Saturday, May 25, 2013

सैनिक तालिमबाट पूर्वलडाकु बाहिरिन पाउने पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १४ पुस
सैनिक तालिममा रहेका पूर्वमाओवादी लडाकु बाहिरिन पाउने भएका छन् । माओवादी लडाकुको रेखदेख, पुनस्र्थापना तथा समायोजनसम्बन्धी विशेष समितिको शनिबार बसेको बैठकले तालिमका क्रममा केही पूर्वलडाकुमा मानसिक तथा शारीरिक समस्या देखिएर सैनिक सेवामा समावेश हुन नचाहे उनीहरूलाई बाहिरिने अवसर दिने निर्णय गरेको हो ।
सैनिक तालिम छाड्दा पूर्वलडाकुले सुविधा पाउने/नपाउने भन्नेबारे भने टुंगो नलागेको विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिए । विभिन्न कारण्ा देखाउँदै स्वेच्छिक अवकाशका लागि निवेदन दिएकाहरूलाई तालिमबाट मुक्ति दिने निण्र्ाय भएको विशेष समिति सदस्य भीम रावलले बताए ।
'तालिममा नसक्नेहरूलाई मानवीय हिसाबले मुक्ति दिन सेनालाई सहमति दिने निण्र्ाय गरिएको छ,' विशेष समिति बैठकपछि रावलले भने, 'अन्य कुनै पनि विषयमा आज -शनिबार) निण्र्ाय भएन ।'
विशेष समितिको बैठकमा एकीकृत माओवादीले तालिम छाड्ने लडाकुलाई कम्तीमा ७५ नभए ५० प्रतिशत रकम दिइनुपर्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेस-एमालेका प्रतिनिधिहरूले भने छलफलपछि निर्णयमा पुग्ने बताएका थिए ।
तालिममा ७१ अधिकृतसहित एक हजार चार सय ४२ जनाले नेपाली सेनामा समायोजन हुन सैनिक तालिम लिइरहेका छन् । त्यसमध्ये ४० भन्दा बढी पूर्वलडाकुले तालिम छाड्ने इच्छासहितको निवेदन दिएका छन् ।
सेना समायोजन विशेष समितिका अर्का सदस्य तथा कांग्रेस नेता रामशरण्ा महतले पनि सैनिक तालिममा रहेका शारीरिक तथा मानसिक समस्या देखिएका पूर्वलडाकुलाई अवकाश दिने निण्र्ाय भएको जानकारी दिए । उनका अनुसार बैठकमा संयोजक शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । शर्माले लडाकु समायोजनमा देखिएका विभिन्न अप्ठ्याराबारे प्रतिवेदन पेस गरेका थिए ।

 

Add comment


Security code
Refresh