Saturday, May 25, 2013

विन्दुको हत्या बाबुबाटै : प्रहरी पीडीएफ मुद्रण इमेल

सुनील गाउँले/नयाँ पत्रिका
सिमरा, १६ पुस
बाराको प्रस्टोका गाविसमा किशोरी विन्दु ठाकुरको हत्यामा उनका बाबु नै संलग्न भएको प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा विन्दुका परिवार संलग्न भएको जनाएको हो । सम्मेलनमा प्रहरी निरीक्षक रामनाथ
घिमिरेले विन्दुका बाबु रामा ठाकुरले छोरीको हत्या गरी आगोले जलाएर घरनजिकैको बाँसघारीमा लगी फालेको पुष्टि
भएको बताए ।
विन्दुको हत्या गरेर घरनजिकैको बाँसघारीमा लगी जिउमा मट्टीतेल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । घटनास्थलबाट मृतकका बुबा रामा ठाकुरको टर्च फेला परेको प्रहरीको भनाइ छ । विन्दुको जलेको अर्धनग्न शरीरलाई घरबाट लगेको सलले छोपेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
शव जलाउन प्रयोग गरिएको मट्टीतेलको भाँडो पनि घरभित्रै लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । गाउँकै एक युवकसँग पे्रमसम्बन्ध राखेको निहुँमा रामा ठाकुरले आफ्नी छोरी विन्दुको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक घिमिरेले बताए ।
हत्यामा संलग्न भएका अन्यबारे अनुसन्धान भइरहेको र केही दिनमै थप तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ । हत्यामा बाबुको संलग्नता देखिएपछि प्रहरीले रामा ठाकुरलाई आइतबार जिल्ला अदालत बाराबाट १५ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाएको छ ।

 

Add comment


Security code
Refresh