|
नयाँ पत्रिका काठमाडौं, १६ पुस मनाङमस्र्याङ्दीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सोमबार सहिद स्मारक रेडबुल 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफमा गोलरहित बराबरी भएको प्रतिस्पर्धाको दोस्रो हाफमा मनाङले तीनै गोल ठोक्यो । सर्वाधिक ६ पटक लिग च्याम्पियन मनाङलाई महत्त्वपूर्ण तीन अंक दिलाउने क्रममा सविन्द्र श्रेष्ठ, शिव श्रेष्ठ तथा अपि|mकन खेलाडी सिकोले एक-एक गोल गरेका थिए । लिगको दशौँ चरणमा प्राप्त जितसँगै मनाङ दोस्रो स्थानमा उक्लँदै उपाधिको आशा जीवितै राखेको छ । मनाङले १० खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा रहेको थ्री स्टार क्लबसँग चार अंकको दूरी राख्यो । प्रतियोगिताको मंगलबार मच्छिन्द्रले संकटामाथि जित हात पारे मनाङ तेस्रो स्थानमा झर्नेछ । चौथो स्थानमा रहेको मच्छिन्द्रको २० अंक छ । कमजोर प्रदर्शन जारी राखेको एपिएफ ९ अंकका साथ लिगको १२औँ स्थानमा छ । दशरथ रंगशालामा एपिएफले बलियो मनाङलाई पहिलो हाफमा गोल गर्न अवसर दिएन । मध्यान्तरपछि मनाङले आकर्षक खेल प्रस्तुत गर्यो । खेलको ४८औँ मिनेटमा मनाङले पेनाल्टी अवसर पायो । डिबक्स लाइनमा एपिएफका राजेन्द्र श्रेष्ठले शिवलाई लडाएपछि रेप|mी सुदेश पाण्डेले मनाङलाई पेनाल्टी प्रहार गर्न मौका दिए । एपिएफका गोलरक्षक विक्रम गुरुङलाई छेक्न मौका नदिई सविन्द्रले मनाङलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ५१औँ मिनेटमा मनाङका कप्तान अनिल गुरुङको गोल अफसाइड भयो । खेलको ५८औँ मिनेटमा रुनासरी राईको पासमा शिवले मनाङलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा मैदानभित्र प्रवेश गरेका फिल्स सर्जियो चिकोले ८६औँ मिनेटमा मनाङलाई ३-० को जित दिलाएका थिए । मनाङको तीनै गोल एपिएफको कमजोर डिफेन्सका कारण भएको हो । एपिएफलाई हराएपछि मनाङका प्रशिक्षक कृष्ण थापा भने खुसी देखिएनन् । एपिएफले नराम्रो खेल्दा मनाङको जित भएको उनले बताए । 'आज हामी राम्रो खेलेर जितेका होइनौँ, विपक्षीले नराम्रो खेल्दा विजयी भएका हौँ,' प्रशिक्षक थापाले भने, 'आगामी दिनमा धेरै सुधार गर्नुपर्छ ।' आउँदो दिनमा मनाङले थ्री स्टार, नेपाली सेना तथा साबिक तीनपटकको विजेता नेपाल पुलिसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उत्कृष्ट र्फममा रहेका तीन क्लबविरुद्ध प्रतिस्पर्धा गर्न खेलाडीले धेरै मिहिनेत गर्नुपर्ने उनले बताए । यता, एपिएफका प्रशिक्षक जनक सिंहले रेप|mीका कारण टोली पराजित भएको आरोप लगाएका छन् । 'एपिएफले १४ खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्यो, मनाङका ११ खेलाडी तथा तीन रेप|mी हुन्,' आक्रोश पोख्दै एपिएफका प्रशिक्षक जनकले भने, 'अझ मुख्य रेप|mी सुदेशले एपिएफलाई हराएको हो ।' एपिएफका खेलाडीले सामान्य गल्ती गर्दा कार्ड देखाउने र मुभ गरेको अवस्थामा अफसाइड दिएको उनको दाबी रह्यो । 'अफसाइड नभएका वेला पनि अफसाइड दिइयो,' उनले भने, 'पेनाल्टी दिएपछि खेलको माहोल नै परिवर्तन भयो ।' यसैगरी अर्को खेलमा अर्को खेलमा जावलाखेल युथ क्लबले बौद्ध फुटबल क्लबलाई ३-० ले हरायो । जितपछि जावलाखेल १० खेलबाट १४ अंक जोड्दै आठौँ स्थानमा उक्लेको छ । बौद्ध भने एक अंकका साथ पुछारमा रह्यो ।
खेलाडी र अफिसियललाई कारबाही
अखिल नेपाल फुटबल संघ (एन्फा)ले चालू लिगअन्तर्गत रानीपोखरी कर्नर टिम -आरसिटी) र नेपाली सेनाबीच खेलाडी र अफिसियलबीच भएको झड्पमा संलग्न खेलाडी तथा अफिसियललाई कारबाही गरेको छ । आरसिटीका प्रशिक्षक मधु कार्कीले फिफाका सहायक रेप|mी नानीराम थापालाई खेल नियमविपरीत गई विभिन्न अपशब्द बोलेको जनाउँदै अगामी तीन खेलसम्म प्लेयर बक्स, प्लेयर ड्रेसिङ रुममा आउनजान प्रतिबन्ध लगाएको छ । यसैगरी, आरसिटीकै अफिसियल उत्तमलाल श्रेष्ठका साथै टिम लिडर चंगेजलाल श्रेष्ठलाई दुई खेलमा प्लेयर बक्स तथा ड्रेसिङ रुममा उपस्थित हुन प्रतिबन्ध लगाएको छ । सेनाका नवयुग श्रेष्ठ र युद्ध शाहलाई तीन खेलमा प्रतिबन्ध लगाएका छन् । आरसिटीका खेलाडी ओलेडेपो ओलवालीलाई एन्फाले एक वर्षभित्र आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने एन्फाले जनाएको छ । साथै सेनालाई १५ हजार तथा आरसिटीलाई २० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
|