|
बि्रस्बन/ चोटका कारण रुसी टेनिस सुन्दरी मारिया सारापोभाले यसैसातादेखि सुरु हुने बि्रस्बन अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागिता नजाउने भएकी छिन् । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनअगाडि बि्रस्बन टेनिसलाई अभ्यास खेलका रूपमा लिने गरिन्छ । प|mेन्च ओपन विजेता सारापोभा 'नेट अभ्यास' कै क्रममा घाइते भएकी हुन् । चोट बढेपछि बि्रस्बनबाट नाम झिनेको उनले आयोजकलाई जानकारी दिएकी छिन् । अभ्यास प्रतियोगितामा सहभागी नहुने भए पनि सारापोभाले अस्ट्रेलियन ओपनका लागि धेरै समय रहेको बताएकी छिन् । 'अस्ट्रेलियन ओपनको तयारीका लागि धेरै समय छ, यस अवधिमा राम्रो लय समात्न सक्नेछु,' सारापोभाले भनिन्, 'ट्रेनिङ अभ्यास राम्रो चलिरहेको थियो, बि्रस्बनमा जोखिम उठाउने विचार मात्र नगरेकी हुँ ।' महिला टेनिस बरियतामा दोस्राे स्थानमा रहेकी सारापोभा गत वष्र्ा अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी थिइन् । २५ वषर्ीया रुसी खेलाडी सारापोभा उपाधि भिडन्तमा भिक्टोरिया अजारेन्कासँग सोझो सेटमा पराजित भएकी थिइन् । सन् २००८ देखि सारापोभालाई काँधको समस्या छ । उनले एटिपी टेनिस प्रतियोगितामा सहभागी नहुँदा काँधको चोट नै बताउने गरेकी छिन् । 'अहिले हल्का पीडा महसुस गरेकी छु सिटी स्क्यानको रिपोर्ट राम्रो देखिनँ,' उनले भनिन्, 'न्युयोर्कका डाक्टरले केही साता आरामको सल्लाह दिएका छन् ।' डाक्टरको सल्लाहअनुसार सारापोभाले एक सातादेखि अभ्यास गरेकी छैनन् । तर, सोमबारै मात्र सारापोभाले हल्का सर्भिस अभ्यास गरेको एजेन्सीले जनाएका छन् । बि्रस्बन टेनिसमा एटिपी महिला बरियता प्राप्त शीर्ष आठ खेलाडीबीच प्रतिस्पर्धा हुने गर्छ । मेलबर्न पार्कमा १४ जनवरीदेखि वर्षको पहिलो ग्रान्डस्लाम सुरु हुन्छ । सन् २००८ मा सारापोभाले अन्तिमपटक अस्ट्रेलियन ओपन जितेकी थिइन् । टेनिस करिअरमाथि उठानमा अस्ट्रेलियन ओपनको मुख्य भूमिका रहेको उनी बताउँछिन् । 'जीवनमा धेरैजसो सफलता अस्ट्रेलियाको कोर्टमा पाएकी छु, यहाँबाटै मेरो उत्कृष्ट टेनिस करिअर सुरु भएको थियो ।' दुई सातापछि सुरु हुने वर्षको पहिलो ग्रान्डस्लाममा आफू उपाधिका लागि प्रतिस्पर्धा गर्ने सारापोभाले बताइन् ।
|