Tuesday, Jun 18, 2013< /p>

मच्छिन्द्रले रोक्यो मनाङको अपराजित यात्रा पीडीएफ मुद्रण इमेल

दीपेन्द्र गुरुङ/नयाँ पत्रिका
काठमाडौं, १३ पुस
घरेलु खेलाडीको बाहुल्य रहेको मच्छिन्द्र फुटबल क्लबले लिगको सुरुवात निकै उत्कृष्ट गर्‍यो । तीनै विभागीय टोली नेपाली सेना, एपिएफ र नेपाल पुलिसलगायतका क्लबलाई पराजित गरेको मच्छिन्द्रले लिगको सातौँ चरणको खेलसम्ममा आफूलाई शीर्ष स्थानमा कायमै राख्यो ।
तर, लिगको सातौँ चरणको खेलमा रानीपोखरी कर्नर टिम -आरसिटी)सँग ४-० ले पराजय बेहोरेपछि शीर्ष स्थान गुमाएको मच्छिन्द्र आठौँ चरणको खेलमा थ्री स्टारसँग १-१ को बराबरीमा रोकिएपछि अंक तालिकाको चौथो स्थानमा पुगेको थियो । तर, मच्छिन्द्रले नवौँ चरणको खेलमा फेरि अर्काे रोमाञ्चक नतिजा आत्मसात् गरेको छ । मच्छिन्द्रले शुक्रबार उपाधि दाबेदार मानिएको मनाङमस्र्याङ्दीलाई २-१ गोलले ले पराजित गर्‍यो ।
मनाङविरुद्धको जितसँगै मच्छिन्द्र अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक स्थान सुधार गरेको मच्छिन्द्रले तेस्रो स्थानका लागि मनाङलाई दुई अंकले पछि पारेको छ । समान ९ खेल खेलेको मच्छिन्द्रको २० अंक छ भने मनाङ १८ अंकमै सीमित छ ।
पराजयपछि मनाङले शीर्ष स्थानको थ्री स्टारसँगको एक अंकदूरी छोट्याउने अवसर खेर फालेको छ । समान खेलबाट २२ अंक पुर्‍याएको थ्री स्टार मनाङभन्दा चार अंकको अग्रता लिँदै शीर्ष स्थानमा छ ।
मनाङले मच्छिन्द्रसँग ०६४ सालपछि पराजय बेहोरेको यो पहिलो अवसर हो । यसअघि पाँच वर्षको दौरानमा मनाङले मच्छिन्द्रसँग पराजय बेहोरेको थिएन । शुक्रबार दशरथ रंगशालामा प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको अन्त्यमा भने मच्छिन्द्र पूरै हाबी भएको थियो । मनाङले खेलको पहिलो हाफमा अग्रता कायम गरे पनि तीन अंक रक्षा गर्न असफल रह्यो ।
खेलको २३औँ मिनेटमा अपि|mकन डिफेन्डर लियोनल स्टेफेनले मनाङलाई १-० ले अघि राखेका थिए । सविन्द्र श्रेष्ठले प्रहारको पि|mकिकमा स्टेफेनले हेडिङ गोल गरेका थिए । उनको गोलसँगै मनाङ पहिलो हाफसम्म १-० ले अघि रह्यो ।
तर, दोस्रो हाफको खेलमा दबाबमा परेको मनाङ हार टार्न असफल रह्यो । मच्छिन्द्रका लागि खेलको ६२औँ मिनेटमा कर्ण लिम्बूले १-१ को बराबरीका लागि गोल गरे । कर्ण आफैँले प्रहार गरेको बललाई मनाङका डिफेन्डर विकाससिंह क्षेत्रीले डिबक्सभित्रै होल्ड गरेको बललाई पुनः दोस्रोपटक प्रहार गर्दै बराबरी गोल गरेका थिए ।
त्यसपछि थप दबाबमा देखिएको मनाङको खेल खस्किएको थियो । काउन्टर एट्याकलाई तीव्रता दिएको मच्छिन्द्रले ६७औँ मिनेटमा २-१ को अग्रतामा पुर्‍यायो । यसपटक मच्छिन्द्रका लागि विशाल राई 'ए'ले गोल गरेका थिए । राई 'ए'ले सिक्सयार्ड बक्सनजिक कर्णले मिलाइदिएको सुन्दर पासमा गोल गरेका थिए ।
खेलपछि मनाङका प्रशिक्षक कृष्ण थापाले रेप|mीले सही निर्णय गर्न नसक्दा आफूहरुले गोल बेहोर्नुपरेको प्रतिक्रिया दिए । उनले रेप|mी लव खत्रीले मच्छिन्द्रलाई अफ साइड गोल मान्यता दिएको आरोप लगाए । उनले भने, 'मच्छिन्द्रको पहिलो गोल अफ साइड थियो, मेरैनजिकबाट गोल गरेको थियो, तर रेप|mीले त्यसलाई मान्यता दिए ।' प्रशिक्षक थापाले उपाधि होड कायम राख्न अबको बाँकी खेल स्पष्ट जित आवश्यक रहेको बताए ।
मच्छिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीले मिहिनेत गरेका कारण जित सम्भव भएको बताए । 'आज खेलाडीहरूले निकै मिहिनेत गरे, त्यसैले जित सम्भव भयो,' उनले भने, 'तीन अंक लिने योजना थियो हामी सफल भयौँ ।'

रेलिगेसनबाट बच्दै संकटा

गत सिजन कमजोर प्रदर्शन गर्दै मुस्किलले रेलिगेसनबाट बचेको संकटाले यो सिजनमा भने राम्रो प्रदर्शन गरेको छ । संकटाले यो वर्ष कम्तिमा रेलिगेसनबाट बच्ने लगभग पक्का गरेको छ । जारी लिगको नवौँ चरणको अन्तिम खेलमा शुक्रबार मध्यपुर युथ एसोसिएसनलाई १-० ले पराजित गरेको संकटा अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
संकटाले ९ खेलबाट १६ अंक पुर्‍याएको छ । पराजयपछि मध्यपुरको भने रेलिगेसनको सम्भावना बढेको छ । ९ खेलबाट ७ अंक मात्रै जोडेको मध्यपुर लिगको रेलिगेसन जोन अर्थात् १४औँ स्थानमा छ ।
मध्यपुरले संकटाविरुद्ध केही स्पष्ट गोल अवसर खेर फाल्दा महत्त्वपूर्ण तीन अंक रक्षा गर्दै रेलिगेसन जोनबाट माथि उक्लने अवसर खेल फाल्यो । मध्यपुरले खेलमा संकटालाई दबाबमा राखेको थियो ।
संकटाका लागि खेलको ७४औँ मिनेटमा साजन श्रेष्ठले निर्णयक गोल गरे । खेलपछि संकटाका प्रशिक्षक महेश्वर मुल्मीले अबको लक्ष्य सुपर एटमा पुग्ने भएको बताए ।
मध्यपुरले राम्रो खेले पनि संकटा भाग्यमानी रहेको उनको भनाइ थियो । 'यो सिजन हामीले कम्तिमा रेलिगेसनको डर हटाएका छौँ, त्यसैले अबको हाम्रो लक्ष्य सुपर एटका लागि छनोट हुने हो,' प्रशिक्षक मुल्मीले भने, 'हामीले खेलको पूरै समय दबाबमा खेल्यौँ, तर हामी
भाग्यमानी रह्यौँ ।'
यस्तै मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहले रेलिगेसनबाट बच्ने सम्भावना अझै रहेको बताए । उनले खेलाडीहरूले अवसर सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नुपरेको बताए ।
उनले भने, 'हामीले खेलको पहिलो हाफ एकदमै राम्रो खेल्यौँ, गोल अवसर पनि प्रसस्तै थिए, तर खेलाडीहरूले सदुपयोग गर्न सकेनन्, अबको चुनौती भनेको रेलिगेसनबाट बच्नु हो ।' प्रशिक्षक सिंहले रेलिगेसनबाट बच्न बाँकी ६ मध्ये तीन खेल जित्न सके पर्याप्त हुने उल्लेख गरे ।

 

Add comment


Security code
Refresh