Wednesday, Jun 19, 2013< /p>

आइसिटिसीको हाइल्यान्ड डिस्टि्रलरीमा राजस्वको छापा पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १४ पुस
राजस्व अनुसन्धान विभागले कर छलेको आशंकामा आइसिटिसी समूहको हाइल्यान्ड डिस्टि्रलरीमा छापा मारेको छ । विभागले डिस्टि्रलरीमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । कम्पनीले भर्जिन, च्यालेन्ज हि्वस्की, भोड्का र जीन उत्पादन गर्दै आएको छ ।
विभागका महानिर्देशक जन्मजय रेग्मीले अन्तःशुल्क छली गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै विभागमा प्राप्त भएपछि डिस्टि्रलरीमा छापा मारिएको जानकारी दिए । कर छलीको उजुरी अख्तियारमा परेको रहेछ, अख्तियारले अनुसन्धान गर्न निर्देशन दिएपछि डिस्टि्रलरीमा छापा मारिएको हो,' रेग्मीले भने ।
निर्देशक नरबहादुर थापा नेतृत्वको टोलीले डिस्टि्रलरीले कारोबारको हिसाब राखेको कम्युटरको सिपियू, खरिदबिक्री खाता, अन्तःशुल्क स्टिकर विवरणलगायतका कागजात नियन्त्रणमा लिएको विभागले जनाएको छ ।
'सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरी सकेका छौँ,' महानिर्देशक रेग्मीले भने । यसअघि टिएम दुगड, वल्र्ड लिंक कम्युनिकेसनलगायतका स्थानमा छापा मार्दा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने विभाग डिस्टि्रलरीमा मारिएको छापालाई भने सार्वजनिक गरेको छैन ।
अख्तियारले करिब ५ महिनाअघि नै डिस्टि्रलरीमाथि छानबिन गर्न विभागलाई निर्देशन दिएको थियो । तर, विभागले ५ महिनासम्म अख्तियारले पठाएको फाइल थन्काएर राखेको थियो ।
यसअघि हाइल्यान्ड डिस्टि्रलरीमाथि भ्याट छली गरेको आरोपसमेत लागेको थियो । खरिदकर्ता र विक्रेताबीचको हिसाबकिताब म्याच गर्दा कम्पनीले झन्डै १२ करोड रुपैयाँ भ्याट नतिरेको विवरण ठूला करदाता कार्यालयले फेला पारेको थियो । तर, कर अधिकृतहरूको मिलेमतोमा हाइल्यान्ड डिस्टि्रलरीलाई कम जरिबाना गराइएको थियो ।
आइसिटिसी नेपालमा विमान खरिद र जलविद्युत् आयोजनाको ठेक्कापट्टामा विदेशी कम्पनीको एजेन्टका रूपमा काम गर्ने कम्पनी हो । आइसिटिसीको राजनीतिक र प्रशासनिक रूपमा ठूलो पहुँच रहेको अधिकारी बताउँछन् ।
वाषिर्क १८ करोड राजस्व तिर्ने गरेको कम्पनीले दाबी गरेको छ । कम्पनीले वाषिर्क १८ लाख ७० हजार लिटर भर्जिन हि्वस्की बिक्री गर्ने गरेको बताएको छ ।

 

Add comment


Security code
Refresh