Wednesday, May 22, 2013

धु्रवे मारिँदैन : सञ्चारमन्त्री पीडीएफ मुद्रण इमेल

चितवन/ सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मानवबस्तीमा पसेर आतंक मच्चाउँदै आएको धु्रवे हात्तीलाई नमार्ने बताएका छन् । सौराहामा सञ्चालित नवाँै अन्तर्राष्ट्रिय हात्तीदौड प्रतियोगिता तथा हात्ती महोत्सवको समापन कार्यक्रममा बोल्दै मन्त्री यादवले धु्रवेलाई नमारीकन त्यसको स्थायी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री यादवले धु्रवे हात्तीको आक्रमणबाट हालै मृत्यु भएका माडीका बोटेदम्पतीका परिवारलाई राहत रकम दिनेबारे मन्त्रिपरिषद्मा छलफल भइरहेकोसमेत बताए । उनले मध्यवर्ती क्षेत्रवरपर बसोबास गर्ने जनताको जीविकोपार्जनका लागि स्थायी उपाय खोजिनेसमेत बताए । दुई साताअघि चितवनको माडी क्षेत्रमा बोटेदम्पतीको हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिले हात्ती मार्नुपर्ने भन्दै आन्दोलन गरेका थिए ।
स्थानीय प्रशासनले हात्ती मार्ने र क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो । हात्ती मार्ने निर्देशनको संरक्षणकर्मी, दाता, सामुदायिक वनहरूले सामूहिक रूपमा विरोध गर्दै आएका छन् । रासस

 

Add comment


Security code
Refresh