराम गरे । त्यसपछि बधाईको आदान-प्रदान गर्दै फोटो खिचे । त्यो नै मानिसले विश्वको सर्वोच्च हिमशिखरमा पाइला टेकेको पहिलो दिन थियो ।

कला अनुरागी (एजेन्सीको सहयोगमा)

 

 

Comments   

 
+1 #1 yam gurung 2012-12-22 17:28
Edmond Hillary and Tenjing Sherpa gave Nepal big name.By introduceing the Mt Everest the highest peak in the world is in Nepal.
But the incompetence and corrupt leaders could not maintain the good name of our beautiful"Himal aya Kingdom of Nepal".
What a shame!
Quote
 

Add comment


Security code
Refresh