Wednesday, Jun 19, 2013< /p>

तेस्रो जितसँगै एपिएफ सेमिफाइनलमा पीडीएफ मुद्रण इमेल

काठमाडौं/ उपाधि दाबेदार नेपाल एपिएफ क्लबले तेस्रो जित हात पार्दै मंगलबार दोस्रो टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेको छ । समूह 'ए'मा एपिएफले तीन खेलबाट सर्वाधिक ६ अंक बटुल्यो । त्रिवि मैदानमा एपिएफले विराटनगरलाई ८४ रनको भारी अन्तरले हरायो ।
टस जितेर पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा विराटनगर १४.४ ओभरमा ७५ रनमा समेटियो । एपिएफको ओपनिङ राम्रो भयो । परेश लोहनी -३७) र सुभाष खकुरेल -२४)बीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । परेशले २९ बलमा समान दुई चौका र छक्का प्रहार गरे ।
सुभाषसले १९ बलमा चार चौका ठोके । बलिङतर्फ विराटनगरका मञ्जित श्रेष्ठ र पुष्प थापाले समान २-२ विकेट लिए । लक्ष्य पछयाएको विराटनगरको ब्याटिङ कुनै समय पनि राम्रो भएन । इनिङको एक समय विराटनगर ५२-२ को अवस्थामा थियो । स्पिनरहरू शक्ति गौचन, वसन्त रेग्मी तथा सञ्जम रेग्मीले विकेट लिएपछि ५८-५ को स्थितिमा पुग्यो । त्यसपछि विराटनगरले आफ्नो अन्तिम पाँच विकेट १७ रनको अन्तरमा गुमायो । विराटनगरका लागि महबुब आलमले सर्वाधिक २७ रन बनाए । पुष्पले झिनो १८ रनको योगदान दिए । म्यान अफ दी म्याच वसन्त रेग्मीले तीन विकेट तथा सञ्जमले दुई विकेट लिएका थिए ।
अर्को खेलमा काठमाडौंले वीरगन्जलाई ५ विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । लगातार हारसँगै वीरगन्ज प्रतियोगिताबाट बाहिरिएको छ । पहिले ब्याटिङ गरेको वीरगन्जले २० ओभरमा ५ विकेट गुमाएर १३८ रन बनायो । काठमाडौंले १९.२ ओभरमा ५ विकेटको नोक्सानीमा जित हात पार्‍यो । काठमाडौंका लागि रोविन जोशीले ४७ र प्रमोद बस्नेतले ३५ रनको योगदान दिएका थिए ।

 

Add comment


Security code
Refresh