Wednesday, Jun 19, 2013< /p>

पुनस्र्थापना प्रस्ताव : सत्ता लम्ब्याउने खेल पीडीएफ मुद्रण इमेल

दिलेन्द्रप्रसाद बडू

सत्तारुढ गठबन्धन एफडिआरएले विद्यमान संकट समाधानका लागि फेरि पनि संविधानसभा पुनस्र्थापना गर्ने प्रस्ताव अघि सारेको कुरा बाहिर आएको छ । यो उसको पुराना विषयमा कुरा उठाएर सत्ता लम्ब्याउने दाउ मात्र हो । पुराना विषयवस्तु पुनः ब्युँताएर व्यर्थमा समय बिताउने, सत्ता नछाड्ने र जसरी हुन्छ आगामी वैशाखमा गर्ने भनिएको चुनाव बिथोल्ने एकीकृत नेकपा माओवादीको घोषित रणनीतिअनुरूप नै यी कुरा बाहिर आएका हुन् । सत्ताधारी गठबन्धनले सत्ता छोड्न नचाहेको बलियो प्रमाणका रूपमा यसलाई लिन सकिन्छ । उनीहरूले समयमै निर्वाचन नगर्ने आफ्नो एक मात्र अभिष्ट रणनीति सफल पार्न यो प्रपञ्च रचेका हुन् ।
नेपाली कांग्रेस र सम्पूर्ण विपक्षीको एक मात्र अपरिवर्तनीय धारणा वर्तमान संकटको निकास ताजा जनादेश मात्र हो । वैशाखभित्र निर्वाचन गर्ने गरी समय तोकिएको छ । यसका लागि आवश्यक प्रक्रिया र चुनावका लागि चाहिने सम्पूर्ण कानुनी, संवैधानिक, भौतिक साधनस्रोतको व्यवस्थापन गर्नुपर्छ । आगामी वैशाख वा जेठदेखि उता कुनै पनि हालतमा चुनाव सार्न हुँदैन । तोकिएकै समयमा चुनाव सम्पन्न गर्ने तरिकाले कांग्रेस अघि बढ्छ । संविधानसभा चुनाव केन्दि्रत कार्यक्रम ल्याउने तयारीमा कांग्रेस लागेको छ । चुनावलाई पाखा लगाउने कुत्सित मनसायबाट यो वा त्यो बहाना अघि सार्नु भनेको नयाँ संविधानसभा निर्वाचनको गन्तव्यलाई पूर्णता नदिने खेल मात्र हो । सत्तारुढ गठबन्धन ताजा जनादेशको विपरीत दिशातिर जान खोजिरहेको छ । पुनस्र्थापना गर्नुपर्छ भन्नुको उद्देश्य अहिलेको सत्ता लम्ब्याउने चाल मात्र हो । जसरी भए पनि ताजा जनादेशमा जानुपर्छ । कांग्रेसको अपरिवर्तनीय दृष्टिकोण त्यही हो ।
ताजा जनादेशमा जानका लागि कांग्रेसले वार्ता र संवादबाट सत्तारुढ दलहरूलाई दबाब दिन्छ । यो प्रक्रिया हामीले छोडिसकेका छैनौँ । यसबाट निकास ननिस्कने भएपछि मात्र हामी जनतालाई जागरुक गर्दै जनदबाब सिर्जना गर्छौं । र, यो षड्यन्त्रको चिरफार गर्छौं । ताजा जनादेशबाट मुलुकमा देखिएका विद्यमान संकट अन्त्य गर्नुपर्छ । त्यसका लागि हामी तयारी गरिरहेका छौँ । वार्ता र संवादबाट समस्या समाधान गर्न विशेषतः माओवादी चाहिरहेका छैनन् । जसले हामीलाई जनतासामु जान बाध्य बनाएको छ । संकटको निकासका लागि चुनाव सुनिश्चित गर्न हामी चाहन्छौँ ।
मुलुकको लोकतन्त्र र कमजोर हुँदै गएको राष्ट्रियता बचाउनका लागि आन्दोलन अपरिहार्य बनेको छ । त्यसका लागि हामी सडकमा जान्छौँ । सडकबाट यो असंवैधानिक सरकार विस्थापित हुन्छ । संकट समाधानका लागि राष्ट्रय सहमतिको सरकार निर्माण हुन्छ । मुलुकको लोकतन्त्र र राष्ट्रियता जोगाउनका निमित्त बाध्यात्मक अवस्था सिर्जना हँुदै छ । हामी यसका निमित्त सडकमा जान लागेका हौँ । लोकतन्त्र र राष्ट्रियता कमजोर बनेकाले त्यसलाई मजबुत बनाउन सडकको बाटो तताउनुपरेको हो ।
१४ जेठदेखि नै हामीले भन्दै आएको सहमति सत्ता नछाड्ने सत्ताधारी दलहरूको रबैयाका कारण हुन सकिरहेको छैन । हाम्रो उद्देश्य के हो भने दलहरूबीच मुठभेडको अवस्था सिर्जना नहोस् । दलहरूबीच सहमति, सहकार्य र एकता नटुटोस् भन्ने उद्देश्यले हामीले वार्ता र संवादलाई चटक्कै छोड्न सकेका छैनौँ । अहिलेको आवश्यकता सबै दलबीचको सहमति, सहकार्य र एकता नै हो । त्यसलाई हामीले छोडेका छैनौँ । तर, सत्ता नछाड्ने नियतले संविधानसभा भंग गरिएको हो भन्ने सत्तारुढ दलहरूको मनसाय देखिन्छ । त्यो अहिले प्रमाणित हुँदै आएको छ । त्यसैले हामी सडकमा जान बाध्य भएका हौँ । अब हामी ताजा जनादेशमा जानका लागि सत्तारुढ गठबन्धनलाई बाध्य पारेरै छाड्छौँ । जनताको बलमा मात्र यिनीहरू विस्थापित हुन्छन् र मुलुकलाई निकास दिने ताजा जनादेशको बाटो तय हुन्छ ।
राष्ट्रपति डा. रामवरण यादवले आफू भारत भ्रमणमा जानुअघि संविधानसभाका विघटित सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाएर भारतबाट र्फकने समयसम्म विद्यमान संकट समाधानका लागि सहमति गर्न आग्रह गर्नुभएको छ । यो राष्ट्रप्रमुख र संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिको सदिच्छा हो । मुलुकमा सहमति र सहकार्यसाथ नेपालको अन्तरिम संविधानको स्पिरिटअनुरूप संकटको निकास निस्कियोस् भन्ने उहाँको सदिच्छालाई हामीले सकारात्मक रूपमा हेर्नुपर्छ । त्यसैलाई मानेर असंवैधानिक सरकारविरुद्ध हामीले घोषणा गरेको आन्दोलन पनि रोकेर वार्ता र सहमतिको प्रयास तीव्र पारेका हौँ । सहमति र सहकार्यसाथ अघि बढ्न हामी उहाँको सदाशयताको पछि लाग्यौँ पनि । उहाँको त्यस कदमलाई हामीले सघायौँ पनि । सहमतिको सरकार बनाएर ताजा जनादेशमा गइहाल्नुपर्छ । यसका निमित्त उहाँको प्रयास जारी छ । त्यसका लागि राष्ट्रपतिज्यूले सबै पार्टीका शीर्ष नेतालाई बोलाएर द्विपक्षीय र बहुपक्षीय रूपमा छलफल चलाइराख्नुभएको छ ।
पछिल्लो समय यसअघिका प्रजातन्त्र प्राप्तिका लागि भएका सम्पूर्ण आन्दोलनको नेतृत्व लिएर त्यसलाई सहजतासाथ सफल बनाएको पार्टी कांग्रेसको राष्ट्रिय राजनीतिमा भूमिका उल्लेखनीय हुन सकेन भन्ने आरोप लागेको थियो । त्यसलाई हामीले गलत साबित गरिदिएका छौँ । हाम्रो पार्टीको आदर्श, मूल्य र मान्यतालाई त्यागेर सरकारको नेतृत्वको लोभ गरेका छैनौँ । त्यसका साथै पार्टीमा गुटबन्दी छ भन्ने पनि आरोप कांग्रेसलाई लागेको थियो । पछिल्ला घटनाक्रमले पार्टीभित्र समग्र एकता छ भन्ने प्रमाणित गरिदिएका छन् । कांग्रेसलाई नेतृत्व दिउ“m भन्यो भने प्रधानमन्त्रीका लागि पार्टीभित्रै विवाद छ भन्ने मिथ्या आरोप लाग्ने गरेको थियो । त्यो आरोप चिर्न हामी सफल भएका छौँ । सर्वसम्मत रूपमा प्रधानमन्त्रीको उम्मेदवारमा पार्टी सभापति सुशील कोइरालालाई चयन गरेका छौँ ।
राष्ट्रिय राजनीतिमा हाम्रो उल्लेखनीय नेतृत्वदायी भूमिकाले नै ०६२/६३ को आन्दोलन सफल भएको थियो । त्यो छाप हामीले अहिले पनि जनताबाट गिर्न दिएका छैनौँ । त्यो आन्दोलनलाई हामीले सहमति र सहकार्यबाट सम्पूर्ण पार्टीलाई एक स्थानमा ल्याएर दुई सय ४० वर्षसम्म आफ्नो एकछत्र राज गरेको राजसंस्थालाई घँुडा टेकाएका थियौँ । सहमति र सहकार्यको राजनीतिलाई अहिलेसम्म हामीले त्यागिसकेका छैनौँ । त्यसैअनुरूप अघि बढ्न प्रयासरत छौँ । सहमति र सहकार्यको नेतृत्व अहिले पनि कांग्रेसले गरिरहेको छ, भोलि पनि कांग्रेसले नै गर्नेछ । यसमा कसैको दुई मत छैन । यसमा कसैले आशंका गर्छ भने त्यो निराधार हो । यी कुरालाई अहिलेसम्म हामीले पुष्टि गर्दै आएका छौँ, त्यसलाई व्यवहारले देखाएको छ । आगामी दिनमा पनि त्यस्तै गर्ने प्रवक्ताको हैसियतमा मेरो प्रतिबद्धता छ ।

(कांग्रेस प्रवक्ता बडूसँगको कुराकानीमा आधारित)

 

 

Comments   

 
0 #2 Rolpa Rukum 2013-01-02 04:28
Prajtantra ko naau ma Loktantra lai nimto dieara Rajnitik Partyharule Nepali samaj lai bhakundo kheli rahechan. Maobadile ta manche nai maryo.
Quote
 
 
0 #1 Garib Nepali 2012-12-27 21:35
Yo sansar ko kunaipani deshma kaam pura gare bapat haatma talab wa paisa thapincha. Charbarsa bhitra Deshko Dhukuti bata savidhan lekhne naauma 6 arab bhanda badhi 601 janale haatma thape. Kaam pura huna sakena. Yesratha, Rs 6 arab Rastra ko Dhukutima pahila dakhila garnu. Yesbata Kohipani phutkina paudaina. Tespachi Nepali Samajle nirnaea garne chha.
Quote
 

Add comment


Security code
Refresh