Wednesday, Jun 19, 2013< /p>

लिगमा आरसिटीको पहिलो हार पीडीएफ मुद्रण इमेल

दीपेन्द्र गुरुङ/नयाँ पत्रिका
काठमाडौं, ११ पुस
आठौँ खेलसम्म उत्कृष्ट प्रदर्शन गरी अपराजित रहेको रानीपोखरी कर्नर टिम -आरसिटी)ले बुधबार दशरथ रंगशालामा आफूअनुकूल नतिजा
निकाल्न सकेन । सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिगको नवौँ चरणमा पहिलो हारको सामना गर्ने क्रममा आरसिटी लिगको कमजोर टोली बाँसबारी फुटबल क्लबसँग २-० ले पराजित भयो ।
रेलिगेसन जोनमा रहेको क्लबसँग होर्दा आरसिटीले पूर्वविजेता थ्री स्टारसँग स्पष्ट चार अंकको दूरी राख्ने अवसर गुमाएको छ । यद्यपि, नौ खेलपछि आरसिटी २० अंकका साथ लिगको शीर्ष स्थानमै यथावत रह्यो । एक खेल कम खेलेको थ्री स्टार १९ अंकका साथ दोस्रो स्थानमा छ । थ्री स्टारले स्पष्ट जित नतिजा निकाले आरसिटी दोस्रो स्थानमा झर्नेछ । आरसिटीको हारपछि लिगमा अपराजित क्लब मनाङमस्र्याङ्दी मात्र बनेको छ ।
आठ खेल खेलेको मनाङ पाँच खेलमा जित तथा तीन खेलमा बराबरी नतिजा निकाल्दै १८ अंकका साथ तेस्रो स्थानमा छ । यता, बाँसबारीले लिगमा पहिलो जितको स्वाद चाखे पनि रेलिगेसन जोनबाट माथि निस्कन सकेन । अप्रत्याशित हारपछि आरसिटीका प्रशिक्षक मधु कार्कीले जीवनमा यस्तो खेल कहिल्यै नदेखेको बताए । 'मेरो फुटबल करिअरमा आरसिटीले बाँसबारीविरुद्ध जस्तो कमजोर प्रदर्शन कहिल्यै गरेन,' प्रशिक्षक कार्कीले भने, 'प्रशिक्षक तथा खेलाडीका रूपमा आरसिटीको यो नै सर्वाधिक बिर्सनलायक खेल रह्यो ।'
खेलाडीले कमजोर प्रतिद्वन्द्वी बाँसबारीलाई सहजै पराजित गर्ने आत्मविश्वास देखाउँदा टोली हारेको कार्कीले बताए । 'बाँसबारीविरुद्धको खेलमा खेलाडीहरू ओभर कन्पिmडेन्स देखिए,' उनले भने, 'एक गोल खाँदासमेत फर्काउने मनस्थितिमा थियो, दोस्रो हाफलगत्तै गोल खाएपछि खेलाडी नर्भस भए ।' पहिलो हाफमा आरसिटीबाट कुनै पोस्टचार्ज भएको थिएन । नियमित खेलाडी अमर डंगोलको अनुपस्थितमा आरसिटी कमजोर भएको प्रशिक्षक कार्कीले स्विकारेका छन् ।
'अमर टोलीमा हुनु र नहुनुको झल्को बाँसबारीसँगको खेलमा देखियो,' कार्कीले भने, 'यदि उनले खेलेको भए कुनै समय गोल हुन्थ्यो ।' रातो कार्डका कारण अमर प्रतिबन्धमा छन् । यता बाँसबारीका प्रशिक्षक दीपेश योञ्जनले भने, 'योजनाअनुरूप नतिजा निस्कियो, आरसिटीलाई हराउने लक्ष्यका साथ आएका थियौँ ।' बाँसबारीको जितमा अपि|mकन खेलाडी मोमदु लमिन फेटले दुवै गोल गरेका थिए । खेलको २९औँ मिनेटमा मोमदुले बाँसबारीलाई १-० को अग्रता दिलाएका थिए । कोमल खवासको 'ब्याकपास'लाई आरसिटीका गोलरक्षक दिलीप क्षेत्रीले क्लियर गर्न सकेनन् । जसको फाइदा लिँदै मोमदुले गोल गरे ।
खेलको ४७औँ मिनेटमा गोलरक्षक क्षेत्रीले जज गर्न नसक्दा सिक्स यार्ड बक्सबाट मोमदुले बाँसबारीलाई २-० ले अघि बढाएका थिए । खेलको ५४औँ मिनेटमा युगलकिशोर राईले पेनाल्टी अवसर खेर फाल्दा आरसिटीले खेलमा सान्त्वना गोल फर्काउने अवसरसमेत गुमायो । युगलको पेनाल्टीलाई बाँसबारीका गोलरक्षक अजित प्रजापतिले पञ्च
गर्दै क्लियर गरेका थिए ।
आरसिटीका प्रशिक्षक कार्कीले खेलाडीहरू अल्छी भएको बताए । 'खेल जित्न मिहिनेत गर्नुपर्छ, बाँसबारीसँगको खेलमा खेलाडीहरू अल्छी देखिए,' उनले भने, 'कुनै समय उनीहरू जोसिएनन् ।'
हिमालयन शेर्पा नवौँ स्थानमा
एन्फा एकेडेमी यू-१७ का कप्तान हेमन गुरुङले उत्कृष्ट प्रदर्शन जारी राखेपछि हिमालयन शेर्पा क्लब नवौँ स्थानमा उक्लिएको छ । हिमालयनले बुधबारको दोस्रो खेलमा बौद्ध फुटबल क्लबलाई १-० ले पराजित गर्‍यो ।
खेलको ७०औँ मिनेटमा हेमनले डिबक्सनजिकबाट प्राप्त पि|mकिकलाई गोलका रूपमा परिणत गर्दै टोलीलाई १-० ले अगाडि राखे । गत सातामात्रै सरस्वतीविरुद्ध हेमनले 'ए' डिभिजन लिगमा डेब्यु गरेका थिए । नवौँ खेलमा हिमालयनले तीन जित, पाँच पराजय र एक बराबरी नतिजा निकालेको छ । हारपछि बौद्ध एक अंकका साथ लिगको पुछारमा रह्यो ।

 

Add comment


Security code
Refresh