Wednesday, Jun 19, 2013< /p>

निर्जीवन बिमा कम्पनीलाई बाली तथा पशुपक्षी बिमा अनिवार्य पीडीएफ मुद्रण इमेल

आशीष ज्ञवाली/नयाँ पत्रिका
काठमाडौं, १४ पुस
अबदेखि कृषकले आफ्नो बालीको नोक्सान भएमा अथवा पालेको पशुपक्षीको मृत्यु भएमा चिन्ता लिनु नपर्ने भएको छ । बिमा समितिले निर्जीवन बिमा कम्पनीलाई बाली तथा पशुपक्षीको बिमा अनिवार्य गराएपछि कृषकले यस्तो बिमा गराएमा जोखिमलाई न्यूनीकरण गर्न सक्नेछन् ।
बिमा समितिले गरेको निर्देशनले बिमा कम्पनीलाई सहरबाट गाउँ जान अनिवार्य गराएको छ । निर्जीवन बिमा कम्पनीले अबदेखि बाली तथा पशुपक्षी बिमा अनिवार्य रूपमा गराउनुपर्ने भएको छ ।
बिमा समितिले बाली तथा पशुपक्षी बिमा निर्देशन, ०६९ जारी गरेपछि बिमा कम्पनीले अनिवार्य रूपमा यस्तो प्रकारको बिमा गर्नुपर्ने भएको हो । समितिले १ माघदेखि लागू हुनेगरी यस्तो निर्देशन दिने भएको छ । निर्देशिका कार्यान्वयनमा आएपछि १७ निर्जीवन बिमा कम्पनीले बाली तथा पशुपक्षीको बिमा अनिवार्य रूपले गराउनुपर्नेछ ।
बहुसंख्यक जनता कृषिमा आधारित रहेकाले यस्तो क्षेत्रमा बिमा कम्पनी नगएको हुँदा बाली तथा पशुपक्षी बिमा अनिवार्य गरिएको बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्यालले बताए । 'अहिले कृषि तथा व्यवसायी पशुपालनमा लाग्नेको संख्या बढिरहेको छ ।' उनले भने, 'बाली र पशुपक्षी बिमा नहुँदा त्यस क्षेत्रमा भएको लगानी जोखिममा पर्ने गरेको थियो ।
यस क्षेत्रमा भएको अनिवार्य बिमाको नीतिले यसमा हुने लगानी सुरक्षित हुनेछ ।' राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल कर्जाको १० प्रतिशत कृषि र ऊर्जा क्षेत्रमा लगानी गर्न अनिवार्य गरिसकेको छ ।
राष्ट्र बैंकले लिएको नीतिअनुसार अहिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा आफ्नो लगानीलाई बढाउँदै लगेका छन् । तर, कृषि क्षेत्रमा बिमा नहुने भएकाले बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले अनिवार्य रूपमा कर्जा प्रवाहको नीति लिएअनुसार बिमा समितिले पनि अनिवार्य रूपमा बिमाको नीति लिनुपर्ने बताउँदै आएका थिए ।
बिमा समितिले तयार पारेको निर्देशनअनुसार बाली लगाउँदा लागेको कुल खर्चको ५ प्रतिशत पि्रमियम तिनुपर्ने हुन्छ । यस्तो लागत भने कृषि मन्त्रालयले उपलब्ध गराएको आधारभूत लागतअनुसार निर्धारण हुनेछ ।
बिमा गर्नका लागि बालीको न्यूनतम क्षेत्रफल पहाडमा ८ आना र तराईमा १ कठ्ठा हुनुपर्ने व्यवस्था रहेको छ । पशुपक्षीको कुल मूल्यको ५ प्रतिशत पि्रमियम तिर्नुपर्ने हुन्छ, जसमा घरपालुवा कुखुराको मूल्यको ५ प्रतिशत तथा ब्रोइलरको मूल्यको ६ प्रतिशत पि्रमियम कृषकले
तिनुपर्ने हुन्छ ।
बिमा हुने पशुपक्षीमा उन्नत जातका गाई-भैँसीको सीमा रकम बढीमा ७५ हजार र स्थानीयको ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै, उन्नत जातका साँढे अथवा राँगाको ५० हजार रुपैयाँ र ढुवानी तथा जोत्नका लागि पालिएको गोरु वा राँगाको २० हजार रहेको छ । मासुका लागि पालिएका भेडा-बाख्राको ५ हजार र बंगुरको ८ हजार रहेको छ ।
बाली तथा पशुबिमाको भुक्तानी ३० दिनभित्र बिमा कम्पनीले दिनुपर्ने व्यवस्था बिमा समितिले गरेको छ ।

 

Add comment


Security code
Refresh