Sunday, May 19, 2013

शिक्षक र अभिभावक थुनिए पीडीएफ मुद्रण इमेल

नुवाकोट/ विद्यार्थीको हराएको हाजिरीकापी खोज्न चासो नदिई शिक्षक र अभिभावक विद्यालय व्यवस्थापन समितिको निर्वाचनतिर लागेको भन्दै विदुर नपा-५ माझीटारको च्वाडी पब्लिक उच्चमाविका विद्यार्थीले मंगलबार शिक्षक, अभिभावक र पत्रकारलाई पाँच घन्टा थुनेका छन् ।
विद्यार्थीले दिउँसो १२ बजेदेखि निमित्त प्रधानाध्यापक विष्णु बजगाइर्ंसहित शिक्षक विष्णु चित्रकार, सुरेन्द्र मुडबरी, श्यामसुन्दर पुडासैनीलाई थुनेका थिए । सो विद्यालयको १ र ९ कक्षाको विद्यार्थी हाजिरकापी हराएको दुई साता बितिसक्दा पनि प्रधानाध्यापक र शिक्षकले खोज्न चासो नदिएको उनीहरूको भनाइ छ ।  विद्यार्थीको समस्या सम्बोधन गर्नुको साटो प्रधानाध्यापक निर्मल केसीले कनिष्ठ शिक्षकलाई निमित्त दिएर हिँडेको विद्यार्थीको आरोप छ ।
अभिभावक पनि २२ पुसमा हुने व्यवस्थापन समितिको निर्वाचनमा केन्दि्रत भएपछि विद्यालयको प्रशासन कक्षमा ताला लगाउनुपरेको उनीहरूको भनाइ छ । जिल्ला शिक्षा कार्यालयको अगुवाइमा बुधबार सर्वपक्षीय बैठक बोलाएर छलफल गर्ने सहमति भएपछि मात्र विद्यार्थीले ताला खोलेका थिए ।
जिल्ला शिक्षा समितिले व्यवस्थापन समितिको पदाधिकारीमा उम्मेदवार हुनका लागि ५१ प्रतिशत हाजिर भएका विद्यार्थीका अभिभावकले मात्र पाउने व्यवस्था गरेपछि सो हाजिरकापी हराएको शिक्षक चन्द्र उप्रेतीले बताए । व्यवस्थापन समितिका पूर्वअध्यक्ष शिव चित्रकारको कक्षा १ मा भर्ना गरिएकी छोरी जेनिफर चित्रकारको हाजिर शिक्षा समितिले निर्वाचनमा भाग लिन तोकेको मापदण्डअनुसार नभएपछि लुकाइएको उप्रेतीको भनाइ छ ।
चित्रकारकी छोरी उनी आफँै पि्रन्सिपल भएको हिमालयन एकेडेमीमा कक्षा १ मा अध्ययनरत छिन् । निजी विद्यालयमा छोराछोरी पढाउने र सरकारी विद्यालयको व्यवस्थापन हडप्ने प्रवृत्तिको नमुना च्वाडी पब्लिक उमावि बनेको अभिभावक राजकुमार भट्टराईले बताए ।

 

Add comment


Security code
Refresh