Monday, May 20, 2013

क्लार्कले बनाए नयाँ रेकर्ड पीडीएफ मुद्रण इमेल

मेलबर्न/ कप्तान माइकल क्लार्कले बिहीबार श्रीलंकाविरुद्धको पहिलो टेस्टमा शतकीय इनिङ खेल्दै अस्ट्रेलियन क्रिकेटमा नयाँ कीर्तिमान राखेका छन् । अस्ट्रेलियाका लागि एक वर्ष क्यालेन्डरमा सर्वाधिक रन बटुल्ने ब्याट्सम्यानका रूपमा क्लार्कले १५९५ रन जोडेका छन् । यसअघि पूर्वकप्तान रिकी पोन्टिङले सन् २००५ मा १५ टेस्टबाट १५४४ रनको कीर्तिमान राखेका थिए । पोन्टिङको कीर्तिमान पाखा लगाउन क्लार्कले ११ टेस्टको सहायता लिएका छन् ।
टेस्ट इतिहासमा पाकिस्तानका
पूर्वब्याट्सम्यान मोहमद युसुफको नाममा १७८८ रनको कीर्तिमान छ । युसुफले सन् २००६ को सत्रमा १९ इनिङ खेल्दै सो रेकर्ड राखेका हुन् । त्यसवेला उनले एक दोहोरो शतक, नौ शतक तथा तीनपटक अर्धशतकीय इनिङ खेले । क्लार्कले भने सन् २०१२ को सत्रमा पाँच शतक तथा तीन अर्धशतकीय इनिङ खेलेका छन् । मेलबर्नको एमसिजी मैदानमा पहिलो तथा टेस्ट करिअरकै २२औँ शतकका रूपमा क्लार्कले १०६ रनको शतकीय इनिङ खेलेका छन् । एमसिजी मैदानमा क्लार्कले आठ टेस्टपछि पहिलो शतकीय इनिङ खेलेका हुन् ।
अस्ट्रेलियाले श्रीलंकाविरुद्ध पहिलो इनिङमा २८४ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल समाप्तिसम्म अस्ट्रेलिया ४४०-८ को स्थितिमा छ । श्रीलंकाको पहिलो इनिङ १५६ रनमा समेटिएको थियो । घरेलु टोलीका लागि मिचेल जोन्सनले १३३ बलमा ६ चौका सहयोगमा ७३ रनको योगदान दिए । ओपनर डेभिड वार्नरले ४६ बलमा ६ चौका र एक छक्कामा ६२ रन बटुले । कप्तान क्लार्कले १८७ बलमा १४ चौका प्रहार गरेका छन् । लन्चअगाडि क्लार्कलाई 'ह्यामस्टिङ'को समस्या आएको थियो । त्यसवेला पोन्टिङको रेकर्ड पाखा लगाउन उनलाई ५६ रनको आवश्यक थियो ।
'अस्ट्रेलियन टेस्ट इतिहासमा नयाँ कीर्तिमान राख्न पाउँदा धेरै खुसी लागेको छ,' क्लार्कले भने, 'मलगायत अन्य ब्याट्सम्यानले राम्रो खेले ।' पूर्वकप्तान पोन्टिङको प्रशंसा गर्दै क्लार्कले भने, 'मेरो नजरमा पोन्टिङ अस्ट्रेलियन क्रिकेटको सदाबहार उत्कृष्ट खेलाडी हुन्, उनीजस्तो खेलाडीको रेकर्ड तोड्न पाउँदा गर्वको महसुस गरेको छु ।' क्लार्क र सेन वाट्सन -८३) ले चौथो विकेटका लागि सर्वाधिक १९३ रनको साझेदारी गरे । वाट्सनले १९८ बलमा आठ चौका र एक छक्का प्रहार गरे ।
अस्ट्रेलियन टेस्ट क्रिकेटमा पोन्टिङले दुईपटक हजार रन कटाएका छन् । पोन्टिङले सन् २००४ पनि सर्वाधिक १५०३ रन बटुले । त्यसपछि सन् २००४ मा जस्टिन ल्यांगरले २७ इनिङमा १४८१ रन तथा सन् २००१ मा म्याथ्यु हेडनले २५ इनिङबाट १३९१ रन बटुलेका थिए । श्रीलंकाको पहिलो इनिङमा कुमार संगाकारा दश हजार रन पूरा गर्ने ११औँ क्रिकेटर बने । ३५ वषर्ीय पूर्वकप्तान संगाकाराले पहिलो दिन लन्चअगाडि जोन्सनको बलमा एक रन बटुल्दै सो कोसेढुंगा पार गरेका हुन् ।

 

Add comment


Security code
Refresh