Monday, May 20, 2013

देश
सिंगो गाउँ पहिरोको जोखिममा पीडीएफ मुद्रण इमेल

पुरुषोत्तम गिरी/नयाँ पत्रिका
सल्यान, १८ वैशाख
सल्यान र रुकुमको सिमावर्ती खौला क्षेत्रअन्तर्गत दयाडाँडाका एक दर्जन परिवार पहिरोको जोखिममा परेका छन् । वैशाखको धुपमा पनि डाँडाबाट निरन्तर पहिरो झरिरहेपछि सिंगो गाउँ नै जोखिममा
परेको हो ।
गत वर्षको वषर्ामा पहिरो सुरु भएको थियो । त्यसवेला दुई घर बगाउँदा पाँचजनाको मृत्यु भएको थियो । पहिरो नियन्त्रण गर्न कुनै निकायले पनि चासो नदिँदा आफूहरू त्रासमा बाँच्नु परेको स्थानीयको गुनासो छ ।
रुकुमको खारा गाविस-२ मा पर्ने सो गाँउमा पहिरोले केही घर चर्किएका छन् । वषर्ा सुरु भएपछि गाउँ नै बगाउने आशंकाले स्थानीय त्रसित छन् । स्थानीय कर्णबहादुर वलीले भने, 'गाउँ छाड्नुपर्ने अवस्था भए पनि पैसा नहुँदा बाहिर जान सकेका छैनौँ, जोखिम मोलेरै भए पनि बस्न बाध्य भयौँ ।'
गत साता चार दिन परेको पानीले पहिरो थपिएपछि स्थानीय चिन्तित बनेका हुन् । पहिरोका कारण जोखिममा परेका अधिकांश वली परिवार छन् । स्थानीय कर्णबहादुर, सर्भे, जयराम, प्रेम, दलबहादुर, मृतलाल, हरि, खड्ग, शेरबहादुर र बहादुर वलीलगायतका परिवार जोखिममा छन् ।
बहादुर वलीका अनुसार खतरा बढ्दै गएपछि उनीहरू राति पालो गरेर पहिरो हेर्ने गरेका । गत साताको वषर्ादेखि निरन्तर पहिरो झरिरहेको उनको भनाइ छ । पहिरोबाट त्रसित गाउँलेले बस्ती सार्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।
'राति सुत्दा डर लाग्छ । घर बगाउने खतरा बढ्दै गएकाले निद्रा लाग्न छाडेको छ,' बहादुर वलीले भने, 'आर्थिक अवस्था कमजोर हुँदा घर छाड्न सकेका छैनौँ ।' बस्तीनजिकै पाँच-६ ठाउँबाट एकसाथ पहिरो सुरु भएपछि जिविसलगायतका कार्यालयमा तारजाली मागे पनि उपलब्ध हुन नसकेको उनले बताए । कतिपय स्थानीयको घरबाट १०-१५ मिटरको करेसाबारीसमेत बगिसकेको छ ।
माटो खसिरहँदा घास, दाउरा गर्न गाह्रो भएको बहादुर वलीको भनाइ छ । डाँडामा रहेको गाउँको चारैतिरबाट पहिरोले बाटो बगाउँदा हिँड्नसमेत गाह्रो भएको उनले बताए ।

 
सामुदायिक विद्यालयमा चर्को भर्ना शुल्क पीडीएफ मुद्रण इमेल

राजकुमार गोले/नयाँ पत्रिका
काभ्रे, १८ वैशाख
सरकारले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने घोषणा गरे पनि काभ्रेका विभिन्न सामुदायिक विद्यालयले भर्ना शुल्क लिएका छन् । उनीहरूले गत सालको शुल्कमा समेत वृद्धि गरेका छन् ।
नयाँ शैक्षिक सत्र सुरुसँगै विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहँदा जिल्लाको कुशादेवी गाविसको कुशादेवी उच्च माध्यमिक विद्यालयले चर्काे शुल्क लिइरहेको अभिभावकले बताएका छन् । सो विद्यालयले कक्षा तीनदेखि १० सम्मका विद्यार्थीलाई दुई सय ५० देखि ६ सय ७० रुपैयाँसम्म भर्ना शुल्क लिएको अभिभावक विज्ञान घिमिरेले बताए । कक्षा ७ का विद्यार्थीलाई तीन सय ७०, कक्षा ८ लाई चार सय २० र ९-१० का विद्यार्थीलाई ६ सय ७० रुपैयाँ लिइएको उनले जानकारी दिए ।
यसैगरी दक्षिणी भेग च्यासिङ्खर्क-३ च्याल्टीमा पर्ने आत्मा विकास उच्च माविमा पनि कक्षा २ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न भन्दै शुल्क लिने गरेकोे व्यवस्थापन समितिका अध्यक्ष मिनकुमार लामाले बताए । विद्यालयले कक्षा ७ का लागि दुई सय ५०, कक्षा ८ का लागि तीन सय, ९ का लागि तीन सय ५० र १० का लागि चार सय रुपैयाँ लिएको लामाको भनाइ छ ।
अभिभावका अनुसार ढुंखर्क गाविसमा पर्ने पार्वती उच्च मावि र कृष्ण गोपाल माविले पनि 'अन्य' शीर्षकमा कक्षा २ देखि १० सम्मका विद्यार्थीलाई बढी शुल्क लिने गरेको अभिभावक रामप्रसाद घिमिरेले बताए । काभ्रेका डाँडापारी, कोसीपारी, तिमाल, बनेपा, पनौती धुलिखेललगायतका सामुदायिक विद्यालयमा चर्को भर्ना शुल्क लिने गरिएको छ । धेरैजसो विद्यालयले 'अन्य' शीर्षकमा शुल्क लिने गरेको शिक्षकहरूको भनाइ छ ।
उता जिल्ला शिक्षा अधिकारी नारायण भट्टले विभिन्न विद्यालयमा शुल्क अनुगमनका लागि पठाइसकेको बताए । उनले भने, 'यदि त्यस्तो तथ्य फेला पारे तत्काल कारबाही गर्नेछु, सरकारी नियमविपरीत शुल्क वृद्धि गर्ने अधिकार दिएको छैन ।'
सरकारी विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन, कम्प्युटर कक्षा सञ्चालन, शैक्षिक सामग्री, शिक्षक तलबलगायतको नाममा विद्यार्थीसँग शुल्क लिने गरिएको छ ।

 
जनकपुर बमकाण्डको एक वर्ष पूरा पीडीएफ मुद्रण इमेल

हदिश खुद्दार/नयाँ पत्रिका
जनकपुर, १८ वैशाख
पाँचजनाको ज्यान जाने गरी गत वर्ष जनकपुरमा भएको बमकाण्डको एक वर्ष पूरा भएको छ । तर, बमकाण्डका मुख्य योजनाकार भनिएका महोत्तरी जलेश्वरका सन्तोष चौधरी उर्फ मुकेश भने अझै फरार छन् ।
घटनाको एक वर्ष पूरा भएको दिन बुधबार जनकपुरस्थित घटनास्थलमा गरिएको प्रार्थनासभामा उपस्थित सर्वसाधारणले अपराधी पक्राउ हुन नसकेकोप्रति दुःख व्यक्त गरे । सभामा बोल्दै मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले अपराधी जनकपुरसहित देशभर खुलेआम घुमिरहेको तर प्रहरीले उनलाई पक्रन नसकेको आरोप लगाए । घटना राजनीतिक संरक्षणमा भएकाले अपराधी कानुनको दायरामा आउन नसकेको उनको भनाइ छ ।
गत वर्ष १८ वैशाखमा व्यस्त रामानन्द चोकनजिक बम विस्फोट गराउँदा पाँचजनाको मृत्यु भएको थियो । मिथिला राज्यको माग गर्दै धर्नामा बसेका आन्दोलनकारीलाई लक्षित गरी विस्फोट गराइएको थियो । विस्फोटमा मृत्यु हुने पाँचैजना धर्नाकारी थिए ।
सो विस्फोटमा परी जनकपुर नगरपालिका-८ का ४५ वषर्ीय विमल शरण, ४२ वषर्ीय सुरेश उपाध्याय, जनपा-११ का dmगरु दास, कलाकार ३७ वषर्ीया रन्जु dmा र बेंगासिवपुरका दिपेन्द्र दासको मृत्यु भएको थियो । मृतक पाँचैजनालाई सरकारले सहिद घोषणा गरिसकेको छ । संघर्ष समितिले सहिदको सम्झनामा बुधबार साँझ जनकपुरको जानकी मन्दिरमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजनासमेत गरेको छ ।
सो विस्फोटमा झन्डै तीन दर्जन घाइते भएका थिए । बम विस्फोटको अनुसन्धान गर्न गठित समितिले तराई विद्यार्थी लिबरेसन प|mन्टका संयोजक भनिएका मुकेश चौधरीको योजनामा विस्फोट गराइएको खुलासा गरेको थियो । तीन वर्षअघि स्थानीय पत्रिका जनकपुर टुडेका सञ्चालक सञ्चार उद्यमी अरुण सिंघानियाँ हत्याको जिम्मेवारी पनि मुकेशले नै लिएका थिए । विस्फोटमा संलग्न रहेको आरोपमा अहिलेसम्म चारजना पक्राउ परेका छन् ।
अनुसन्धान टोलीले जनकपुरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका सप्तरी बिसहरिया-८ का जयप्रकाश साह, धनुषा सपही-१ का सुरेशकुमार कर्ण, महोत्तरी मडही-६ का रिपेन्द्र झा र धनुषा भुतही पटेर्वा-७ का मुकेशकुमार कर्णलाई सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा अपराध अनुसन्धान ब्युरोका प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घटनाका मुख्य योजनाकार नजिक पुगिसकिएको र छिटै घटनाका अन्य विवरण र्सावजनिक गरिने प्रतिबद्धता जनाएका थिए । तर, अहिले प्रहरी सो घटनामा रहस्यमय ढंगले मौन बसेको छ ।

 
मजदुर दिवसमा निरन्तर काम पीडीएफ मुद्रण इमेल

अशोक पहाडी/नयाँ पत्रिका
रौतहट, १८ वैशाख
बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस । केही मजदुर आफ्ना हक अधिकारका लागि भन्दै सडकमा नारा लगाइरहेका थिए । केही आमसभामा भाषण गर्दै थिए । धेरैचाहिँ भाषण सुनेर थपडी मार्दै थिए । तर, इँटा उद्योगका मजदुर भने तातो घामको समेत प्रवाह नगरी काम गरिरहेका थिए ।
ती मजदुरलाई आफ्नै दिवसबारे कुनै जानकारी थिएन । डुमरियाको बडेरवा घर भएका ५० वषर्ीय नन्दु माझी आफ्ना दुई छोरासहित इँटा उद्योगमा काम गरिरहेका थिए । उनले मजदुर दिवसबारे कुनै जानकारी नभएको बताए । श्रमिक दिवसका दिन रौतहटको डुमरिया मटिऔनमा रहेको साजन इँटा उद्योगमा कार्यरत दलित समुदायका ५० भन्दा बढी मजदुरले कामलाई नै निरन्तरता दिए ।
माझीले केही राजनीतिक पार्टीका नेताहरूले आफूहरूलाई जुलुसमा जान आग्रह गरे पनि आफू नगएको बताए । उनले भने, 'जुलुसमा जाँदा भरे के खाने ? बालबच्चालाई के खुवाउने ?' सोही उद्योगमा १४ वषर्ीय बालक पनि इँटा बनाइरहेका थिए । उनले आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढाइ छाडेको बताए । उनी भन्छन्, 'इँटा उद्योगमा काम गरेर दैनिक तीन सय रुपैयाँसम्म कमाउँछु ।'
इँटा उद्योगमै २५ वषर्ीय कुमार माझी पनि श्रम गरिरहेका भेटिए । उनी आफ्ना श्रीमती र दुई बालबच्चासहित एकैछिन उद्योगपरिसरमै रहेको छाप्रोमा आराम गरिरहेका थिए । उनलाई पनि मजदुर दिवसबारे थाहा छैन । उनले भने, 'कसैले बोलाएन, बोलाए पनि बेलुका खानुपर्छ ।'
उता पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको व्यस्त बजार चन्द्रनिगाहपुरमा साना-साना बालबालिकाले सवारीसाधनका यात्रुलाई पानी बेच्ने काम गरिरहेका थिए । पानी बेच्ने काम गरेर पढाइ खर्च जुटाउँदै आएको उनीहरूले बताए । स्थानीय सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने बालकहरूले राजमार्गमा रोकिने बसका यात्रुलाई 'मिनरल वाटर' बेचेर आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन् ।
चन्द्रनिगाहपुरमा रहेको जनज्योति उच्च माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वषर्ीय अनबारुल मन्सुरीले छुट्टी भएपछि बजारमा आएर मिनरल वाटर बेचेरै दैनिक दुई सय रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए । आर्थिक अवस्था कमजोर रहेका राजा हुसेनका १२ वषर्ीय छोरा सेख मुर्जुजाले समेत मिनरल वाटर बेचेरै आफ्नो पढाइ खर्चबाहेक घरमा समेत आर्थिक सहयोग गर्दै
आएको बताउँछन् ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL