Thursday, Jun 20, 2013< /p>

आइसिसीद्वारा इशान्तलाई कारबाही पीडीएफ मुद्रण इमेल

दुबई/ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आइसिसी)ले भारतीय बलर इशान्त शर्मालाई मैदानमा खेलभावनाविपरित काम गरेको जनाउँदै बुधबार कारबाही गरेको छ । पाकिस्तान र भारतबीचको मंगलबार सम्पन्न पहिलो टी-२० क्रिकेटमा इशान्तले छिमेकी टोलीका ब्याट्सम्यान कमरान अकमलसँग झगडा गरेका थिए ।
दोस्रो इनिङको १८औँ ओभरमा इशान्तको बलमा सोयब क्याच आउट भएका थिए । क्याच आउट भए पनि अकमलले मैदानका अम्पायर रोसन माहानामासँग इशान्तको बल 'नोबल' हो वा होइन भनी अपिल गरे । यसअघि ओभरको पहिलो बलमै इशान्तले एक बाउन्सर फ्याँकिसकेका थिए । इशान्तको दोस्रोपटक बाउन्स बलमा आउट भएपछि अकमलले 'नोबल'को अपिल गरेका हुन् ।
टेलिभिजन 'रिप्ले'मा इशान्तको दोस्रो बाउन्स बल नोबल देखिएको थियो । त्यसपछि अम्पायर माहानामाले 'नोबल' को संज्ञा दिँदै अकमललाई नटआउट दिए । ओभर सकिएपछि क्रिजमा रिसाउँदै इशान्तले सीधै अकमललाई केही अपशब्द प्रयोग गरेका थिए । केही समय दुवै खेलाडीबीच भनाभनसमेत  भएको थियो । विराट कोहलीलगायत अन्य सिनियर भारतीय खेलाडीले इशान्तलाई सम्झाएपछि झगडा साम्य भयो ।
सोही घटनाको म्याच रिपोर्टअनुसार आइसिसीले इशान्तलाई पहिलो टी-२० खेलमा आउने १५ प्रतिशत म्याचफी कटौती गरेको छ । आइसिसीले पाकिस्तानी टोलीका अकमललाई पाँच प्रतिशत म्याचफी जरिवाना गरेको छ । सो खेलका चारै रेप|mीले इशान्तलाई मुख्य दोषी ठहराएका छन् । आफ्नो रिपोर्टमा रेप|mीले इशान्तले सुरुवाती झगडा गरेको उल्लेख गरेका छन् ।
'क्रिकेटका पारस्पारिक प्रतिद्वन्द्वीबीचको पहिलो टी-२० खेल खेलभावनाअनुरूप चलिरहेको थियो, दोस्रो इनिङको १८औँ ओभरमा इशान्तले स्पोर्टस्म्यानसिप देखाएनन्, एक अन्तर्राष्ट्रिय अनुभवी खेलाडीले मैदानमा वाक्युद्ध सुरु गरे,' अम्पायरले आइसिसीलाई बुझाएको रिपोर्टमा उल्लेख छ । सो खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको थियो ।
दक्षिण अपि|mका ३३ रनले विजयी
पोट एलिजाबेथ/ न्युजिल्यान्डविरुद्धको अन्तिम टी-२० क्रिकेटमा दक्षिण अपि|mकाले ३३ रनको जित हात पारेको छ । बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अपि|mकाले २० ओभरमा ६ विकेट गुमाएर १७९ रनको योगफल खडा गर्‍यो ।
प्रत्युत्तरमा न्युजिल्यान्डले २० ओभरमा नौ विकेट गुमाएर १४९ रनमात्र जोड्यो । दक्षिण अपि|mकाको ब्याटिङ इनिङमा हेनी डेभिडले ५१ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ६८ रनको योगदान दिएका थिए । जस्टिन ओन्टोङले ३० बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४८ रन बटुले । न्युजिल्यान्डका लागि मार्टिन गुप्तिलले २४ र ब्रान्डम म्याककुलम २५ रनको
योगदान दिए ।

 

Add comment


Security code
Refresh