Tuesday, May 21, 2013

खेलकुद
थ्री स्टार बराबरीमै रोकियो पीडीएफ मुद्रण इमेल

दीपेन्द्र गुरुङ/नयाँ पत्रिका
काठमाडौं, २४ वैशाख
एएफसी प्रेसिडेन्ट कप छनोट प्रतियोगिताअन्तर्गत समूह 'ए'को पहिलो खेलमा सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन थ्री स्टार बराबरीमै रोकिएको छ । घरेलु मैदान दशरथ रंगशालामा थ्री स्टार बंगलादेशी लिग च्याम्पियन अबाहनी लिमिटेडसँग १-१ गोलको बराबरीमै रोकिएको हो ।
थ्री स्टारले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लियो । यसविपरीत थ्री स्टारले दोस्रो हाफमा लय समात्न सकेन । मध्यान्तरपछि पेनाल्टी अवसर गुमाउँदा थ्री स्टार अबाहनीसँग अंक बाड्न बाध्य भयो । थ्री स्टारलाई खेलको १५औँ मिनेटमा जगजितले पि|mकिकमा उत्कृष्ट गोल गर्दै १-० ले अग्रता दिलाएका थिए । अबाहनीको डिबक्स लाइननजिक जगजितले पहिलो बार च्याप्दै उत्कृष्ट पि|mकिक गोल गरेका हुन् । जगजितको पि|mकिकलाई बंगलादेशका डिफेन्डर र गोलरक्षक मोहम्मद सहिदुल अलामले ठम्याउन सकेनन् । डिफेन्डरको गल्तीमा मध्यान्तरअघि थ्री स्टारले १-१ को बराबरी गोल बेहोर्‍यो ।
अबाहनीका मिडफिल्डर तहिदुल तौहिदले बायाँ कर्नरनजिकबाट प्रहार गरेको बल थ्री स्टारका डिफेन्डरले रोक्न खोज्दा सीधै गोलमा परिणत भयो । तौहिदले प्रहार गरेको बललाई डिफेन्डर सन्दीप राईले क्लियर गर्न खोज्दा नजिकै रहेका गोलरक्षक किरण चेम्जोङको खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको ७१औँ मिनेटमा थ्री स्टारले २-१ ले अग्रता लिने मौका गुमायो । राइट विंगर प्रकाश बुढाथोकीलाई अबाहनीका अउदु इब्राहिमले डिबक्सभित्र लडाएपछि कुवेती रेप|mी अली सवनले घरेलु टोलीलाई पेनाल्टी अवसर दिए । पेनाल्टीमा जगजितको प्रहारलाई अबाहनीका गोलरक्षक अलामले उत्कृष्ट बचाउ गरेपछि थ्री स्टारले पहिलो खेलबाटै स्पष्ट तीन अंक लिने अवसर चुकायो ।
थ्री स्टारले यो सिजनमा ६ मध्ये पाँच खेलाडीलाई पहिलो रोजाइमै पूरै समय मैदानमा उतारेको थियो । गत साता रंगशालामै भारतीय आई लिग क्लब मोहन बगानविरुद्ध ती पाँच खेलाडीलाई पहिलो रोजाइमा उतारिएको थियो । खेलमा थ्री स्टारले आधा दर्जन बढी गोल अवसर खेर फाल्यो । अपि|mकन स्ट्राइकर फेमी एदियुमीले अबाहनीका गोलरक्षक अलामसँग वान भर्सेस वानको दुई अवसरमा गोल गर्न चुके ।
जगजितको तीन उत्कृष्ट क्रसमा सन्तोष साहुखल सदुपयोग गर्न चुकेका थिए खेलपछि थ्री स्टारका प्रशिक्षक अञ्जान केसीले डिफेन्डरबीच तालमेल नमिल्दा गोल भएको बताए । उनले खेलाडीहरूको प्रदर्शनप्रति पनि असन्तुष्टि जनाए । उनले भने, 'डिफेन्समा तालमेल नमिल्दा गोल खान पुग्यौँ, खेलाडीहरूको प्रदर्शनको कुरा गर्दा राम्रै खेले तर अघिल्लो खेलको प्रदर्शनलाई तुलना गर्दा म सन्तुष्ट छैन ।'
प्रशिक्षक केसीले दोस्रो खेल महत्त्वपूर्ण रहेको पनि उल्लेख गरे । 'हामीले कुनै पनि टोलीलाई कमजोर आँकेका छैनौँ, तर अबाहनीभन्दा अन्य दुई टोली कमजोर छन्, त्यसैले हाम्रा लागि अब दोस्रो खेल महत्त्वपूर्ण छ,' उनले भने ।
यता अबाहनीका प्रशिक्षक अर्देसिर नौदेहीले खेलाडीहरूले प्राविधिक रूपमा राम्रो प्रदर्शन गरेको उल्लेख गरे । यद्यपि आफूले जितको योजना बनाए पनि सफल नभएको बताए । 'जित हाम्रो पहिलो योजना हो, बराबरी दोस्रो योजना,' उनले भने, 'हामी पहिलो योजनामा सफल भएनौँ तर नतिजा पनि नराम्रो छैन ।'

 
नेपाल यू-१९ एलिट कपको सेमिफाइनलमा पीडीएफ मुद्रण इमेल

दीपेन्द्र गुरुङ/नयाँ पत्रिका
काठमाडौं, २३ वैशाख
बायाँहाते मध्यम गतिका बलर अविनाश कर्णले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि नेपाल एसिसी यू-१९ एलिट कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताको सोमबार बहराइनलाई १९६ रनले स्तब्ध पार्दै समूह चरणको एक खेलअघि नै नेपाल अन्तिम चारमा पुगेको हो ।
चारपटकको उपाधि विजेता नेपाल एसिसी यू-१९ एलिट कपको सबै संस्करणको सेमिफाइनल खेल्ने पहिलो टोली बनेको छ । सन् १९९७ बाट यू-१९ एलिट कप सुरु हुँदा नेपाली युवा टोलीले सबै संस्करणको सेमिफाइनल खेलेको छ ।
नेपाली यू-१९ टोलीले सन् २००१, २००३, २००४ र २००७ मा लगातार चारपटक उपाधि चुमेको थियो । सन् १९९९ र २०११ मा नेपाल उपविजेता बन्दा पहिलो संस्करण र सन् २००९ मा सेमिफाइनलबाटै बाहिरिएको थियो ।
बहराइनलाई पराजित गरेसँगै नेपालले समूह 'बी'मा तीन खेलबाट ६ अंक पुर्‍याएको छ । खेलमा ६ अंक नै रहेको आयोजक मलेसिया भने दोस्रो स्थानमा छ । नेट रनरेटमा मलेसिया पछि रहेकाले नेपाल शीर्ष स्थानमा रहेको हो । समूह 'बी'मा अन्य टोली कतार, कुवेत र बहराइन अन्तिम चरणको एक खेल बाँकी छँदा अंक तालिकामा चारभन्दा बढी अंकले पछि परेकाले नेपाल र मलेसिया अन्तिम चारमा पुगेका हुन् ।
बहराइनविरुद्ध सहज जित हात पार्ने क्रममा नेपाली टोलीले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन देखायो । नेपाली टोलीको जितमा अविनाशको बलिङ महत्त्वपूर्ण रह्यो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कप्तान भुवन कार्कीको ८३ रनको विस्फोटक ब्याटिङको मद्दतमा ९ विकेट गुमाउँदै २५९
रन जोड्यो ।
कप्तान भुवनले नेपालका लागि ६३ बलको सामना गर्दै विस्फोटक ब्याटिङ गरेका थिए । ललिथ लालको बलमा मोहमेद समिरद्वारा क्याचआउट हुनुअघि भुवनले तीन छक्का र आठ चौका प्रहार गरेका थिए ।
सुरुवातका ब्याट्सम्यानहरू मध्यम योगफलमै पभेलियन फर्किएपछि टोलीका अनुभवी खेलाडी एवं कप्तान भुवनले नेपाली इनिङ सम्हालेका थिए । ओपनर ब्याट्सम्यानद्वय अमित श्रेष्ठ -२२) र निश्चल पाण्डे -१६) मध्यम योगफलमा आउट भएका थिए ।
बिभत्सु थापाले ४४ रन जोड्दा, निर्मल थापा २५ रन तथा पवन श्रेष्ठले १३ रन जोडे । त्यसबाहेक हरिशंकर शाहले १० रन जोड्दा अविनाश -९) र राहुलप्रताप सिंह -१) सस्तैमा पभेलियन फर्किए । सुशान्त भारी -०) र रामनरेश गिरी -४) अविजित रहे । बहराइनका ललिथले नेपालको तीन विकेट लिए भने जयन अनान्धक्रिस्नान र अदिल नसिरले दुई-दुई
विकेट लिए ।
प्रत्युत्तरमा २६० रनको लक्ष्य पछ्याएको बहराइनविरुद्ध कीर्तिमानी बलिङ गर्दै अविनाशले सहज जित दिलाए । अविनाशले ८ ओभर बलिङ गर्दै आठै विकेट लिँदा बहराइन २१ ओभरमा ६३ रनमै सीमित भयो ।
अविनाशले तेस्रो ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार ह्याटि्रक विकेट लिए । बहराइनले स्कोरबोर्डमा ९ अंक जोड्दा पहिलो विकेट लिएका अविनाशले लगातार ६ ब्याट्सम्यानलाई आफैँले आउट गराए ।
बहराइनका लागि अक्षय कृष्ह -२२) र ललिथ लाल -१७)बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन योगदान गर्न सकेनन् । अविनाशले चौथो, पाँचौँ र छैटौँ नम्बरका क्रिजमा छिरेका जयन -०), उबइद मिन्हास -०) र सैरस डिसुजा -०)लाई बोल्ड गर्दै कीर्तिमानी ह्याटि्रक पूरा गरेका थिए ।

अविनाशको कीर्तिमान

मलेसियामा जारी एसिसी यू-१९ एलिट कप क्रिकेटमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाली खेलाडीले उत्कृष्ट मात्रै होइन कीर्तिमानी प्रदर्शनसमेत गरिरहेका छन् । गत शुक्रबार कुवेतविरुद्धको खेलमा नेपाली बलर यज्ञमान कुमालले विनाकुनै रन ३ विकेट लिएका थिए । त्यसको तीन दिनपछि अर्का बलर अविनाश कर्णले अर्काे कीर्तिमान थपे । उनले बहराइनविरुद्ध ८ ओभर बलिङ गर्दै आठ विकेट लिए । जसमा तीनको इकोनोमीमा दुई ओभर मेडन फ्याँक्दै २४ रन खर्चिए । तर, उनले तेस्रो ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै ह्याटि्रक गरे ।
अन्तर्राष्ट्रिय क्रिकेटमा समेत दुर्लभ मानिने उक्त कीर्तिमान कायम गर्ने कर्ण दोस्रो नेपाली खेलाडी बने भने यू-१९ टोलीका लागि पहिलो खेलाडी बने । वीरगन्जका कर्णले जयन -०), उबइद मिन्हास -०) र सैरस डिसुजा -०)लाई लगातार आउट गरेका थिए । यो प्रदर्शनसँगै कर्णले आफूलाई उमेर समूहका उदाउँदा बलरका रूपमा प्रमाणित गरेका छन् ।
१८ वषर्ीय कर्णसँग घरेलु क्रिकेटमा अर्काे कीर्तिमानसमेत जोडिएको छ । उनले यसअघि सन् २०१० मा काठमाडौंमै आयोजित वाइवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर-६ बैतडीको पूरै १० विकेट लिएका थिए ।
यसअघि राष्ट्रिय टोलीका पूर्वसदस्य मेहबुब आलामले सन् २००८ मा न्युजर्सीमा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ अन्तर्गत मोजाम्बिकविरुद्धको खेलमा पूरै १० विकेट लिँदै कीर्तिमान कायम गरेका थिए ।

 
एन्फाको नयाँ निर्देशिका पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, २३ वैशाख
आर्थिक संकट कारण देखाउँदै क्लबहरूले फुटबलबाट टाढिने वा खर्च कटौती गर्न थोरै प्रतियोगितामा सहभागिता जनाउने निर्णय लिइरहेका वेला अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने क्लबका लागि बाध्यकारी निर्देशिका ल्याएको छ ।
एन्फाले जेठको दोस्रो साताबाट सुरु हुने वर्षकै पहिलो नकआउट फुटबल प्रतियोगिता गोर्खा कपका लागि 'ए' डिभिजनका सबै क्लबले सहभागिता जनाउनुपर्ने बाध्यकारी निर्देशिका ल्याएको छ । एन्फाले क्लबहरूलाई पठाएको प्रतियोगिता निर्देशिकामा सहभागी नभए वा भएर बीचैमा छाडेको विभिन्न अवस्थामा जरिवानासमेत तोकेको छ ।
एन्फा सिइओ इन्द्रमान तुलाधारका अनुसार निर्देशिकामा प्रतियोगिताका लागि क्लब दर्ता नगरे तीन लाख जरिवानका साथै ०७० को लिगमा तीन अंक घटाइने उल्लेख छ । टोली दर्ता गरेर पनि 'ड्र' सार्वजनिक तथा प्रतियोगिता खेल्न उपस्थित नभए चार लाख जरिवानाका साथै ०७० को लिगमा ६ अंक घटाइनेछ ।
यस्तै टोली दर्ता एवं 'ड्र' सार्वजनिक गर्ने वेला उपस्थित भएर पनि प्रतियोगिता नखेलेको अवस्थामा क्लबहरूलाई पाँच लाख जरिवानाका साथै ०७० को लिगमा ९ अंक घटाइने निर्देशिकामा उल्लेख गरिएको सिइओ तुलाधारले जानकारी दिए ।
एन्फाले ९ जेठबाट सुरु हुने प्रतियोगिताका लागि आउँदो बिहीबारसम्म टोली दर्ता गरिसक्न पत्रमार्फत क्लबलाई आग्रह गरेको छ । एन्फाको यस्तो निर्णयप्रति क्लबहरूले भने आपत्ति जनाएका छन् । आर्थिक संकटको कारण देखाउँदै फुटबल खेल्ने वा नखेल्ने दोधारमा रहेको 'ए' डिभिजनको क्लब मच्छिन्द्रले एन्फाको नयाँ नियमले क्लबहरू थप संकटमा परेको बताएको छ ।
मच्छिन्द्रका अध्यक्ष जिवेन्द्रलाल कर्माचार्यले एन्फाले क्लबहरूमाथि निर्णय लादेको बताए । एन्फाले क्लबहरूसँग कुनै छलफलै नगरी एकलौटी निर्णय लिएको उनको आरोप छ । 'एन्फाले क्लब दर्ता गर्न दिएको १५ वैशाखको अन्तिम डेटलाइनमा हामीले टोली दर्ता गर्‍यौँ, तर क्लबहरूसँग सल्लाहै नगरी १८ वैशाखमा गोप्य चिठीमार्फत आर्थिक कारबाही गर्ने प्रावधानसहितको निर्देशिका आयो,' उनले नयाँ पत्रिकासँग भने, 'यसअघि एन्फाले क्लबहरूसँग सल्लाह गरेर निर्देशिका बनाउने गथ्र्याे, अहिले एक्कासि यस्तो निर्णय आएको छ, एन्फाले आफ्नो निर्णय लाद्ने काम गर्‍यो, यसले हामीलाई फुटबल खेल्ने वा नखेल्ने थप दोधारमा पारेको छ ।'
उनले एन्फाको निर्देशनअनुसार मच्छिन्द्रले फुटबल खेल्न सक्ने अवस्था नरहेको बताए । 'एन्फाले २५ वैशाखभित्र टोली दर्ता गर्न भनेको छ, यतिखेरसम्म न खेलाडी छन्, न जर्सी छ, न प्रायोजक छ, दुई दिनभित्र कुन खेलाडी दर्ता गर्न लानु,' उनले भने, 'पदाधिकारी गएर मैदानमा खेलेर पनि नहुने, एन्फाको निर्णयले क्लबहरू थप समस्यामा परेका छन् ।'
उनले एन्फाले यो निर्णय फिर्ता नलिए थप क्लबहरूले 'ए' डिभिजन त्याग्न सक्ने अवस्था आउने बताए । उनले भने, 'एनआरटीले नखेल्ने निर्णय लिएकाले एन्फाले हतारमा यस्तो निर्णय लिएको हुन सक्छ, तर यो व्यवस्थामा क्लबहरूले खेल्न सक्दैनन्, बरु थप क्लबहरूले एनआरटीको बाटो रोज्नेछन् ।' अध्यक्ष कर्माचार्यले प्रतियोगिता तयारीका लागि थप समय दिनुपर्ने बताए ।
'हामीलाई यस्तो निर्णयबारे पहिले नै जानकारी भएको भए, क्लब दर्ता नगर्ने निर्णय पनि हुन सक्थ्यो,' उनले भने, 'अहिले हतारमा यस्तो निर्णय आएको छ, दुई-चार दिनमा टोली बनाउन सकिन्न, केही समय पाएको भए हामी त्यसका लागि तयारी गर्न सक्थ्यौँ ।'
यता एन्फाका सिइओ तुलाधरले भने क्लबहरूसँगको सल्लाहमै निर्देशिका तयार पारिएको जानकारी दिए । उनले भने, 'हामीले चैतको अन्तिम साता सबै क्लबहरूसँग सल्लाह गरेका थियौँ, एकलौटी निर्णय लिएको हैन, आवश्यक परेको अवस्थामा फेरि पनि क्लबहरूसँग छलफल गर्नेछौँ ।'
सिइओ तुलाधरले क्लबहरूले प्रतियोगिताको २४ घन्टाभित्र क्लब दर्ता गर्न सक्ने पनि जानकारी दिए । 'हामीले क्लबहरूलाई चिठीमा २५ वैशाखभित्र टोली दर्ता गरेर सहयोग गरीदिन आग्रह गरेका हौँ,' उनले भने, 'तर त्यो बाध्यकारी हैन, क्लबहरूले प्रतियोगिताको २४ घन्टाअघि सम्म टोली दर्ता गर्न पाउँछन् ।'

 
प्रेसिडेन्ट कपको छनोट तयारी पूरा पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, २२ वैशाख
आयोजक अखिल नेपाल फुटबल संघ -एन्फा)ले आसन्न एएफसी प्रेसिडेन्ट कपअन्तर्गत समूह 'ए'को छनोट प्रतियोगिताको अन्तिम तयारी पूरा भएको जनाएको छ । एन्फाले प्रतियोगितामा सहभागी क्लब तथा प्राविधिक टोली नेपाल आइसकेको जनाकारी दिएको छ ।
एन्फाले प्रतियोगितामा सहभागी हुने टोलीमध्ये बंगलादेशको लिग च्याम्पियन अवाहनी लिमिटे र मंगोलियाको इर्चिम यसअघि नै नेपाल आइसकेको जनाएको छ । चाइनिज ताइपेईको ताइवान पावर कम्पनी आइतबार साँझ नेपाल आइपुगेको छ ।
प्रतियोगिताका लागि एएफसीद्वारा नियुक्त गरिएका म्याच अफिसियलहरू आइसकेका छन् । एन्फाले विदेशी क्लबका लागि अभ्यास गर्न नेपाल पुलिस, एपिएफ र सेनाको लगनखेलस्थित मैदान उपलब्ध गराएको छ । आउँदो मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, मंगोलिया र चाइनिज ताइपेईको लिग च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दै छन् । नेपालबाट २०६९ को सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन थ्री स्टारले प्रतिस्पर्धा गर्दै छ ।
प्रतियोगिताको अन्तिम दुई टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् । सहभागी चार टोलीले एक आपसमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता मंगलबार, बिहीबार र शनिबार सञ्चालन हुनेछन् ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »