Saturday, May 25, 2013

अबे जापानका प्रधानमन्त्री पीडीएफ मुद्रण इमेल

टोकियो/ सिन्जो अबे जापानका नयाँ प्रधानमन्त्री चयन भएका छन् । जापानको तल्लो सदन डायटले उनलाई जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
१६ डिसेम्बरमा जापानमा भएको आमचुनावमा अबे नेतृत्वको लिबरल डेमोक्र्याटिक पार्टी तथा यस पार्टीको गठबन्धन दल न्यु कोमेतो पार्टीले कुल चार सय ८० स्थानका लागि भएको मतदानमा दुई-तिहाइ स्थानमा विजय हासिल
गरेका थिए ।
चुनाव परिणामपछि बुधबार बसेको संसद्को तल्लो सदनको पहिलो अधिवेशनले अबेलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको औपचारिक जानकारी दिएको हो । जापानका वरिष्ठ राजनीतिज्ञ ५८ वषर्ीय अबेले वर्तमान प्रधानमन्त्री योसिहिको नोदालाई प्रतिस्थापन गर्नेछन् । हालै सम्पन्न आमचुनावमा नोदा नेतृत्वको डेमोक्र्याटिक पार्टी अफ जापानले नराम्ररी पराजय बेहोरेको थियो ।
प्रधानमन्त्री चुनिएका अबे देशमा नयाँ आर्थिक सुधारको एजेन्डासहित निर्वाचनमा गएका थिए । विविध कारणले आर्थिक मन्दी कायम रहेको वेला जापानमा आर्थिक वृद्धि गर्नु उनका लागि चुनौती रहने जापानी विश्लेषकले जनाएका छन् ।
राष्ट्रियताका सवालमा कडा मानिने अबेले यसअघि सन् २००६ देखि २००७ सम्म जापानी प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।

 

Add comment


Security code
Refresh