Monday, May 20, 2013

माला बनाएर रक्तचन्दन तस्करी पीडीएफ मुद्रण इमेल

काठमाडौं/ चिनियाँ व्यापारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै माला बनाएर रक्तचन्दन तस्करी गर्न थालेको खुलेको छ । विमानस्थल प्रहरीले सोमबार दिउँसो माला बनाएर चीन तस्करी गर्न लागेको अवस्थामा रक्तचन्दन बरामद गरी तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चीनतर्फ जान लागेका वेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूका साथबाट करिब नौ किलो रक्तचन्दन बरामद भएको छ ।
प्रहरीका अनुसार     चाइना साउथ एयरको ३०६८ नम्बरको उडानद्वारा काठमाडौंबाट गोेन्जाउतर्फ जान लागेका चिनियाँ नागरिक लु गेेजाङ, हुजिन्जफाओ र रेन्जी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङ एरियामा उनीहरू पक्राउ परेका हुन् ।
लुको साथबाट चारवटा रक्तचन्दनबाट बनाइएको माला र एउटा हात्ती अंकित मूर्ति बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, हुन्जिजफाओको ब्यागमा रातो रङको आठ इन्च उचाइ र चार इन्च गोलाइ भई बीच भागमा प्वाल भएको भाँडा आकारको काठ, पाँचवटा माला र दुईवटा रक्तचन्दनको काठबाट बनेको मूर्ति बरामद भएको छ । रेन्जीको  ब्यागबाट २८ वटा माला बरामद भएको थियो । बौद्ध धर्मावलम्बीले लगाउने मालाजस्तो बनाएर उनीहरूले रक्तचन्दन चीन तस्करी गर्न लागेको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् ।

 

Add comment


Security code
Refresh