Sunday, May 26, 2013

मैदानमै लात्ती र मुक्का प्रहार पीडीएफ मुद्रण इमेल

दीपेन्द्र गुरुङ/नयाँ पत्रिका
काठमाडौं, १४ पुस
दर्शकहरू रंगशालामा उत्कृष्ट फुटबलको मज्जा लिन जान्छन् । आफ्नो मन पर्ने खेलाडी र टोलीको प्रदर्शन हेर्न र उनीहरूलाई राम्रो खेल्न हौस्याउन मैदानमा पुग्छन् । तर, शनिबार सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १०औँ चरणको खेलमा फरक दृश्य देखियो ।
मैदानमा रानीपोखरी कर्नर टिम (आरसिटी) र विभागीय टोली नेपाली सेनाका खेलाडीहरू भिडिरहेका थिए । खेलको पहिलो हाफसम्म १-० को अग्रता कायम गरिरहेको सेनाले खेलमा आफ्नो पकड बनाइराखेको थियो । साथै आरसिटीले पनि वेला-वेलामा उत्कृष्ट मुभ बुन्दै सेनाको पोस्टमा काउन्टर एट्याक गरी नै रहेको थियो । 'टेक्निकल्ली' र अन्य सबै पक्षबाट १९-२० का यी दुई क्लबको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गइरहेको थियो । तर, खेलको दोस्रो हाफको अन्त्यतिर मैदानको दृश्यमा एकाएक परिवर्तन आयो ।
केही बेरअघिसम्म गोल गर्न बलका लागि प्रतिस्पर्धा गरिरहेका खेलाडीहरू बललाई एकतिर छाडेर एक-अर्काप्रति लात्ती र मुक्का प्रहार गरिरहेका देखिए । साथै आफ्ना खेलाडीलाई राम्रो खेल्न निर्देशन दिइरहेका प्रशिक्षक पनि रेप|mीसँग कटाक्ष विरोधमा उत्रिएको देखियो । फेयर प्लेको झन्डा लिएर मैदानमा प्रवेश गरेका खेलाडीहरू त्यसलाई बिर्संदा रंगशाला रणभूमिमा परिणत भयो । केहीबेरका लागि फुटबल मैदान यस्तो देखिन्थ्यो कि खेलाडीहरू फुटबल हैन 'किक बक्सिङ' प्रतियोगितामा सहभागी भइरहेका थिए । एन्फाले व्यवस्था गरेको 'भोलेन्टियर'ले मात्रै नसकेर प्रशिक्षक र रेप|mी तथा खेलाडी-खेलाडीबीचको झगडा साम्य पार्न आयोजक एन्फालाई प्रहरीको सहायतासमेत लिनुपर्‍यो ।
खेलमा विवाद सामान्य विषयबाट सुरु भएको थियो । ७५औँ मिनेटसम्म खेल सामान्य रूपमा अघि बढिरहेको थियो । सेनाका डिफेन्डरले आफ्नो डिबक्सबाहिर आरसिटीका ओलाडिपो वलावाले अफिजलाई बल प्रहार गर्ने क्रममा टिसर्टमा तानेका थिए । त्यही विषयमा अफिजले रेप|mी सुदीश पाण्डेसँग तर्क गरिरहँदा आरसिटीका प्रशिक्षक मधु कार्की पनि दुवै कुम हल्लाएर केही भनिरहेकाजस्ता देखिन्थे । त्यसलगत्तै लाइन्स म्यान पदम भुजेलले आफूलाई अपशब्द प्रयोग गरी गाली गरेको बताएपछि रेप|mी पाण्डेले प्रशिक्षक कार्कीलाई 'प्याराफिट'तर्फ जान इसारा गरे ।
रेप|mी पाण्डेको निर्णयमा असहमत देखिएका प्रशिक्षक कार्की कडा विवादमा उत्रिए । उनीसँगै आरसिटीका पदाधिकारीद्वय चंकेशलाल श्रेष्ठ र उत्तमलाल श्रेष्ठ पनि रेप|mीसँगको विवादमा उत्रिए । उनीहरूलाई रोक्न एन्फा महासचिव धीरेन्द्र प्रधान, उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, म्याच कमिसनर सञ्जीव मिश्रलगायत पदाधिकारी असफल रहे । प्रहरीको सहायतामा झन्डै आठ मिनेटपछि विवाद साम्य भएको थियो । रेप|mी पाण्डेले प्रशिक्षक कार्की र पदाधिकारी श्रेष्ठद्वयलाई खेलाडी बक्सबाट बाहिर पठाए ।
त्यसपछि सुचारू भएको खेल पुनः अतिरिक्त समयमा गएर विवादमा परिणत भयो । यसपटक खेलाडीहरू लात्ती र मुक्का प्रहारमै उत्रिए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा विपक्षी खेलाडीलाई ब्याड ट्याकल गरेवापत् ओलाडिपोले पहिलो 'एल्लो कार्ड' पाए । त्यसको दुई मिनेटपछि नै बल खोस्ने क्रममा सेनाका टेकबहादुर बुढाथोकीलाई खुट्टामा प्रहार गर्दै लडाएपछि रेप|mी पाण्डेले दोस्रो एल्लो कार्डमा रातो कार्ड देखाउँदै ओलाडिपोलाई मैदानबाट बाहिर पठाउने निर्णय लिए । तर, रातो कार्ड देखाएलगत्तै ओलाडिपोले रेप|mी पाण्डेको छातीमा दुवै हातले धक्का दिए ।
ओलाडिपोले लगत्तै अर्काे गल्ती पनि गरे । उनले मैदान छाड्ने क्रममा मैदानमा लडिरहेका बुढाथोकीमाथि पुनः अर्काे लात्ती बजारे । त्यसपछि सेनाका खेलाडी उनलाई घेर्न पुगे । त्यही अवस्थामा खेलाडी बक्समा रहेका सेनाका डिफेन्डर युद्ध शाहीले ओलाडिपोको अनुहारमै एक मुक्का प्रहार गरे । त्यसपछि खेल थप तनावपूर्ण बन्यो । एन्फा पदाधिकारी, स्वयंसेवक तथा सुरक्षाकर्मी सबैलाई विवाद साम्य पार्न कठिन देखियो । प्याराफिटका दर्शकसमेत ओलाडिपोमाथि खनिँदा खेल अर्काे आठ मिनेट लम्बिन पुग्यो ।
अन्ततः खेल सेनाले २-१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो । सेनाको जितमा भरत खवास निणर्ायक सावित भए । खेलको ४९औँ मिनेटमा पहिलो गोल गर्दै सेनालाई अगाडि बढाएका भरतले खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा अर्काे गोल गर्दै जित पक्का गरेका थिए । पहिलो गोल नवयुग श्रेष्ठको छोटो पासमा गरेका भरतले दोस्रो गोल भने एकल प्रयासमा आरसिटीका पाँच डिफेन्डरलाई छक्याउँदै गरेका थिए ।
आरसिटीका लागि ओलाडिपोले खेलको ७९औँ मिनेटमा गोल गरेका थिए । जितका साथ सेना १० खेलबाट कुल १७ अंक जोड्दै लिगको अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । हारपछि आरसिटी समान खेलबाट २० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमै यथावत् छ । खेलपछि पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक सामान्य रूपमा प्रस्तुत भए । नियमित प्रशिक्षक मधु कार्कीको स्थानमा उपस्थित भएका बैजु कपालीले रेप|mी आफैँ 'टेम्पर'मा आएर खेल खेलाउँदा विवाद आएको आरोप लगाए । 'रेप|mीले सही निर्णय गरेनन्', उनले भने, 'रेप|mी आफैँ टेम्परमा आएर खेल खेलाउँदा यस्तो नतिजा देखिएको हो ।'
यस्तै सेनाका प्रशिक्षक योगम्बर सुवालले खेलाडीहरूले गलत काम गरेको स्वीकार गरे । उनले भने, 'खेलाडीहरू आफैँ मुक्का प्रहारमा उत्रनु राम्रो होइन, उनीहरूले गल्ती गरे ।'

पुलिस र एनआरटी बराबरी

प्रतियोगिताअन्तर्गत शनिबारको अर्काे खेलमा साबिक विजेता नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीले १-१ गोलको बराबरी खेलेका छन् । रंगशालामै भएको खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई बचाउन नसक्दा एनआरटी पुलिससँग अंक बाँड्न बाध्य भयो ।
खेलमा १०औँ मिनेटमा कप्तान लक्ष्मण रुचालले प्रहार गरेको कर्नरमा अपि|mकन खेलाडी सुलेइमान ओलम्सिलेले हेडिङ गोल गर्दै एनआरटीलाई १-० ले अघि राखेका थिए । खेलको १८औँ मिनेटमा योगेश श्रेष्ठले झन्डै २० यार्ड दूरीबाट प्रहार गरेको पि|mकिकमा हेडिङ गोल गर्दै सुमन सुवेदीले खेल १-१ को बराबरीमा ल्याए । त्यसपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि १-१ को बराबरी खेल्दै पुलिस र एनआरटीले अंक बाँडेका हुन् ।  बराबरीको नतिजापछि १० खेलबाट १६ बटुलेको एनआरटी अंक तालिकाको छैटौँ स्थानमा छ भने समान खेलबाट १३ अंक मात्रै भएको पुलिस आठौँ स्थानमा छ ।

 

Add comment


Security code
Refresh