Friday, May 24, 2013

निजी विद्यालयमा पढाइने पाठ्यसामग्रीको अनुगमन गर पीडीएफ मुद्रण इमेल

राजधानीभित्रै सञ्चालित निजी विद्यालयहरूमा पठनपाठन गराइने भारतीय पाठ्यक्रम र पाठ्यपुस्तकले नेपाल, नेपाली जनता, नेपाली इतिहास, नेपाली भूगोल र नेपाली राष्ट्रियताबारे विद्यार्थीमा गलत सन्देश दिइरहेका छन् । तैपनि सरोकारवाला निकायले त्यसतर्फ कुनै चासो दिइरहेको देखिन्न । जसले गर्दा हाम्रै मुलुकभित्रका विद्यालयमा अध्ययन गर्ने हाम्रै कलिला सन्तानलाई गौतम बुद्ध भारतमा जन्मेका थिए भनेर समेत पढाइँदै आएको रहस्य सार्वजनिक भएको छ । भारतले त आफ्ना नागरिकलाई मात्र होइन, विश्वलाई नै भगवान् बुद्धबारे भ्रममा पार्न भरमग्दुर प्रयत्न गर्दै आएको छ । उसले आफ्नै मुलुकभित्र नक्कली लुम्बिनी बनाएर संसारलाई उल्लु बनाउने प्रयाससमेत गर्दै आएको छ । संसारले भगवान् गौतम बुद्ध नेपालमै जन्मेको स्विकारिसकेको र ऐतिहासिक प्रमाणले पनि बुद्ध नेपालमा जन्मेको प्रमाणित गरिसकेको अवस्थामा भारत भने झुटो प्रचारमै रमाइरहेको छ । नेपालमा खुलेका भारतीय पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन गराउने विद्यालयहरूले भारतको झुटो प्रचार अभियानलाई जोडतोडले सघाइरहेका छन् । हाम्रा सरोकारवाला निकायहरूले भने थाहै नपाएझैँ आँखा चिम्लिरहेका छन् ।
नेपाल सरकारले भारतीय दूतावासद्वारा सञ्चालित केन्द्रीय विद्यालयबाहेक अन्यलाई भारतीय ँसिबिएसई’ र ँआइसिएसई’ पाठ्यक्रम पठनपाठन गराउने स्वीकृति दिएको छैन । तर, नेपालमा खुलेका डिएभी सुशील केडिया विश्वभारतीलगायतका केही विद्यालयले बेरोकटोक भारतीय पाठ्यक्रम पढाइरहेका छन् । जसले गर्दा हाम्रा बालबालिकाको मस्तिष्कमा नेपालबारे गलत सूचना भर्ने काम भइरहेको छ त्यस्ता विद्यालयमा । भारतले आफ्ना प्रकाशनहरूमा गौतम बुद्ध भारतमा जन्मेका थिए भनेर जतिसुकै प्रचार गरे पनि विश्वले पत्याउने अवस्था छैन । भारतले आफ्ना बालबालिकाका लागि तयार गरेका पाठ्यसामग्रीमा ँहामीहरूको महान् मुलुक भारत, हाम्रो राष्ट्रिय झन्डा तिरंगा, राष्ट्रिय गान जन मन गन..., राष्ट्रिय जनावर बाघ’लगायतका कुरा लेख्नुचाहिँ अन्यथा होइन । उसले आफ्नो देशमा आफ्ना बालबालिकालाई मुलुकबारे यस्ता जानकारी दिन पाउँछ । तर, नेपाली भूमिमा खुलेको र नेपाली बालबालिका पढ्ने विद्यालयले समेत सोही पाठ्यक्रम हुबहु लागू गरेर हाम्रा बालबालिकालाई गलत तथ्य सिकाउँछन् भने त्योचाहिँ गम्भीर राष्ट्रियताविरोधी अपराध हो ।
नेपाल सरकारको अनुमतिमा खुलेका त्यस्ता विद्यालयले यसरी स्वीकृतिबेगरका पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन गराइरहेकोबारे सार्वजनिक सञ्चारमाध्यममा समाचार प्रकाशित भइसकेपछि पनि शिक्षा मन्त्रालयका जिम्मेवार अधिकारीले यसबारे उजुरी आएमा कारबाही गर्छौं भन्नु हास्यास्पद छ । शिक्षा मन्त्रालय मुलुकभरका सम्पूर्ण शैक्षिक संस्थाको नियामक निकाय भएकाले त्यस्ता संस्थामा नियमित अनुगमन गर्नु र कुनै अनियमितता भेटिएमा कानुनअनुसार कारबाही गर्नु उसैको दायित्व हो । डिएभी स्कुलले नेपालबारे भ्रम छर्ने पाठ्यपुस्तक पठनपाठन गराइरहेको छ, सरकारबाट स्वीकृति नै नलिई विदेशी कोर्स पढाइरहेको छ । त्यसैले सरोकारवाला सरकारी निकायले यसबारे सत्यतथ्य छानबिन गरी दोषी पाइएमा सो विद्यालयमाथि हदैसम्मको कारबाही गर्नुपर्छ भने अन्य शैक्षिक संस्था र तिनले अवलम्बन गरिरहेका पाठ्यसामग्रीबारे पनि प्रभावकारी अनुगमन गरिनुपर्छ ।

 

Comments   

 
+1 #2 NEPAL 2012-12-26 02:54
Weldon! Mr PM Dr Babu Ram Bhattarai and Chabilal, Puspa Kamal Dahal (PRACHANDA). You are all GREAT.
Quote
 
 
0 #1 Saroj Kunwar 2012-12-23 16:27
Yo education ministry kaam ho Tara k garne Dave le hapta diyea ko hola k karbai garos
Quote
 

Add comment


Security code
Refresh