Monday, May 20, 2013

विश्व खबर
सार्वजनिक स्थलमा चुम्बन गर्दा... पीडीएफ मुद्रण इमेल

मुम्बई/ भारतको एक अदालतले २६ वषर्ीय कुवेर स्वरूपलाई सार्वजनिक स्थलमा अनुमतिविना महिला साथीको गालामा चुम्बन गर्दा पनि माफी दिएको छ ।
गत वर्ष फेब्रुअरीमा मुम्बई प्रहरीले सार्वजनिक स्थलमा महिलाको अनुमतिविना चुम्बन गरेको जनाउँदै कुवेरलाई हिरासतमा लिएको थियो । साथै प्रहरीले उनलाई १२ सय भारतीय रुपैयाँ जरिबाना गरायो । थप कारबाहीका लागि प्रहरीले कुवेरमाथि मुद्दा चलाएको थियो । अदालतमा एक वर्षपछि सो मुद्दामाथि बहस भएको हो ।
अदालतले कुवेरमाथि लगाइएको आरोप सिद्ध गर्न प्रमाण पर्याप्त नभएको जनाउँदै रिहा गरेको हो । साथै प्रहरीले जरिबानास्वरूप लिएको १२ सय रुपैयाँ पनि फिर्ता गर्न अदालतले आदेश दिएको छ । प्रहरीले तीन प्रत्यक्षदर्शीलाई अदालतमा प्रमाणका रूपमा प्रस्तुत गरेको थियो । तर, मुम्बई अदालतका न्यायाधीशले ती व्यक्तिको भनाइका आधारमा कुवेर दोषी नदेखिएको निर्णय सुनाए ।
कुवेरले साथीसँग छुट्टनिे क्रममा गालामा मात्र चुम्बन गरेको बताएका छन् । सोबाहेक अन्य केही नगरेको उनको दाबी छ । प्रहरीको भने महिलाको रिपोर्टअनुसार कुवेरलाई कारबाही गरेको दाबी छ । मुम्बई प्रहरीको एक्ट धारा-११० अनुसार सार्वजनिक स्थलमा अनुचित काम गर्ने पुरुष-महिला दुवैलाई १२ सय रुपैयाँ जरिबाना गरिन्छ ।

 
अफगान अदालतमा आक्रमण, ३० को मृत्यु पीडीएफ मुद्रण इमेल

एजेन्सी
काबुल, २१ चैत
अफगानिस्तानको फराह प्रान्तको एक अदालतमा गराइएको आत्मघाती हमलामा ३० जनाको मृत्यु भएको छ । आक्रमणबाट अन्य ९० जना सर्वसाधारण घाइते भएको अफगान प्रहरीले जनाएको छ ।
सैनिक पोसाकमा आएका हमलाकारीले अदालतमा विस्फोट गराए पनि त्यहाँ रहेका सन्दिग्ध तालिवान बन्दीलाई भने रिहा गर्न असमर्थ भएका छन् । विस्फोटलगत्तै हमलाकारी र प्रहरीबीच केही समय दोहोरो फायरिङसमेत भएको थियो । घटनाको जिम्मेवारी टेलिफोनमार्फत तालिवान विद्रोहीले लिएका छन् । गतवर्षको मेमा गभर्नरको निवासलाई लक्षित गरी गराइएको विस्फोटमा ६ प्रहरी तथा चार हमलाकारी मारिएका थिए ।
अदालतलाई लक्षित गरी हमला गरिएको तालिवानले स्वीकार गर्नुअघि गभर्नर भवनलाई लक्षित गरी हमला गरिएको समाचार सार्वजनिक भएको थियो । चेक पोस्टमा हुने सम्भावित जाँच रोक्न हमलाकारी सैनिक भेस्ट लगाएर अफगान सेनाको गाडीमा आएको प्रान्तीय प्रहरीप्रमुख नुर केम्तोजले जनाएका छन् ।
हमलाकारीमध्ये दुईले सेनाको गाडीबाटै आत्मघाती आक्रमण गरेको तथा अन्य चारजना गाडीबाट झरेर अदालत पुगी विस्फोट गराएको उनले बताए । अदालतमा रहेका १५ तालिवानी आतंककारीलाई छुटाउन उनीहरूले हमला गरेको आशंकासमेत
उनले गरे ।
प्रान्तीय उपगभर्नर युनुुस रासोउलीले विस्फोटनबाट यस क्षेत्रका कैयौँ सरकारी भवन क्षतिग्रस्त भएको बताए ।

 
म्यानमारको मुस्लिम विद्यालयमा आगलागी पीडीएफ मुद्रण इमेल

एजेन्सी
यांगोन, २० चैत
म्यानमारको प्रमुख सहर यांगोनको एक मुस्लिम विद्यालयमा मंगलबार भएको भीषण आगजनीमा १३ विद्यार्थीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । मुस्लिम विद्यालयमा भएको आगलागीबाट मृत्यु हुनेमा धेरैजसो बालबालिका छन् । स्थानीय समयअनुसार मंगलबार बिहान तीन बजेबाट आगलागी सुरु भएको थियो ।
विद्यालयका बालबालिका सुतिरहेको अवस्थामा घटना भएको एजेन्सीले जनाए । प्रहरीको प्रारम्भिक अध्ययनअनुसार आगलागी विद्युतीय लाइनमा आएको खराबीबाट भएको हो । म्यानमारमा गत महिना मात्र मुस्लिम धर्मावलम्बी र बौद्धमार्गीबीच भड्किएको जातीय हिंसामा ४३ जनाले ज्यान गुमाएका थिए ।
मुस्लिम विद्यालयमा भएको यस आगलागीलाई पनि मुस्लिम धर्मावलम्बी नेताहरूले योजनाबद्ध ढंगले भएको आरोपसमेत लगाएका छन् । सरकारले सुरक्षाकर्मीलाई घटनास्थलमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ । यता, मुस्लिम समुदायले अन्य धर्मालम्बीले आगजनी गरेको आरोप लगाउँदै यांगोनको मुख्य सडकमा आन्दोलन गरेको छ ।
उनीहरूले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । 'भीषण आगजनीमा परी १३ स-साना बालबालिकाको मृत्यु भएको छ,' यांगोनका एक प्रहरी अधिकारीले भने, 'विद्युतीय प्रणाली बिगि्रएका कारण आगो लागेको हो ।' स्कुलको बीच भागमा विद्यार्थीहरू सुतिरहेको एजेन्सीले जनाएका छन् । स्कुलका ढोका निकै बलिया भएकाले विद्यार्थी भाग्न नसकेको सरकारका प्रवक्ता ये हुन्टले बताए ।
'घटनाको प्रकृति हेर्दा भयावह छ, विशेषतः बालिकाहरूले ढोका खोल्न नसक्दा धेरैको ज्यान गएको हो,' उनले भने । मुस्लिम स्कुलमा आगलागी भएपछि थप दंगा हुने अनुमान लगाउँदै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । साथै, हल्लाका भरमा कसैमाथि दोष नलगाउन प्रहरीले आग्रह गरेको छ । 'कृपया अन्य समाचारमा विश्वास नराख्नुहोला, इन्टरनेटमा आइरहेका समाचार हल्ला मात्र हुन्,' नागरिकलाई सचेत गराउँदै प्रवक्ता हुन्टले भने ।
तर, मुस्लिम समुदायका एक नेताले आगलागी नियोजित रूपमा गराइएको दाबी गरेका छन् । 'विद्यालयको हातामा पेट्रोल, तेल तथा डिजेलको गन्ध आउँछ,' नेता सेन विनले भने, 'यसैआधारमा मुस्लिम समुदायमाथि अन्याय भएको दाबी गर्न सक्छु ।'
आगलागीबाट बाँच्न सफल एक विद्यार्थीको लुगामा पूरै तेल लागेको छ । 'यदि विद्युतीय कारण घटना घटेको भए विद्यार्थीको लुगामा कसरी तेल लाग्यो ?' प्रतिप्र्रश्न गर्दै उनले भने । घटनाबारे एक विद्यार्थी भन्छन्, 'हामी सुतिरहेका थियौँ । मैले केही गन्ध महसुस गरेँ, त्यसपछि कोठा धुवाँले भरियो, बाहिर आउँदा तेल तथा डिजेल पोखिएको थियो ।'
ती विद्यार्थीका अनुसार तीन ट्रकमा अाएका सैनिकले अन्य विद्यार्थीलाई बचाएका थिए । यसैबीच, म्यानमारका राष्ट्रपति थाँ सेनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
म्यानमारमा जातीय दंगा कुनै नौलो विषय होइन । मध्यम्यानमारको मैकतिला सहरमा जातीय वादविवादले उग्र रूप लिएको थियो । गत महिनादेखि भएको हिंसामा १३ हजार घरमा आगजनी भएका थिए । सो प्रान्तमा विगतमा पनि यस्तै हिंसा मच्चिने गरेको र त्यसमा परी सयौँ नागरिकको ज्यान गएको छ । यस हिंसाबाट करिब १२ हजार विस्थापित भएको स्थानीय एजेन्सीले जनाएका छन् । म्यानमारको राजधानी र अन्य क्षेत्रमा अल्पसंख्यक मुस्लिम र बौद्धमार्गीबीच यस्तो हिंसा चल्ने गरेको छ । म्यानमारको पश्चिमी राखिनी प्रान्तमा गतवर्ष पनि मुस्लिम र बौद्धमार्गीबीच भएको हिंसामा कम्तीमा एक सय ८० नागरिकको ज्यान गएको थियो । सो हिंसामा एक लाख १० हजार व्यक्ति विस्थापित भएका थिए ।

 
भाजपा संसदीय बोर्डमा मोदी पीडीएफ मुद्रण इमेल

एजेन्सी
नयाँँदिल्ली, १८ चैत
गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाईर् भारतीय जनता पार्टी -भाजपा)को संसदीय बोर्डमा पुनः सामेल गरिएको छ । संसदीय बोर्ड भाजपाको आधिकारिक निर्णय गर्ने निकाय हो ।
पार्टीअध्यक्ष राजनाथ सिंहले आगामी वर्ष हुने लोकसभा चुनावलाईर् ध्यानमा राखी आइतबार ७६ सदस्यीय नयाँँ टोलीको घोषणा गरेका हुन् । राजनाथ नेतृत्वको नयाँँ टोलीमा १२ उपसभापति, १० महासचिव, १५ सचिव, सात प्रवक्ता तोकिनुका साथै १२ सदस्यीय केन्द्रीय संसदीय बोर्ड, १९ सदस्यीय केन्द्रीय निर्वाचन समिति तथा पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति निर्माण गरिएको छ ।
करिब ६ वर्षको लामो अन्तरालपछि पार्टीको संसदीय बोर्डमा मोदी पुनः फर्केका छन् । यसअघि पार्टीअध्यक्ष रहँदा राजनाथ सिंहले नै मोदीलाईर् संसदीय बोर्डबाट हटाएका थिए । संसदीय बोर्डमा मोदीको पुनरागमनले राष्ट्रिय राजनीतिमा उनको दबदबा रहन सक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन् । ६२ वर्षे मोदी संसदीय बोर्डमा सामेल हुने एक मात्र मुख्यमन्त्री हुन्् । त्यस्तै, मोदीलाईर् राजनाथ नेतृत्वको केन्द्रीय चुनाव समितिमा पनि समावेश गरिएको छ । राजनाथको नयाँ टिममा वरुण गान्धीलाईर् महासचिव बनाइएको छ । गान्धीका अलावा अनन्तकुमार तथा राजीव प्रताप रुडीलाईर् समेत महासचिव बनाइएको छ । गान्धी, कुमार तथा रुडीलाईर् बोर्डमा सामेल गरेर विजेपीले युवामाझ पार्टीको लोकपि्रयता बढाउन खोजेको छ । त्यसैगरी युवा र पाक नेताबीच सन्तुलन मिलाउन वरिष्ठ नेता सिपी ठाकुर र प्रभात झालाईर् उपाध्यक्ष बनाइएको छ ।

मोदीको दबदबा

मोदीका विश्वासिला सहयोगी अमित शाहलाईर् भाजपाको महासचिव बनाइएपछि पार्टीमा मोदीको दबदबा कायम रहेको स्पष्ट देखिन थालेको छ । संसदीय बोर्डमा कुनै एक प्रान्तको मुख्यमन्त्रीलाईर् सामेल गर्दा अन्यले आपत्ति जनाउने यसअघि गरिएको अनुमान गलत सावित भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान संसदीय बोर्डमा आफ्नो स्थान कायम गर्न असमर्थ रहे । वरिष्ठ नेता तथा पूर्ववित्तमन्त्री यशवन्त सिन्हालाईर् भने टिममा समावेश गरिएको छैन । बोर्डमा मोदीलाईर् पुनः फर्काइएपछि मोदीलाईर् आगामी वर्ष हुने लोकसभा चुनावमा भाजपाको प्रधानमन्त्रीको उम्मेदवारको रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया

मोदीलाई भाजपाको संसदीय बोर्डमा सामेल गराइएकोप्रति सत्तारुढ कंग्रेसले मिश्रति प्रतिक्रिया दिएको छ । वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री कपिल सिब्बलले मोदीलाई पार्टीले हाल दिएको महत्त्व पार्टीका लागि प्रत्युत्पादक हुनसक्नेे बताएका छन् । पार्टीमा आफ्नो वर्चश्व स्थापना गर्न संघर्षरत रहेका मोदीले पार्टीको कमान्ड सम्हालेमा विजेपी समाप्त हुने उनको धारणा छ । त्यस्तै, कंग्रेस प्रवक्ता रासिद अल्बीले २०१४ आउन धेरै समय बाँकी रहेकाले मोदीको परीक्षण हुन बाँकी रहेको बताए । यस टिमको पहिलो परीक्षा कर्नाटक राज्य हुने पनि उनले बताए । यसैगरी मोदीको विरोध गर्दै आएको एनडिए गठबन्धनको एक घटक जनता दल युनाइटेड -जेडियू)ले संसदीय बोर्डमा मोदीको पुनरागमनलाई आन्तरिक मामिला भनेको छ । पार्टीअध्यक्ष शरद यादवले भाजपाको निर्णयप्रति आफूलाई कुनै आपत्ति नरहेको बताए ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL