|
इस्लामावाद/ पाकिस्तानको दक्षिणी भागमा सोमबार जन्ती बोकेको एक बस दुर्घटनाग्रस्त हँुदा २३ जनाले ज्यान गुमाएका छन् । राजधानी इस्लामावादनजिकै विवाह समारोहपछि घर फर्केने क्रममा सो जन्ती बोकेको बस दुर्घटना भएको थियो । इस्लामावादबाट २५ किलोमिटर दक्षिणमा पर्ने नार गाउँमा बस दुर्घटनाग्रस्त भएको स्थानीय एजेन्सीले जनाएका छन् । दुर्घटनामा मारिएका व्यक्तिमध्ये ६ बालबालिका छन् । बसमा रहेका अरू करिब साठी जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना आइतबार राति १०ः३० बजे भएको थियो । चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । इस्लामावाददेखि एक सय किलोमिटर दक्षिणमा पर्ने चाक्वाल जिल्लाबाट ९७ व्यक्ति लिएर सो बस विवाह समारोहबाट फर्किएको थियो । दुर्घटनामा मृत्यु हुनेमा प्रायः सबै महिला छन् । स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । यता, दुलाहा तथा दुलही भने बसमा सवार थिएनन् । उनीहरू छुट्टै कारमा गएका थिए । 'बस तीव्र गतिमा आएको देखिन्छ, यसले आफ्नो नियन्त्रण गुमाउँदा दुघर्टना भएको हो,' प्रहरीले भने । स्मरण रहोस् कि पाकिस्तान संसारकै बढी सडक दुर्घटना हुने मुलुकमा पर्छ । यहाँका चालकहरू अनियन्त्रित रूपमा सवारी चलाउने गर्छन् ।
|
|
एजेन्सी लागोस, २१ जेठ घानाको अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ-७२७ को कार्गो हवाईजहाजले आइतबार धावनमार्ग छाडेर नजिकको बसलाई ठक्कर दिँदा दश यात्रुको मृत्यु भएको छ । आश्चर्यजनक रूपमा बोइङ-७२७ मा सवार यात्रु भने सकुशल रहेका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । सो कार्गो हवाईजहाज नाइजेरियाको राजधानी लागोस जानका लागि तयारी अवस्थामा थियो । जब कोटोका अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमानले आफ्नो धावनमार्ग छाड्यो, त्यसपछि अनियन्त्रित कार्गो विमानले नजिक रहेको मिनीबसमाथि ठक्कर दिएको थियो । विमानको अगाडि भाग लगभग ध्वस्त भएको एजेन्सीले जनाएका छन् । बसलाई ठक्कर दिएपछि विमानभित्र रहेका चार कर्मचारी झ्यालबाट हामफाल्दै आफ्नो ज्यान जोगाएका थिए । उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । ती जीवित व्यक्ति खतरामुक्त रहेका सैनिक अस्पतालका चिकित्सकले जनाएका छन् । घटनाका प्रत्यक्षदर्शी कोफी अनोरका अनुसार ठूलो विमानले एक्कासि रनवे छाड्दै सडकतिर आएको थियो । सडक किनारमा रहेको बसलाई विमानले ठक्कर दिएको उनले बताए । सो मिनीबस पूर्ण रूपमा क्षतविक्षत भएको अवस्था छ । 'अफिसको काम सकिएर घरतर्फ आइरहेको थिएँ, एक्कासि मैले एक विमान सडकतर्फ झर्दै गइरहेको देखेँ,' कोफीले भने, 'बसमा सवार सबै मानिसको घटनास्थलमै मृत्यु भएको देखेँ ।' स्थानीय टेलिभिजनलाई अन्तर्वाता दिँदै प्रत्यक्षदर्शी कोफीले भने, 'हवाईजहाजको पखेटा सडकमा छरिएको थियो, विमानको अगाडि भाग पनि ध्वस्त नै भएको छ ।' हवाईजहाजको अन्य भागमा भने केही क्षति भएको छैन । स्थानीय टेलिभिजनले सो दुर्घटनाका दृश्य बारम्बार प्रसारित गरिरहेको थियो । सो कार्गो विमानको पांग्रा जाम भएपछि बीचमा रोकिएको थियो । घटनास्थलमा सुरक्षाकर्मीले तत्काल कडा सुरक्षा व्यवस्था अपनाएका थिए । यसैबीच मृतकका परिवारले स्थानीय सैनिक अस्पतालबाट शव लगिसकेको एजेन्सीले जनाएका छन् । मृतक व्यक्तिको शरीर खासै नजलेका कारणले परिवारले आ-आफ्ना सदस्य सहजै चिनेका थिए । हवाईजहाजमा मृत्यु भएका व्यक्तिको पार्थिव शरीर लिँदा परिवारजन निकै दुःखी तथा भावुक बने । यता, घानाको फाएर सर्भिसका प्रवक्ता विली अनाग्लेटले पनि दश व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । 'हवाईजहाजले आफ्नो गति पक्रन सकेन, दुर्भाग्यवश नजिकको बसमाथि ठक्कर दियो,' प्रवक्ता विलीले भने, 'सो दुर्घटनामा मृत्यु भएका व्यक्ति आर्थिक रूपमा निकै कमजोर थिए ।' मृतकहरू घानाको डोरेन ओसुस फेन्कोका बासिन्दा थिए । दुर्घटनापछि तत्कालै हेलिकप्टर परिचालन भएको थियो । पछिल्लो समय सो कार्गो विमानले लन्डन, लागोस, नाइजेरिया तथा पोट्अफ हाकोर्टमा समान ल्याउने लैजाने गरेको थियो । यसैबीच घानाको उपराष्ट्रपति जोन ड्यामिनीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको तत्कालै छानबिन हुने उपराष्ट्रपति जोनले जानकारी दिएका छन् । 'हामी तत्कालै केही भन्न सक्ने अवस्था छैनौँ, तर घटनाको छानबिन हुनेछ,' उनले भने । घानामा २ करोड ५० लाख मानिस बसोबास गर्छन् । पश्चिमी घानामा सन् २००६ पछि विमान दुघर्टना भएको यो दोस्रोपटक हो । यसअघि टाङ एयर डे अनोलमा एक चराले ठक्कर दिँदा ठूलो दुघर्टनाबाट जोगिएको थियो । त्यसवेला विमानमा सवार २५ व्यक्ति नै बाँचेका थिए र कोही पनि घाइते भएका थिएनन् ।
|
|
कायरो/ इजिप्टका पूर्वराष्ट्र्रपति होसनी मुबारकले आफूमाथि लगाइएको आजीवन कारावास सजायविरुद्ध अदालतसमक्ष अपिल गर्ने भएका छन् । इजिप्टको एक अदालतले पूर्वराष्ट्रपति मुबारकलाई शनिबार आजीवन जेल सजायको निर्णय सुनाएको थियो । गतवर्ष इजिप्टमा भएको आन्दोलनमा तत्कालीन राष्ट्र्रपति मुबारकले आन्दोलनकारीमाथि चर्को दमन गरेको अदालतको ठहर छ । गतवर्ष भएको प्रदर्शनमा प्रदर्शनकारीको हत्या गरेको आरोप पनि उनलाई लगाएको छ । गतवर्ष भएको आन्दोलनमा बल प्रयोग गरिएको र कयौँ सर्वसाधारण आन्दोलनकारीको हत्या गरेको आरोपमा पूर्वराष्ट्र्रपति मुबारकका तत्कालीन गृृहमन्त्री हबिब अल-एड्लीलाई पनि आजीवन कारावासको सजाय तोकिएको थियो । यता पूर्वराष्ट्र्रपति मुबारकले आदेशविरुद्व आफूले अपिल गर्ने जानकारी आफ्ना वकिललाई दिएका छन् । मुबारकका अनुसार आन्दोलनकारीमाथि कानुनअनुरूप कारबाही गरिएको थियो । 'आन्दोलनको प्रतिरक्षामा मात्र शासन पक्षले दमन गरेको थियो,' मुबारकलाई उद्धृत गर्दै उनका वकिलले भने । यता वरिष्ठ वकिल यासेर बारले कारबाहीविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने बताए । वकिलका अनुसार माथिल्लो अदालतबाट मुबारकले जित हासिल गर्नेछन् । 'सो अदालतमा हामी एक होइन, दश हजार प्रतिशतमा विजयी हुनेछौँ,' उनले भने । सन् २०११ मा इजिप्टमा मुबारकलाई पदच्यूत गराउने आन्दोलन भएको थियो । सो आन्दोलनमा आठ सय ५० व्यक्तिको मृत्यु भएको थियो । यसैबीच मुबारकलाई दिएको आजीवन कारावासको सजायविरुद्ध आइतबार सयौँ प्रदर्शनकारीले राजधानी कायरोस्थित ताहरी स्वायरमा प्रदर्शन गरेका छन् । तीस वर्षसम्म इजिप्टमा शासन गरेका मुबारकलाई २०११ को जनआन्दोलनबाट अपदस्थ गरिएको थियो । केही प्रदर्शनकारी ताहरी स्वायरमा त्रिपाल लगाएर रातभरि नै बसेका पनि अन्तर्राष्ट्रिय समाचार संंस्थाले जनाएका छन् । प्रदर्शनको क्रममा एक युवक ओमार अब्देल्कादेसले भने, 'हामी रातभर त्यसै स्थानमा बस्छौँ र सम्भवतः सोमबार पनि र यस प्रदर्शनको क्रममा धेरै जनता हामीसँग सहभागी हुनेछन् ।'
|
|
एजेन्सी पेसावर, १९ जेठ विश्व आतंककारी सन्जाल अल कायदाका नेता ओसामा बिन लादेनलाई खोज्ने काममा अमेरिकालाई सघाएको आरोपमा ३३ वर्षको जेल सजाय पाएका चिकित्सक सकिल अपि|mदीले पाकिस्तानी अदालतसमक्ष शुक्रबार अपिल गरेका छन् । उनका वकिलहरूका अनुसार ती चिकित्सकले आफ्नो जेल सजायका विरुद्धमा पाकिस्तानी अदालतमा अपिल गर्ने तयारी गरिरहेको जानकारी यसअघि नै गराइसकेका थिए । गतवर्ष पाकिस्तानको अबोटावादमा अमेरिकी सेनाको कारबाहीमा मारिएका लादेनलाई खोज्ने काममा उनले सघाएको आरोपमा उनलाई पाकिस्तानको एक अदालतले गत मे महिनाको २३ मा ३३ वर्ष जेल सजाय सुनाएको थियो । सो सजाय कानुनसम्मत नरहेको प्रतिक्रिया अमेरिकाले दिँदै आएको थियो । अमेरिकाले सो कारबाही फिर्ता लिन पाकिस्तानलाई आग्रह पनि गरेको थियो । ती चिकित्सकका वकिलहरूले शुक्रबार पाकिस्तानको अदालतमा सो जेल सजायका विरुद्धमा अपिल गरेको पाकिस्तानका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । गतवर्षको मे महिनामा अमेरिकी सेनाले बिन लादेनको हत्या गरेपछि अपि|mदीलाई प्रहरीले पक्राउ गरेको थियो । उनले सो अबोटाबादमा एक भ्याक्सिन पसल सञ्चालन गर्दै आएका थिए । शुक्रबार पाकिस्तानको उक्त अदालतमा चिकित्सकका भाइ जमिल अपि|mदीले सो अपिल दायर गरेको बताइएको छ । थुनामा रहेका आफ्ना दाजुको तर्फबाट सो अपिल दर्ता गराइएको बताइएको छ । तेत्तीस वर्षको जेल सजाय तोकिएको सो निर्णयलाई पाकिस्तान र बाहिरका मानवअधिकारवादीले पनि विरोध गरेका थिए । चिकित्सक अपि|mदीले पनि आफूमाथिको सो आरोपको खण्डन गर्दै आएका छन् । पाकिस्तानकोे अदालतले भने सो कामका लागि ती चिकित्सकले नै सघाएका प्रशस्त प्रमाणहरू फेला परेको बताएको छ । बिन लादेनका चिकित्सक भई काम गरिसकेका अपि|mदीले अमेरिकी सेनालाई बिन लादेनको डिएनएसमेत उपलब्ध गराएको प्रमाण पनि प्राप्त भएको भनाइ पाकिस्तान सरकारको छ । आफ्नो भूमिमा विदेशी सेनाले प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिको हत्याको लागि ती चिकित्सकले सघाएकाले उनलाई देशद्रोहको मुद्दा पाकिस्तान सरकारले लगाएको थियो । देशद्रोहको गल्तीका कारण उनलाई ३३ वर्षको जेल सजाय सुनाइएको बताइएको छ । साथै उनले बिन लादेनका परिवारकै डिएनए परीक्षण गर्ने प्रयोजनका लागि नै एक नक्कली चिकित्सालय नै स्थापना गरेको पनि पाकिस्तान सरकरको भनाइ छ । पाकिस्तानी प्रहरीले निज चिकित्सकलाई पक्राउ गरेपछि अक्टोबर महिनामा पाकिस्तानको आयोगले उनलाई देशद्रोहको मुद्दा चलाउनु पर्ने सुझाब दिएको थियो । अमेरिकी प्रतिरक्षामन्त्री प्यानेटाले सिबिएस टेलिभिजनमा अपि|mदीले पाकिस्तानप्रति द्रोह नगरेको दाबी गरे । पाकिस्तानले भने आफ्नो सार्वभौमसत्ताको उल्लंघन भएको दाबी गरेको छ । पाकिस्तानले बिन लादेन कहाँ छ भन्ने कुरा आफूलाई थाहा नभएको दाबी गर्दै उक्त आक्रमणले उसको अमेरिकासँगको सम्बन्ध बिगि्रएको दाबी गरेको थियो । आलोचकहरूले अपि|mदीले सरकारले भनेजस्तो अपराध नगरेकाले आदिवासी कानुनअनुसार मुद्दा चलाउनु उपयुक्त नभएको दाबी गरेका छन् । अपि|mदीमाथि मुलुकविरुद्ध अपराध तथा पाकिस्तानविरुद्ध युद्धप्रयासको आरोप लगाइएको थियो ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |