Saturday, May 25, 2013

"विपक्षी दलकै कारण सत्ता लम्बियो" पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १३ पुस
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विपक्षी दलहरूकै कारण सत्ता लम्बिइरहेको बताएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो स्थापनाको पाँचौँ वाषिर्कोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भने, 'विपक्षी दलकै कारण सत्ता लम्बिइरहेको छ । बल विपक्षीकै कोर्टमा छ ।' उनले दलहरूले गरेको निर्णय आफूले स्वीकार गर्ने पनि बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान पुनस्र्थापनाको मुद्दा 'म्याद सकिएको औषधि' भएको टिप्पणी गरे । अहिलेको समस्याको निकास बाबुराम सरकारको बहिर्गमन भएको उल्लेख गर्दै नेपालले सत्तापक्षले चुनाव गराउन चाहेको छैन भनेर पछिल्ला गतिविधिले पुष्टि गरेको आरोप लगाए ।
चियापानमा जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा तथा विभिन्न मधेसी दलका शीर्ष नेताहरू सहभागी थिए । यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी तथा तमलोपाका केन्द्रीय नेताहरू कार्यक्रममा सहभागी थिए ।

 

Comments   

 
0 #1 Sarbaraj 2012-12-29 19:14
बाबुराम ज्यू,
त्यो हो काइदा बहुत राम्रो छ, अरुले बारगिनिङ गर्दा हुन्छ भने तपाईंले किन नगर्ने होइनर तर कृपया सधैं जनताको पक्षमा अगाडि बड्नु होला । धन्यवाद,
सर्बराज
लण्डन
Quote
 

Add comment


Security code
Refresh