Sunday, May 26, 2013

भारतद्वारा पाकिस्तानसँग सिरिज बराबरी पीडीएफ मुद्रण इमेल

अहमदावाद/ अलराउन्डर युवराज सिंहको उत्कृष्ट ब्याटिङको मद्दतमा शुक्रबार भारतले पाकिस्तानलाई दोस्रो टी-२० क्रिकेटमा ११ रनले हराउँदै सिरिज १-१ को बराबरी गरेको छ । अघिल्लो टी-२० मा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको थियो ।
अहमदावादको सरदार पटेल रंगशालामा पहिलो ब्याटिङ भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पाकिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन मात्र जोड्यो । पाकिस्तानलाई इशान्त शर्माको इनिङकै अन्तिम ओभरमा जितका लागि २० रनको आवश्यकता थियो । इशान्तले आफ्नो ओभरमा पाकिस्तानलाई १० रन मात्र दिए ।
पाकिस्तानले इनिङको १७ देखि २०औँ ओभरमा महत्त्वपूर्ण पाँच विकेट गुमाएको थियो । मोहमद हफिज (५५), साहिद अपि|mदी (११) तथा उमर अकमल (२४) को विकेटको विकेट लिएपछि भारत बलियो अवस्थामा आएको थियो । पाकिस्तानी मुख्य ब्याट्सम्यानको विकेट खस्नुअघिसम्म भारत हारको नजिक थियो । विशाल योगफल पछ्याएको पािकस्तानले उत्कृष्ट ब्याटिङ गर्‍यो । नासिर जमसेद (४१) र अहमेद साजेद (३१) ले पहिलो विकेटका लागि ९.५ ओभरमा ७४ रनको साझेदारी गरेका थिए । नासिरले ३२ बलमा चार चौका र एक छक्का ठोके । अहमेदले ३९ बलमा तीन चौका र एक छक्का हिर्काए ।
त्यसपछि उमरले कप्तान हफिजसँग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै पाकिस्तानलाई १७.३ ओभरमा १६३-३ को अवस्थामा पुर्‍याए । उमरले १७ बलमा समान एक चौका र छक्का प्रहार गरे । अपि|mदीले ५ बलमा समान एक चौका र छक्का हिर्काएका थिए । हफिजले २६ बलमा तीन छक्का र ६ चौका प्रहार गरे । बलिङमा अशोक डिन्डाले ३६ रन खर्चेर तीन विकेट हात पारे ।
यसअघि ब्याटिङ गरेको भारतको सुरुवात राम्रो भएको थियो । गौतम गम्भीर (२१) र अन्जिका रहने (२८)ले पहिलो विकेटका लागि ४.५ ओभरमा ४४ रनको साझेदारी गरेका थिए । पाकिस्तानी बलर उमर गुलले भारतीय दुवै ओपनर ब्याट्सम्यानलाई आउट गरेका थिए । गम्भीरले ११ बलमा चार चौका प्रहार गर्दा रहनेले २६ बलमा चारै चौका हिर्काएका थिए ।
त्यसपछि विराट कोहली (२७) र युवराज (७२) ले तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । विराटले २२ बलमा तीन चौका ठोके । युवराजले कप्तान महेन्द्रसिंह धोनी (३३)सँग चौथो विकेटका लागि ९७ रनको विस्फोटक साझेदारी गर्दै भारतलाई १९.२ ओभरमा १८५-४ को बलियो अवस्थामा पुर्‍याए । उमरको ओभरमा आउट हुनुअघि युवराजले ३६ बलमा चार चौका र सात छक्का प्रहार गरेका थिए । धोनीले २३ बलमा चार चौका हिर्काए । युवराजको यो पाँचौँ टी-२० अर्धशतकीय इनिङ हो । भारतले पाकिस्तानविरुद्ध टी-२० सर्वाधिक स्कोर खडा गरेको पहिलोपटक हो । साथै भारतको यो स्कोर टी-२० को तेस्रो सर्वाधिक योगफल हो ।

 

Add comment


Security code
Refresh