Sunday, May 26, 2013

पाकिस्तानले भारतलाई हरायो पीडीएफ मुद्रण इमेल

एजेन्सी
मुम्बई, १० पुस
पाँच वर्षपछि दुई छिमेकी राष्ट्रबीच भएको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई मंगलबार पहिलो टी-२० क्रिकेट प्रतियोगितामा पाँच विकेटले पराजित गरेको छ ।
मुम्बईको चिन्नास्वामी रंगशालामा पहिलो ब्याटिङ गरेको भारतले छिमेकी प्रतिद्वन्द्वी पाकिस्तानलाई १३४ रनको लक्ष्य दिएको थियो ।
प्रत्युत्तरमा पाकिस्तानले १९.४ ओभरमा ५ विकेट गुमाएर १३४ रन जोड्यो । पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा १० रनको आवश्यकता थियो । पूर्वकप्तान सोयब मलिकले रवीन्द्र जडेजाको अन्तिम ओभरको चौथो बलमा 'स्ट्रेट' छक्का प्रहार गरी पाकिस्तानलाई भारतमाथि रोमाञ्चक जित दिलाएका थिए ।
डेब्यु खेलाडी भुवनेश्वर कुमारले सुरुवाती तीन विकेट लिँदा पाकिस्तान २.६ ओभरमा १२-३को नाजुक अवस्थामा पुगेको थियो । त्यसपछि मोहमद हफिज -६१) र सोयब -५७)बीच चौथो विकेटका लागि १०६ रनको बलियो साझेदारी हुँदा १७.१ ओभरमा पाकिस्तान ११८-४ को अवस्थामा पुग्यो ।
इनिङको १७औँ ओभरमा बलर इशान्त शर्मा र पाकिस्तानी ब्याट्सम्यान सोयबबीच विवाद भएको थियो । सोही ओभरमा इशान्तले सोयबलाई जडेजाबाट क्याचआउट गराएका थिए । तर, तेस्रो अम्पायरले इशान्तको सो बललाई 'नो बल'को संज्ञा दिँदा सोयब आउट हुनबाट बचे । अन्तिमसम्म आउट नभएका सोयबले ५० बलमा सामान ३ छक्का र चौका प्रहार गरेका थिए । हफिजले ४४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे ।
पाकिस्तानी कप्तान हफिजले टस जितेर भारतलाई पहिले ब्याटिङमा निम्तो दिएका थिए । भारतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रनको योगफल बनायो । भारतका लागि सुरुवाती ब्याट्सम्यान गौतम गम्भीर (४३) र अजरेन्का रहने (४२)ले उत्कृष्ट योगदान दिए । दुई ब्याट्सम्यानले पहिलो विकेटका लागि सर्वाधिक ७७ रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटका रूपमा पभेलियनतर्फ र्फकनुअघि रहनेले ३१ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । गम्भीरले ४१ बलमा एक छक्का र दुई चौका प्रहार गर्दै आफ्नो विकेट रनआउटका
रूपमा गुमाए ।
त्यसपछि मध्यक्रम तथा पुछारका ब्याट्सम्यानले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । युवराज सिंह (१०) र सुरेश रैना (१०) बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराट कोहली (९), रोहित शर्मा (२), रवीन्द्र जडेजा (२), कप्तान महेन्द्रसिंह धोनी (१) र इशान्त शर्मा (०) सस्तैमा पभेलियन फर्किए ।
भारतीय राष्ट्रिय टोलीबाट डेब्यु गरेका भुवनेश्वर कुमार (६) र अशोक डिन्डा (३) अविजित रहे । पाकिस्तानका उमर गुलले तीन विकेट लिए । सइद अजमलले दुई विकेट लिँदा मोहम्मद इर्फान र साहिद अपि|mदीले एक-एक विकेट लिए ।

 

Add comment


Security code
Refresh