|
दीपेन्द्र गुरुङ/नयाँ पत्रिका काठमाडौं, ८ वैशाख राष्ट्रिय टोलीका कप्तान सागर थापा मनाङमस्र्याङ्दी क्लबमा अनुबन्ध भएका छन् । उनी एक वर्षको सम्झौतामा मनाङ आएका हुन् । मनाङका महासचिव बाली गुरुङले सागरलाई अनुबन्ध गरेको जानकारी दिए । महासचिव गुरुङले नयाँ पत्रिकासँग भने, 'हामीले सागरलाई अनुबन्ध गरेका छौँ, उनी र क्लबबीच सम्झौता भइसकेको छ, अब केही दिनपछि अखिल नेपाल फुटबल संघ -एन्फा)मा दर्ता गर्नेछौँ ।' महासचिव गुरुङले सागरलाई कति रकममा अनुबन्ध गरेको भन्नेबारे भने खुलाउन चाहेनन् । 'यत्ति नै भनेर नभनौँ, तर हामीले उनलाई सहमतिमै राम्रो तलब दिएका छौँ,' उनले भने । सागरको यो मनाङसँगको दोस्रो अनुबन्ध हो । यसअघि उनी ०६२ मा पनि मनाङसँग आबद्ध भएका थिए । त्यसवेला मनाङ छैटौँपटक लिग च्याम्पियन बनेको थियो । ०५८ मा प|mेन्ड्सबाट व्यावसायिक फुटबल सुरु गरेका सागरले ०६० मा संकटाबाट पहिलोपटक 'ए' डिभिजन खेलेका थिए । त्यसवेला उनी लिगकै उत्कृष्ट डिफेन्डर घोषित भएका थिए । ०६४ मा न्युरोड टिम -एनआटी)सँग अनुबन्ध भएका उनी ०६८ को लिगमा हिमालयन शेर्पाबाट खेले । सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध उत्कृष्ट पि|mकिक गोल गरेपछि उनको चर्चा चुलियो । त्यससँगै घरेलु फुटबलमा ठूलो रकम माग गर्ने उनी ०६९ को सिजनको सुरुवातका केही समय क्लबविहीन बने । उनी ०६९ को लिग सुरु हुनुपूर्व फेरि एक दशकपछि पुनः प|mेन्ड्स फर्किएका थिए । प|mेन्ड्सलाई केही युवा खेलाडी लिएर टोली बनाएका उनले गत सिजन 'ए' डिभिजन लिगमा टोलीलाई चौथो बनाए । त्यसलगत्तै उनले ०७० को सिजनका लागि मनाङ रोजेका हुन् । सागरको आगमनले क्लबले थप सफलता प्राप्त गर्ने महासचिव गुरुङले बताए । उनले भने, 'हामीले यसपटक राम्रो टोली बनाएर लिग खेल्ने योजना बनाएका थियौँ, केही खेलाडीले हामीसँग वाचा गरेर पनि धोका दिए, तर सागरको आगमनपछि हामी खुसी छौँ, अब हामीले सोचेको टोली बन्नेछ ।' उनले नयाँ सिजनका लागि सागरसहित मिडफिल्डर रूपेश केसी र डिफेन्डर कृष्ण कँुवरलाई पनि अनुबन्ध गरेको जानकारी दिए । रूपेश र कृष्ण दुवै ०६९ को सिजन हिमालयन शेर्पाबाट खेलेका थिए । महासचिव गुरुङले केही दिनभित्र थप खेलाडीसँग पनि सम्झौता गर्ने जानकारी दिए । उनले भने, 'हामीले थप केही खेलाडीसँग पनि कुरा गरेका छौँ, उनीहरू सबैलाई अनुबन्ध गरी एकैपटक एन्फामा दर्ता गर्नेछौँ ।' महासचिव गुरुङले अनुबन्ध गरेका खेलाडीलाई कति-कति तलब दिनेबारे नखुलाए पनि ३० देखि ७५ हजारसम्म मासिक तलब दिने सम्झौता भएको बताए । मनाङले नयाँ सिजनका लागि कप्तान अनिल गुरुङसहित मिडफिल्डर शिव श्रेष्ठ र अपि|mकन मूलका डिफेन्डर मिबिल स्टेफेनलाई अनुबन्ध गरिसकेको छ । यस्तै नयाँ खेलाडीका रूपमा यसअघि नै मच्छिन्द्रका विशाल राई 'बी'लाई अनुबन्ध गरिसकेको छ ।
|
|
लन्डन/ साबिक विजेता म्यानचेस्टर सिटी इंग्लिस पि्रमियर लिगअन्तर्गत आइतबारको खेलमा टोटेनहामसँग ३-१ गोलले पराजित भएको छ । पराजयसँगै सिटीको उपाधि सम्भावना क्षिण भएको छ । टोटेनहामसँगको पराजयपछि ३३ खेलबाट सिटीको ६८ अंक छ । उत्ति नै खेल खेलेको म्यानचेस्टर युनाइटेडको ८१ अंक छ । युनाइटेडले लिगको पाँच खेल बाँकी छँदै सिटीसँग स्पष्ट १३ अंकको अग्रता लिएको छ । यो खेलमा सिटीले जित नतिजा निकालेको भए युनाइटेडसँगको दूरी १० अंकमा झार्ने अवसर थियो । अब युनाइटेडलाई पि्रमियर लिग उपाधि उचाल्न मात्र तीन अंक आवश्यक छ । यस्तै सिटी एक खेलमा पराजित भए युनाइटेड सबै खेलमा पराजित भएर पनि उपाधि चुम्नेछ । तीन खेलमा बराबरी नतिजा बेहोरे पनि उसको उपाधि पक्का हुनेछ । आइतबार साँझ आफ्नै घरेलु मैदान ह्वाइट हर्ट लेनमा भएको खेलमा टोटेनहामले सिटीलाई सहज पराजित गर्यो । खेलमा अग्रता सिटीले लिएको थियो । खेलको पाँचौँ मिनेटमा गोल गर्दै सामिर नसरीले पाहुना टोली सिटीलाई १-० ले अघि राखेका थिए । उनले जेम्स मिलरको पास सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, सो अग्रता लामो समयसम्म राख्न नसक्दा सिटी पराजित भयो । टोटेनहामले खेलको ७५औँ मिनेटपछि सात मिनेटको अन्तरमा लगातार तीन गोल गर्दै जित हात पार्यो । खेलको ७५औँ मिनेटमा क्लिन्ट डेम्पसेले गरेथ बेलको पास सदुपयोग गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसको चार मिनेटपछि खेलको ७९औँ मिनेटमा जर्मेन डिफोईले घरेलु टोलीलाई २-१ अघि राखे । उनलाई जर्मन मिडफिल्डर लेविस हल्टवीले गोल अवसर जुटाइदिएका थिए । त्यसपछि खेलको ८२औँ मिनेटमा सिटीका समर्थकलाई थप दुःखी तुल्याउँदै गरेथ बेलले टोटेनहामका लागि गोल गर्दै अग्रता ३-१ मा पुर्याए । त्यसपछिको खेलमा सिटीले गोल फर्काउन नसकेपछि टोटेनहामले विजयी भयो । जितका साथ टोटेनहामले ३३ खेलमा ६१ अंक पुर्याएको छ । अंक उत्ति नै भएपनि टोटेनहाम चेल्सीसँग गोल अन्तरमा पछि परेपछि अंक तालिकाको पाँचौँ स्थानमा छ ।
|
|
म्याडि्रड एजेन्सी, ८ वैशाख बार्सिलोनाले मंगलबार हुने बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगका लागि चोटग्रस्त लियोनल मेसीलाई टोलीमा समावेश गरेको छ । बार्सिलोनाले डाक्टरको सल्लाहविना मेसीलाई टोलीमा समावेश गरेको हो । स्पेनिस लिगअन्तर्गत खेलका क्रममा 'ह्यार्मस्टि्रङ' भएका उनी पछिल्लो समय बेन्चमै बस्ने गरेका थिए । त्यही चोट पूर्ण ठीक नभइसकेकाले मेसीलाई डाक्टरले मैदानमा उत्रन पूर्ण अनुमति दिएको छैन । तर, बार्सिलोनाले प्रतियोगिताका लागि २१ खेलाडीको टोली सार्वजनिक गर्दा मेसीलाई पनि समावेश गरेको छ । पहिलो लेगका लागि बार्सिलोना सोमबार जर्मनी पुग्दै छ । क्लबले भने मेसीले पछिल्लो समय ट्रेनिङमा पूरा समय बिताएकाले टोलीमा समावेश गरिएको जनाएको छ । 'मेसीलाई डाक्टरले अझै पनि खेल्नका लागि पूर्ण अनुमति दिएको छैन, तर उनले आइतबार सदाझैँ ट्रेनिङमा भाग लिए,' बार्सिलोनाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ, 'त्यसैले हामीले उनलाई टोलीमा समावेश गरेका हौँ, उनी बायर्नविरुद्धको अन्तिम २१ सदस्यीय टोलीमा समावेश हुनेछन् ।' मेसी चोटका कारण गत १० अपि्रलमा पेरिस सेइन्ट जर्मेन -पिएसजी) विरुद्ध भएको क्वाटरफाइनलको दोस्रो लेगयता बेन्चमा बसेका छन् । त्यसयता उनी बायर्नविरुद्धको खेलमा पहिलोपटक मैदानमा उत्रने अपेक्षा गरिएको छ । यसपटक बार्सिलोनाको टोलीमा महत्त्वपूर्ण तीन खेलाडी अनुपस्थित हुने बार्सिलोनाले जनाएको छ । बायर्नविरुद्धको अनुपस्थित हुने खेलाडीमा जेभियर मास्केरानो, कार्लाेस पुयोल र प्रतिबन्धमा रहेका एन्डि्रयानो छन् । यी तीन खेलाडीको अनुपस्थितिमा बायर्नविरुद्ध २२ वषर्ीया सेन्टरब्याक मार्क बार्ताले अवसर पाउने सम्भावना बढेको छ । उनले जेरार्ड पिकेको साथमा बार्सिलोनाको डिफेन्स लाइन सम्हाल्नेछन् ।
|
|
एजेन्सी लन्डन, ५ वैशाख स्पेनिस क्लब रियल म्याडि्रड विश्वकै धनी क्लब बनेको छ । धनीहरूको सूची सार्वजनिक गर्दै आएको अमेरिकन म्यागजिन फोब्सले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा रियल पहिलोपटक विश्वकै धनी क्लब भएको हो । रियलले यस उपलब्धिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पछि पार्यो । युनाइटेड धनी क्लबहरूको सूचीमा दोस्रो स्थानमा झरेको यो पहिलो अवसर हो । यसअघि फोब्सले सन् २००४ देखि सूची सार्वजनिक गर्न सुरु गरेयता युनाइटेड लगातार शीर्ष स्थानमा रहँदै आएको थियो । त्यसयता युनाइटेड लगातार नौ वर्ष विश्वकै धनी क्लबका रूपमा शीर्ष स्थानमा रह्यो । फोब्सले रियल म्याडि्रडको मूल्य २.१५ बिलियन पाउन्ड रहेको मूल्यांकन गरेको छ । यस्तै युनाइटेडको मूल्य २.०७ बिलियन पाउन्ड भएको फोब्सले जनाएको छ । अर्काे स्पेनिस क्लब बार्सिलोना ४३४ मिलियन पाउन्डका साथ तेस्रो हुँदा इंग्लिस क्लब आर्सनल चौथो स्थानमा रह्यो । जर्मन क्लब बायर्न म्युनिख शीर्ष पाँचभित्र अटाएको छ । फोब्सले सूची सार्वजनिक गर्दै भनेको छ, 'हामीले फुटबल क्लबहरूको मूल्यांकन गर्न सुरु गरेयता पहिलोपटक म्यानचेस्टर युनाइटेड शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ, उसलाई रियलले उछिनेको छ ।' फोब्सले रियलले स्पेनमा आर्थिक मन्दीका बखत पनि उत्तिकै रकम भित्र्याएको जनाएको छ । बेलायती पत्रिका द सनले फोब्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ, 'मैदानमा सुपर स्टार क्रिस्टियानो रोनाल्डोजस्ता फुटबलर, बेन्चमा जोजे माउरिन्होजस्ता प्रशिक्षक र अर्बपति मालिक फ्लोरेन्टिनो लोपेजको मिलन सफलताको मुख्य आधार हो ।' फोब्सले यस वर्ष फुटबलमा गत वर्षको भन्दा २६ प्रतिशतले लगानीमा वृद्धि भएको जनाएको छ । इटालियन सिरी 'ए' क्लब एसी मिलान छैटौँ स्थानमा रहेको छ । एसी मिलान यसपटक एक वर्षमा आफ्नो मूल्य गुमाउने शीर्ष दशभित्रको एक्लो क्लब पनि बनेको छ । गत वर्ष पि्रमियर लिग च्याम्पियन बनेको म्यानचेस्टर सिटी चार स्थान सुधार गर्दै नवौँ स्थानमा पुगेको छ । त्यसपछि अर्काे इंग्लिस क्लब लिभरपुल रहेको छ । यस्तै टोटेनहाम ११औँ स्थानमा रहँदा जर्मन क्लब साल्के १२औँ स्थानमा पुगेको छ । यसमा रोचक प्रसंग भने यसअघि विश्वकै धनी क्लबका रूपमा चर्चा गरिएको प|mान्सेली क्लब पेरिस सेइन्ट जर्मेन भने फोब्सको शीर्ष २० को लिस्टमा अटाएको छैन ।
|
|
|
|
|
|