Monday, May 20, 2013

महिला लिग फुटबलको उपाधि पुलिसलाई पीडीएफ मुद्रण इमेल

श्रवण देउवा/नयाँ पत्रिका
कैलाली, १४ पुस
प्रथम राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । कैलालीको धनगढी रंगशालामा शनिबार लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली एपिएफमाथि १-० को झिनोअन्तरमा जित हात पार्दै एपिएफले उपाधिमा कब्जा जमाएको हो ।
महिला लिग फुटबल अनिल नेपाल फुटबल संघ एन्फाले यो वर्ष पहिलोपटक आयोजना गरेको हो । लिगको सुरुवातबाटै शीर्ष स्थान कायम गरेको एपिएफले उपाधि भिडन्तमा भने पुलिससँग घुँडा टेक्यो । पुलिसको जितमा चन्द्रा भण्डारीले खेलको १५औँ मिनेटमा निणर्ायक गोल गरेकी थिइन् । लिगको अन्तिम खेल अघिसम्म एपिएफले १८ अंक तथा तथा पुलिसले १६ अंक जोडेपछि अन्तिम खेल उपाधिका लागि निणर्ायक बनेको थियो ।
उपाधिसँगै पुलिस क्लबले तीन लाख नगद हात पार्‍यो भने एपिएफले डेढ लाखमा चित्त बुझाएको छ ।
प्रतियोगिताअन्तर्गत नै शनिबार नै भएको अर्काे खेलमा सुदूरपश्चिमाञ्चल र विभागीय टोली नेपाली सेनाले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडे । बराबरीका बाबजुद कुल १३ अंक जोड्दै सेनाले तेस्रो स्थान हात पार्‍यो । यस्तै सुदूरपश्चिमाञ्चलले कुल १२ अंकका साथ चौथो स्थान हात पर्‍यो । तेस्रो भएवापत् सेनाले ७५ हजार प्राप्त गर्‍यो भने सुदूरपश्चिमाञ्चलले ५० हजार पुरस्कार प्राप्त गर्‍यो ।
खेलपछि पुलिस प्रशिक्षक सन्देश श्रेष्ठले आफ्नो लक्ष्य सफल भएको प्रतिक्रिया दिए । 'हामीलाई एपिएफसँगको खेल गर या मरको अवस्थामा थियो, तर खेलाडीहरूले राम्रो खेले, उपाधि जित्ने हाम्रो लक्ष्य सफल भएको छ,' उनले भने ।' प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी चन्द्रा भण्डारीले स्कुटर पुरस्कार पाइन् ।
प्रतियोगिताको व्यक्तिगत स्पर्धाको पुरस्कातर्फ पुलिसकै खेलाडीको बाहुल्य रह्यो । पुलिसले उत्कृष्ट गोलरक्षक र प्रशिक्षकको उपाधि पनि जित्यो । उत्कृष्ट गोलरक्षक पुलिसकी नमिता दली भइन् भने उत्कृष्ट प्रशिक्षक सन्देश श्रेष्ठ घोषित भए । उत्कृष्ट घोषित दुवैले जनही २५ हजार पुरस्कार प्राप्त गरे । यस्तै उत्कृष्ट मिडफिल्डरको उपाधि सेनाकी मेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डरको उपाधि सुदूरपश्चिमाञ्चलकी अमृता जैशी तथा उत्कृष्ट फवार्डको उपाधि एपिएफकी अनु लामाले प्राप्त गरे । उनीहरूले पनि जनही २५-२५ हजार पुरस्कार प्राप्त गरे ।

 

Add comment


Security code
Refresh