|
विश्वमा जहाँ नेपाललाई चिनिँदैन, त्यहाँ सगरमाथालाई चिनिन्छ । यो शिखरले नेपाललाई विश्वमा चिनाइरहेको छ । तर, यसको उचाइबाहेक धेरै कुरा थाहा नपाउने धेरै छन् । प्रस्तुत छ सगरमाथाबारे केही रोचक र स्मरणीय तथ्य :
पहिले धौलागिरि अनि कञ्चनजंघा
नेपालमा विश्वकै अग्लो हिमाल छ भन्ने तथ्य १९ शताब्दीको सुरुवाततिर मात्रै सार्वजनिक भएको हो । अझ सगरमाथा नै विश्वको सबैभन्दा अग्लो हिमाल हो भन्ने त १९औँ शताब्दीको आधाआधीमा मात्रै सार्वजनिक भयो । डब्ल्युएस वेब नाम गरेका व्यक्तिले कुमाउ क्षेत्रको अध्ययन गर्दा सन् १८०९ मा नेपालमा आठ हजारभन्दा बढी उचाइको हिमाल रहेको तथ्य पत्ता लगाएका थिए । उनले पत्ता लगाएको हिमाल धौलागिरि थियो । जसको उचाइ आठ हजार एक सय ७२ मिटर हो । करिब तीन दशकसम्म यसैलाई संसारको अग्लो हिमाल भन्ने मानियो । सन् १८४८ मा हिमालको उचाइ नाप्ने क्रममा कञ्चनजंघाको उचाइ आठ हजार पाँच सय ८६ मिटर रहेको पत्ता लाग्यो । त्यसपछि केही वर्ष यसैलाई विश्वको अग्लो हिमाल भन्ने मानियो । तर, त्यसै वर्ष नेपालका धेरै हिमालको उचाइ नापिएको थियो । त्यसको रेकर्ड भारतको सर्भे अफ इन्डियामा पठाइएको थियो । त्यसले सन् १८५२ मा सगरमाथा विश्वकै सबभन्दा अग्लो हिमाल हो भन्ने तथ्य सार्वजनिक गर्यो । तर, त्यसवेलासम्म पनि सगरमाथाको नामकरण भइसकेको थिएन । सर्भे कार्यालयले त्यसलाई 'पिक १५' नाम दिएको थियो । त्यसवेला त्यसको उचाइ २९ हजार दुई फिट मानिएको थियो । 'कियोडा लाइट' नामको यन्त्र प्रयोग गरेर त्यसवेला हिमाल नापिएको थियो । भारतको सर्भे विभागका सदस्य राधानाथ सिक्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरेका थिए ।
विधि विकासकर्ताको नाममा शिखरको नाम
नेपालमा रहेको सर्वोच्च शिखरलाई दिइएको पहिलो नाम 'माउन्ट एभरेस्ट' हो । सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेस्टले विकास गरेका थिए । भारतको सर्भेयर-जनरल सर एन्ड्रयु वाघले सन् १८६५ -विसं १९२१)मा तिनै जर्जको सम्मानमा यो शिखरको नाम 'माउन्ट एभरेस्ट' राखेका हुन् । वाघको नेतृत्वको टोलीले नै माउन्ट एभरेस्ट संसारको सर्वोच्च भएको दाबी पनि गरेका थिए । उनको नाममा सर्वोच्च शिखरको नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए । उनले सन् १८२५ देखि सन् १८४३ सम्म भारतको सर्भेयर जनरलका रूपमा काम गरेका थिए ।
२०१३ मा नेपाली नाम
विश्वको सर्वोच्च शिखरलाई विसं २०१३ सालमा मात्र सगरमाथा भन्ने नाम दिइएको हो । इतिहासशिरोमण्ाि बाबुराम आचार्यले यो नाम राखेका हुन् । उनले त्यो नाम 'शारदा'मा पत्रिकामार्फत सार्वजनिक गरेका थिए । सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविस पर्ने यो हिमाललाई स्थानीयले देवढुंगा पनि भन्ने गरेका छन् । त्यस्तै तिब्बती चोमोलुङ्गमा भन्छन् । त्यही नामलाई आधार मानेर आचार्यले यसलाई झ्यामोलोङमो पनि भनेका छन् ।
पहिलो आरोहण्ा कथा
सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर हो भन्ने पत्ता लागेको सय वर्षपछि मात्रै यसको आरोहणको प्रयास भएको हो । सन् १९५२ को ग्रीष्म ऋतुमा स्विस नागरिकहरूलाई सगरमाथा आरोहण्ाको स्वीकृति दिइएको थियो । त्यस्तै सन् १९५३ सम्ममा बेलायती नागरिकलाई आरोहण्ाको मौका दिइएको थियो । सन् १९५४मा प|mेन्च र १९५५ मा स्विस नागरिकलाई यो शिखरको आरोहण्ा अनुमति दिइएको थियो । तर, उनीहरूले यसको आरोहण गर्न सकेनन् । त्यसवेला बेलायतले अग्ला हिमालहरूको आरोहणमा कीर्तिमान गर्नका लागि निकै चासो लिएको थियो । त्यसका लागि बेलायती हिमालयन समिति नै गठन गरिएको थियो । त्यसमा उच्च पहाड तथा हिमाल आरोहणमा कीर्तिमान कायम गरेका सेना अधिकृत जोहन हन्टलाई समूह नेता नियुक्त गरेको थियो । हन्ट नेतृत्वको समूहले समूहले सन् १९३६ मै सगरमाथा चढ्ने प्रयास गरे पनि सफल हुन सकेन । हन्ट नेतृत्वको समूहले १९५३ मा फेरि शिखर यात्रा सुरु गर्यो । हन्टको समूह ठूलो थियो । त्यसमा अन्य अग्ला हिमाल चढेका अनुभवी व्यक्ति पनि थिए । त्यो समूहमा तेन्जिङ नोर्गे शेर्पालाई शेर्पाहरूको सरदारका रूपमा आमन्त्रण गरिएको थियो । सगरमाथा चढ्नका लागि आधार शिविरबाट ल्होत्सेको मोहडासम्म शिविरहरू स्थापना गरिएको थियो । मे २६ मा हन्टसहित वोर्डेलो र इभान्स नाम गरेका आरोहीले सगरमाथाको आरोहणको प्रयास गरे पनि उनीहरू आधारशिविरसम्म पुग्न सकेनन् । उनीहरूको अक्सिजन सकिएकाले तल झर्नुपर्यो । त्यसको पर्सिपल्ट २८ मे मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपाली मूलका तेन्जिङ नोर्गे नवौँ शिविर पुग्न सफल भए । त्यसको भोलिपल्ट २९ मे १९ को बिहान ६.३० मा चुचुरातिर लागे । तर, दक्षण्िाी चुचुरोमा नपुग्दै हिउँ बर्सिएका कारण यात्रामा अवरोध आयो । यसले हिलारी निकै तर्सेका थिए । एकातिर हिउँको पहिराले किचिने सम्भावना अर्कोतिर विश्वको सर्वोच्च शिखर पुग्ने एक मात्र मौका π उनीहरूले चुनौतीको यात्रा नै रोजे ।
बिहान ९ बजे उनीहरू शिखरको दक्षण्िाी टाकुरामा पुगिसकेका थिए । त्यहाँबाट अन्तिम पर्वतधार चढ्न निकै कठिन देखिन्थ्यो, तर उनीहरूको धैर्यताले त्यसलाई असफल बनाइदियो । त्यो सबैभन्दा कठिन खुड्किलो पार गरेपछि उनीहरू सजिलैसँग शिखरमा पुगे । बिहान ११ः१५ बजे शिखर पुगेका उनीहरूले केहीबेर आराम गरे । त्यसपछि बधाईको आदान-प्रदान गर्दै फोटो खिचे । त्यो नै मानिसले विश्वको सर्वोच्च हिमशिखरमा पाइला टेकेको पहिलो दिन थियो ।
कला अनुरागी (एजेन्सीको सहयोगमा)
|
Comments
But the incompetence and corrupt leaders could not maintain the good name of our beautiful"Himal aya Kingdom of Nepal".
What a shame!
RSS feed for comments to this post