Saturday, May 25, 2013

इन्डिया गेट युद्धक्षेत्रमा परिणत पीडीएफ मुद्रण इमेल

एजेन्सी
नयाँदिल्ली, ८ पुस
गत आइतबार एक युवतीमाथि भएको बलात्कारविरुद्धको प्रदर्शन सातौँ दिन पनि भारतभर जारी छ । राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी प्रदर्शन रोक्न सरकारले इन्डिया गेट तथा विजय चोक इलाकामा धारा १४४ लागू गरे पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन । धारा १४४ अनुसार निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी मानिस एकसाथ भेला हुन पाइनेछैन । त्यस्तै, प्रधानमन्त्री तथा राष्ट्रपति निवासवरपरका मेट्रो स्टेसन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ । संसद् भवन तथा राष्ट्रपति निवासवरपर प्रदर्शन गर्न निधेष गरिएको सूचना सरकारले बिहानै सार्वजनिक गरेको थियो ।
सरकारको निषेधाज्ञालाई अवज्ञा गर्दै इन्डिया गेटमा भेला भएका हजारौँ प्रदर्शनकारीले सरकार तथा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा, पानीको बोतल तथा रड प्रहार गरेका थिए । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले दर्जनाँै सेल अश्रुग्यास, पानीको फोहोरा प्रयोग गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो । घटनामा दर्जनाँै प्रदर्शनकारी तथा केही प्रहरी घाइते भएका छन् । प्रदर्शनमा आम आद्मी पार्टीका अरविन्द केजरीवालको समेत उपस्थित रहेको थियो । केजरीवालका समर्थकलाई ओसार्न ल्याइएको बसको हावा प्रहरीले खोलिदिएको समाचार छ ।
यसअघि राजधानी नयाँदिल्लीमा शनिबार बिहान राष्ट्रपति भवननजिकै रायसिना हिलमा हजाराँै प्रदर्शनकारीले पीडित युवतीलाई न्याय दिनुपर्ने माग गर्दै नाराबाजीसमेत गरेका थिए । प्रहरीको घेरा तोड्दै राष्ट्रपति भवनतिर अघि बढ्न खोजेका प्रदर्शनकारीसँग प्रहरीको झडप भएको थियो । सो झडपमा तीनजना घाइते भएका थिए । शनिबार इन्डिया गेट तथा विजय चोकबाट सुरु भएको प्रदर्शनको सिलसिला राति युपिए प्रमुख सोनिया गान्धीको घरसम्म पुगेको थियो । प्रदर्शनकारीले नाराबाजी गरेपछि गान्धी घरबाहिर निस्केर उनीहरूलाई शान्त रहन आग्रह गरिन् । करिब १५ मिनेट प्रदर्शनकारीसँग वार्ता गरेकी गान्धीले घटनाका दोषीलाई कडा कारबाही गर्ने आश्वासन दिइकी थिइन् । राजधानी दिल्लीका अलावा देशका कैयाँै स्थानमा बलात्कारविरुद्ध प्रदर्शन जारी छ । देशमा लगातार रूपमा बलात्कारको घटना घटिरहे पनि सरकारले यसबारे ठोस कदम नचालेको प्रदर्शनकारीको आरोप छ ।
संयमता अपनाउन सरकारको आग्रह
यसैबीच सरकारले संंयमता अपनाउन प्रदर्शनकारीलाई आग्रह गरेको छ । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुशीलकुमार सिन्धेले संयम अपनाउन र आफ्नो घर र्फकन प्रदर्श्ानकारीलाई आग्रह गरेका छन् । गृहमन्त्री सिन्धेले पीडित युवतीको बयान सफदरगन्ज अस्पतालमा एक न्यायाधीशले रेकर्ड गरिसकेको बताएका छन् । आफ्ना पनि तीन छोरी रहेको र घटनाका कारण आफू सधैँ चिन्तित रहने गरेको गृहमन्त्री सिन्धेले बताए । सरकारले छिटै छानबिन आयोग गठन गरी घटनाको निष्पक्ष छानबिन गर्ने आश्वासन दिए । सम्मेलनमा गृहमन्त्री सिन्धेका अलावा सूचनामन्त्री मनीष तिवारी तथा गृहराज्यमन्त्री आरपिएन सिंहको समेत सहभागिता थियो ।
बलात्कारीलाई मृत्युदण्डको माग
गतहप्ता दिल्लीमा २३ वषर्ीया युवतीमाथि बलात्कार गर्ने ६ बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै भारतभर प्रदर्शन जारी छ । दिल्लीका प्रदर्शनकारीले गृहमन्त्री सुशीलकुमार सिन्धे र सत्ताधारी कंग्रेस पार्टीका प्रमुख सोनिया गान्धीलाई समेत भेटेर ती अपराधीविरुद्ध मृत्युदण्डको माग गरेको समाचारमा जनाइएको छ । बलात्कारमा संलग्न ६ व्यक्तिलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । सरकारले जनताको क्रोध साम्य पार्न निकै प्रयास गरेको छ, तर पनि दिल्ली, अहमदावाद, पटनालगायत विभिन्न नगरमा प्रदर्शन जारी छन् । भारतमा गतवर्ष भएका दुई लाख ५६ हजार तीन सय २९ हिंसामध्ये दुई लाख २८ हजार ६ सय ५० महिलामाथि भएको देखिएको थियो । त्यस्तै, सन् १९९० को तुलनामा सन् २००८ मा भारतभर बलात्कारका घटना दोब्बर भएका छन् ।

 

Comments   

 
0 #3 swaviman 2012-12-29 17:02
Is that true? Who raped by gangs at Delhi. She died at Singapore.
Quote
 
 
0 #2 Good for you 2012-12-28 02:48
Jwaherlal Neharu kunpirle sansar chade. NEPAL lai namaskar gareara ek palta Hindustanle dui palta sochosh.
Quote
 
 
0 #1 GORKHA / GURKHAS 2012-12-26 03:30
INDIA: Indianle Indialai pitcha galti garepachi. Yo Indian ko kasur ho. Tara, Nepal mulukle galti nagari Indiale Nepalma aago lagayo. Tyo Nepal ko Maobadi sachi chha. Jasle nirdosh Nepaliharu marea. Tapaiko kehi kura chha ?
Quote
 

Add comment


Security code
Refresh