Friday, May 24, 2013

विश्व खबर
महिलामाथि गरेको टिप्पणीप्रति ओबामाले माफी मागे पीडीएफ मुद्रण इमेल

एजेन्सी
वासिङ्टन, २४ चैत
अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्यालिफोर्नियाकी महान्यायाधिवक्ता कमला ह्यारिसलाई सुन्दर भनी तारिफ गरेको भोलिपल्ट उनीसँग माफी मागेका छन् ।
गत बिहीबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा ओबामाले ह्यारिसलाई आफ्नो पुरानो मित्रका साथै देशकै सबैभन्दा सुन्दर महान्यायाधिवक्ता भनेका थिए ।
ह्यारिस ओबामाको कट्टर समर्थक रहे पनि उनले ओबामालाई माफी दिए/नदिएकोबारे केही नखुलाएको ह्यारिसका प्रवक्ताले पत्रकारलाई बताएका छन् । आलोचकहरूले ओबामाको भनाइको निन्दा गरेका छन् । ओबामाको ह्यारिसप्रतिको टिप्पणी कार्यस्थलमा महिलाले कस्ता समस्याको सामना गर्नुपर्छ भन्ने गतिलो उदाहरण भएको आलोचकले बताएका छन् । 
बिहीबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा ओबामा र ह्यारिससँगै थिए । 'ह्यारिस निकै समझदार तथा समर्पणका साथ काम गर्ने महिला हुन् । उनी कामलाई सही ढंगले गराउन कठोर निर्णय लिन पछि पर्दिनन्,' ह्यारिसले बोलेपछि ओबामाले आफ्नो मन्तव्य राख्दै भने, 'उनी अमेरिकाकै सबैभन्दा सुन्दर महान्यायाधिवक्ता हुन् ।'
ओबामाको भनाइको विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत धेरैले भत्र्सना गरेका थिए ।  शुक्रबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जे कोर्नेले विज्ञप्ति जारी गरी ओबामाले ह्यारिससँग सम्पर्क गरी माफी मागेको सार्वजनिक गरेका हुन् । महान्यायाधिवक्ताको व्यावसायिकता तथा उनको क्षमतालाई हानि पुर्‍याउने नियत ओबामाको नभएको विज्ञप्तिमा उल्लेख छ । महिलाको कामको मूल्यांकन सुन्दरताका आधारमा नभई कार्यस्थलमा देखाउने क्षमतामा निर्भर गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

 
कास्मिरमा बेलायती युवतीको बलात्कारपछि हत्या पीडीएफ मुद्रण इमेल

श्रीनगर/ भ्ाारत प्रशासित कास्मिरमा एक बेलायती युवतीको बलात्कारपछि हत्या गरिएको छ । २४ वर्षे सारा ग्रोभ्सलाई उनका करिब ४० वर्षे डच प्रेमी क्लेपरले बलात्कारपछि हत्या गरेको प्रहरी तथा प्रत्यक्षदर्शीले जनाएका छन् । घटनापछि साराका प्रेमी फरार भए पनि पछि पक्राउ गरिएको श्रीनगर प्रहरीले जनाएको छ । सारा आफ्ना प्रेमीसँग छुट्टी मनाउन श्रीनगर आइकी थिइन् ।
मृतक युवतीका शव दिल्लीस्थित बेलायती उच्चायोगलाई सुम्पने तयारी भएको भारतीय अधिकारीले जनाएका छन् । क्लेपरविरुद्ध कास्मिरको अदालतमा मुद्दा चलाइने भएको छ ।
घटनाले कास्मिरको पर्यटक क्षेत्र नराम्ररी प्रभावित हुने आशंका गरिएको पर्यटन व्यवसायीले बताएका छन् । जनवरी २०१३ देखि मार्च अन्तिमसम्म १० हजार विदेशी पर्यटकले कास्मिरको भ्रमण गरिसकेका छन् । सन् १९८९ मा कास्मिरमा सशस्त्र संघर्ष सुरु भएयता अमेरिका, बेलायत तथा कैयौँ पश्चिमा राष्ट्रले आफ्ना नागरिकलाई कास्मिर घुम्दा विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।

 
मुम्बईमा भवन भत्किँदा ४५ को मृत्यु पीडीएफ मुद्रण इमेल

एजेन्सी
नयाँदिल्ली, २३ चैत
भारतको मुम्बईमा निर्माणाधीन भवन भत्किँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना हराइरहेको र ६९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मुम्बईको ठाणे जिल्लाको शिलफाँटामा निर्माणाधीन भवन भत्किएर दुर्घटना भएको हो । मृतकमध्ये १५ जना बालबालिका तथा नौजना महिला रहेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । उद्धारकर्ताले भग्नावशेषमा हराइरहेकाको खोजी जारी छ । भवनमा बस्ने अधिकांश मानिस कामको खोजीमा मुम्बई आएका कामदार तथा तीनका परिवार रहेको प्रहरीले जनाएको छ ।
भत्केको भवन वन विभागको जग्गामा अवैध रुपमा निमार्ण गरिएको खुलेको छ । करिव ६ साताअघि निर्माण कार्य शुरु गरिएको सो भवनको सात तलाको निर्माण कार्य सम्पन्न भएको थियो भने आठौ तलाको निर्माण जारी थियो । निर्माण कार्य बाकी रहेपनि ठेकदारले भवनमा बस्न अनुमति दिएका थिए ।
तासको घर जस्तै भवन एक्कासी ढलेको प्रत्यक्षदर्शी मोहम्मद अनबरले बताएको समाचार संस्थाहरुले जनाएका छन् । भवन के कारणले ढल्यो भन्ने खुलिसकेको छैन । कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरिएका कारण भवन भत्केको हुन सक्ने प्रहरी निरिक्षक दिगम्बर जंगालेलाई उद्दत गर्दै बिविसीले जनाएको छ । यसअघि गत डिसेम्वरमा महराष्ट्रको वागहोलि क्षेत्रमा निर्मणाधीन भवन भत्कदा १३ जनाको मृत्यु भएको थियो ।

 
इंग्ल्यान्डमा हजारौँ बालबालिका यौनपीडित पीडीएफ मुद्रण इमेल

एजेन्सी
लन्डन, २२ चैत
पछिल्लो १४ महिनामा इंग्ल्यान्डमा बाल यौनशोषण बढेको एक प्रतिवेदनमा उल्लेख छ । इंग्ल्यान्डका विभिन्न सहरमा गरिएको सर्वेक्षणमा कम्तीमा दुई हजार चार सय ९ बालबालिका दिनहुँजसो यौनशोषित हुने गरेको देखिन्छ ।
सन् २०१०/११ मा भएको सर्वेक्षणमा १६ हजार पाँच सय बालबालिका यौनशोषणको सिकार भएका थिए । 'इंग्ल्यान्डमा हरेक वर्ष हजारौँ बालबालिका बलात्कार भइरहेका छन्, जसमध्ये कलिलो उमेरका बच्चा धेरै छन्, उनीहरूलाईर् धम्क्याएर शोषण गरिन्छ,' बाल यौनशोषणमा अध्ययन गरिरहेका विज्ञ
बेरेलोबिटजले भने । बि्रटिस प्रधानमन्त्री डेबिड क्यामरुनले पछिल्लो तथ्यांक डरलाग्दो भएको
बताएका छन् ।
'भर्खर हामीले जुन प्रतिवेदन पाएको छ, त्यो निकै भयावह छ, दैनिकजसो बालबालिका यौनशोषणका सिकार भइरहेका छन्, समाजमा देखिएको नराम्रो पक्षलाई तत्काल समाधान गर्न गाह्रो देखिन्छ, तर यसका लागि सरकार अगाडि बढिरहेको छ,' प्रधानमन्त्री क्यामरुनले भने ।
यसैवर्ष ९ एसियाली महिला तथा बच्चामाथि भएको बलात्कारको घटनामा संलग्न व्यक्तिलाई अदालतले कडा सजाय सुनाएको थियो । अध्ययनमा म्यानचेस्टर सहरका बढी बालबालिकामाथि यौनशोषण हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा बाल यौनशोषण गर्नेमा प्रहरी तथा चिकित्सकको संलग्नता रहेको जनाइएको छ । मुख्य सहरमा बाल यौनशोषण रोक्न बि्रटिस सरकारलाई गाह्रो भइरहेको छ । साथै सरकारलाई शोषण गर्ने व्यक्ति पक्रन तथा पहिचान गर्न कठिन भएको बि्रटिस मिडियाले जनाएका छन् । लन्डनका एक वरिष्ठ प्रहरी अधिकारीले भने, 'प्रमाण हेर्दा लन्डनमा एक ठूलो गिरोह देखिन्छ, तर उनीहरूको पहिचान गर्न हामीलाई गाह्रो भइरहेको छ ।'
उनका अनुसार अनाथ बालबालिकालाई घरमै हेरचाह गर्ने बहानामा यौनशोषण हुने गर्दछ । 'अनाथ बालबालिकालाई हेरचाह गर्ने भनी घर लान्छन्, त्यसपछि घरका मालिक वा अन्य व्यक्तिले बालबालिकामाथि यौनशोषण गरेको देखिन्छ,' विज्ञ बेरेलोबिटजले भने ।  बि्रटिसमा स्थानीय व्यक्तिबाट बाल यौनशोषण हुने गरेको चर्चा सेलाउन नपाउँदै पश्चिमेली मिडियाले पर्यटक पनि बाल यौनशोषणप्रति आकषिर्त भएको दाबी गरेका छन् । बि्रटिस मिडियाले पर्यटकबाट बाल यौनशोषण हुने राष्ट्रमा थाइल्यान्ड अग्रपंक्तिमा रहेको जनाएका छन् । थाइल्यान्डको बैंकक सेक्सका लागि प्रसिद्ध सहर हो । बैंककको पटायामा यस्तो घटना बढी हुने गर्छ । यहाँ आउने धेरैजसो पर्यटक बाल यौनशोषण गर्न रुचाउने एजेन्सीले जनाएका छन् ।
युरोप, मध्यपूर्व एसिया, अमेरिका तथा क्यारिवनमा घुम्न आउने असंख्य पर्यटक बाल यौनशोषणप्रति आकषिर्त देखिन्छन् । बाल यौनशोषणविरुद्ध वकालत गरिरहेको इसिपिएटी इन्टरनेसनल संस्थाले पटाया बढी शोषण हुने क्षेत्र भएको दाबी गरेको छ । यहाँ बाल यौनशोषण हुनेहरू गरिब भएको इसिपिएटीले बताएको छ । 'बाल यौनशोषणको सिकार हुने बालबालिकाका परिवार गरिब देखिन्छन्, परिवार पाल्न उनीहरू बाध्य भएर यस्तो काम गर्ने गर्छन्,' इसिपिएटीका उपाध्यक्ष जुनितले भने, 'कपियय पीडित बालबालिकामा एचआइभी तथा एड्सजस्ता रोग लागेको पाएका छौँ ।'

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL