Wednesday, Jun 19, 2013< /p>

टी-२० को उपाधि पनि एपिएफलाई पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १४ पुस
विभागीय टोली एपिएफले टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि शनिबार उचालेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा क्षेत्र नम्बर-६ बैतडीलाई ९५ रनले पराजित गर्दै एपिएफले उपाधिमाथि कब्जा जमाएको हो ।
एपिएफको टी-२० फम्र्याटको राष्ट्रिय प्रतियोगितामा यो पहिलो उपाधि हो । एक वर्षअघिबाट विभागीय टोलीको हैसियतमा राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको एपिएफले गत वर्षको संस्करणमा उपाधि अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सुम्पिएको थियो । यसपटक भने उपाधि भिडन्तमा बैतडीलाई प्रतिद्वन्द्वी पाएको एपिएफले सहज रूपमा उपाधिमाथि कब्जा जमायो ।
साथै एक साताको अन्तरमा दोस्रो राष्ट्रिय प्रतियोगिताको उपाधि हात पारेको एपिएफले आफ्नो राष्ट्रिय उपाधिको संख्या तीन पुर्‍याएको छ । एक साताअघि फाइनलमा क्षेत्र नम्बर-४ भैरहवालाई पराजित गर्दै एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि हात पारेको एपिएफले गत वर्ष पनि एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि हात पारेको थियो ।
टस जितेर पहिले ब्याटिङ सुरु गरेको एपिएफले पाँच विकेटको क्षतिमा निर्धारित ओभर पूरै ब्याटिङ गर्दै १६७ रन खडा गरेको थियो ।
एपिएफका लागि कप्तान पारस खड्का -५३) र उपकप्तान ज्ञानेन्द्र मल्ल -६९) ले विस्फोटक ब्याटिङ गरे । मात्र २६ बलको सामना गरेका पासरले चार छक्का र तीन चौका प्रहार गरेका थिए । यस्तै ५९ बलको सामना गरेका ज्ञानेन्द्रले एक छक्का र सात चौका प्रहार गरे । यसबाहेक अन्य ब्याट्म्यनहरू सस्तैमा पभेलियन फर्किए । सुवास खकुरेल -२१), र शरद भेषवाकर -२०) दोहोरो अंकमा रन जोड्दा परेश लोहनी -०) डक आउट हँुदा र वसन्त रेग्मी -१) र दीपेन्द्र चौधरी -०) अविजित रहे ।
प्रत्युत्तरमा ब्याटिङमा उत्रिएको बैतडीलाई १४.४ ओभरमा मात्र ७२ रनमा समेट्दै एपिएफले सानदार जित भेट्टायो । सञ्जम रेग्मी र शक्ति गौचनको कसिलो बलिङसामु बैतडीका कुनै पनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । बैतडीका लागि विनोद भण्डारी -२४), नरेश बुढाऐर -२३) र प्रेम तामाङ -११)बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सन्तोष भाट -८) अविजित रहँदा भुवन कार्की -४) र प्रेम बडाल -१) सस्तैमा पभेलियन फर्किए । यस्तै रोशन नेपाली -०), महेन्द्र चन्द -०), विनोद लामा -०), चन्द्र साउँद -०), र शिवराज स्वार -०) डक आउट भए ।
बैतडीलाई सस्तैमा समेट्ने क्रममा सञ्जमले चार ओभर ब्याटिङ गर्दै मात्र १५ रन दिएर ४ विकेट लिए । यस्तै २.४ ओभर ब्याटिङ गरेका शक्तिले तीन रन दिएर तीन विकेट नै लिए । यसबाहेक सुनम गौतमले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए ।
बलिङतर्फ बैतडीका चन्द्र साउँद र शिवचन्द्र स्वाँरले समान दुइ-दुई विकेट लिए । यस्तै प्रेम बडालले एक विकेट लिए ।  प्रतियोगिता अवधिभर कुल २७४ रन जोडेका एपिएफका सुभाष खकुरेल प्रतियोगिताकै सर्वाेकृष्ट खेलाडी तथा उत्कृष्ट ब्याट्सम्यान घोषित भए । यस्तै कुल ११ विकेट लिएका क्षेत्र नम्बर-८ पोखराका राहुलकुमार विश्वकर्मा प्रतियोगिताकै उत्कृष्ट बलर घोषित भए । कुल ९ विकेट तथा ८६ रन जोडेका क्षेत्र नम्बर-६ बैतडीका विनोद लामा प्रतियोगिताको इमर्जिङ प्लेयर घोषित भए ।
उपाधिसहित एपिएफले एक लाख २५ हजार तथा उपविजेता टोली बैतडीले ७५ हजार प्राप्त गर्‍यो । प्रतियोगिताका सर्वाेकृष्ट खेलाडीले १५ हजार प्राप्त गरे भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०-१० हजार प्राप्त गरे ।

 

Add comment


Security code
Refresh