Thursday, Jun 20, 2013< /p>

खेलकुद
क्यानद्वारा क्रिकेटरलाई एक लाख पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, १ जेठ
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप डिभिजन-३ को विजेता नेपाली टोलीलाई सम्मान गरेको छ । क्यानले टोलीका प्रत्येक सदस्यलाई बुधबार एक लाख रुपैयाँ प्रदान गरेको छ । क्यानको इतिहासमा अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता प्राप्तपछि प्रत्येक खेलाडीलाई पहिलोपटक एक लाख रुपैयाँ प्रदान गरी सम्मान गरेको हो ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले टोलीका प्रत्येक खेलाडीलाई ३ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । एक सातादेखि च्याम्पियन खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम धमाधम भइरहेको छ । डेढ साताअघि बर्मुडामा सम्पन्न आइसिसी डिभिजन-३ मा नेपालले फाइनलमा युगान्डालाई पाँच विकेटले हराउँदै उपाधि उचालेको थियो । डिभिजन-३ को प्रारम्भिक खेलमा नेपाल अमेरिका तथा युगान्डासँग हारेको थियो ।
त्यसपछि नेपालले आयोजक बर्मुडा, ओमान तथा इटालीमाथि सानदार जित दर्ता गरी छनोटको आशा जगाएको थियो । समूह चरणको अन्तिम खेलमा अमेरिका बर्मुडासँग हारेपछि रनरेटका आधारमा नेपाल फाइनलमा पुगेको हो ।
सन् १९९७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालले डिभिजन-३ को उपाधि जित्नु अहिलेसम्मकै ठूलो सफलता हो । नौ महिनापछि सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीले छनोट खेलमा प्रतिस्धर्पा गर्नेछ ।
सो छनोटमा शीर्ष दुई स्थानमा उक्लने टोली विश्वकपमा छनोट हुनेछन् । साथै पहिलो चार स्थान पाउने टोलीले एकदिवसीय मान्यता पाउनेछन् । नेपाली टोली विश्वकपमा प्रतिस्पर्धा गर्न एक कदम टाढा छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले विश्वकप खेल्ने सपना छिटै पूरा हुने बताए । तर, यसका लागि सबै क्षेत्रबाट ठूलो सहयोग हुनुपर्नेमा कप्तान खड्काले जोड दिएका छन् ।
'हामी विश्वकप खेल्न नजिक छौँ, हामी सबैका चाहना विश्वकप खेल्नु हो, तर यसका लागि सबै क्षेत्रबाट सहयोग हुनु जरुरी छ,' पारसले भने, 'यसमा निजी क्षेत्रको ठूलो भूमिका रहनेछ ।' विश्वकपमा छनोट हुन नेपाली खेलाडीले कडा मिहिनेत गर्ने कप्तान पारसले विश्वास दिलाएका छन् ।
यसैगरी खेलकुदमन्त्री रामकुमार श्रेष्ठले नेपाली टोलीलाई मन्त्रालयबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । 'तपाईंहरूलाई चाहिने सहयोग दिन हामी तयार छौँ,' खेलकुदमन्त्री श्रेष्ठले भने । यसैगरी क्यानका अध्यक्ष टंक आङबुहाङले नेपाली टोलीमाथि ठूलो चुनौती तेर्सिएको बताएका छन् ।
क्यान र खेलाडीको एक प्रयासले मात्र सफल नहुने बताउँदै अध्यक्ष आङबुहाङले भने्, 'यतिवेला हामीलाई सबैको साथ चाहिन्छ, हाम्रो मात्र प्रयासले केही हुँदैन ।' अध्यक्ष आङबुहाङले निजी क्षेत्र, परिषद् तथा खेलकुद मन्त्रालयबाट सहयोगको आशा गरेको बताए । 'विश्वकपमा छनोट हुनु हालसम्मकै ठूलो चुनौतीका रूपमा लिएको छु र हामीलाई सम्बन्धित क्षेत्रबाट सहयोग पाउने आशा छ,' उनले भने ।
यता क्यानका सदस्य संजीव पाण्डेले नेपाली टोलीले विश्वकप छनोट पार गर्ने बताएका छन् । क्यान पनि खेलाडीलाई सबै आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । यसैबीच बिहीबार नेपाली टोलीलाई कांग्रेस तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि सम्मान गर्ने भएको छ ।

 
बलात्कार आरोपमा फुटबलर पक्राउ पीडीएफ मुद्रण इमेल

लन्डन/ इंग्लिस पि्रमियर लिग क्लब क्विन्स पार्क रेन्जर्स -क्युपिआर)का स्ट्राइकर लोइक रेमी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा बुधबार पक्राउ परेका छन् । आफ्नो भाइ र एक साथीसँग मिलेर ३४ वषर्ीया एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रेमी पक्राउ परेका हुन् ।
रेमीसहित तीनैजनालाई स्कटल्यान्डको यार्ड सेक्स क्राइम टोलीले गिरफ्तार गरेको हो । पीडित महिलाले दिएको बयानअनुसार रेमीसहित तीनजनाले गत सोमबार वेस्ट लन्डनस्थित रेमीको फ्ल्याटमा उनी बलात्कृत भएकी हुन् ।
घटनालगत्तै पीडित महिलाले केन्ट प्रहरीमा रिपोर्ट गरेकी थिइन् । आरोपितलाई प्रहरीले लन्डनको दक्षिण पूर्वी सहर फुलहामबाट पक्राउ गरेको हो । रेमी क्युपिआरमा प्रतिसाता ७५ हजार पाउन्डमा आबद्ध भएका थिए । प्रहरीले रेमी र आरोपित अन्य दुईजनाको अनुसन्धान भइरहेको बताएको छ । महानगरीय प्रहरीका प्रवक्ताले भनेका छन्, 'एक महिलाले पूर्वी लन्डनमा जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्, सेफायरका प्रहरी अधिकृतले घटनाको सम्बन्धमा छानबिन सुरु गरिसकेका छन् ।'
महिलाले बयानमा तीनजनाले आफूलाई जबर्जस्ती करणी गरेको बताएकी प्रहरीले जनाएको छ । 'महिलाले केन्ट प्रहरीसमक्ष रेमीसहितले जबर्जस्ती करणी गरेको आरोप लगाएकी रहिछन्, हामीले केन्ट प्रहरीमार्फत सf]mेबयान पाएका छौँ,' पुलिस प्रवक्ताले भनेका छन्, 'त्यस सम्बन्धमा हामी छानबिन गरी तथ्य
पत्ता लगाउनेछौँ ।'
महानगरीय प्रहरीका प्रवक्ताले पक्राउ परेका तीनजना लन्डन प्रहरीको कस्टडीमा रहेको बताएका छन् । प|mान्सेली स्ट्राइकर रेमी अघिल्लो जनवरीमा मार्सेलीबाट पूर्वी लन्डनको क्लब क्युपिआरसँग आबद्ध भएका थिए । यस सिजन क्युपिआर रेलिगेसनमा परेपछि उनले क्लब छाड्ने आँकलन गरिएको छ । क्युपिआरका प्रवक्ताले भने रेमीको पक्राउको सम्बन्धमा कुनै प्रतिक्रिया दिएनन् । उनले भने, 'रेमीमाथिको आरोप र पक्राउको सम्बन्धमा क्लब जानकार छ, तर प्रहरीले अनुसन्धान गरिरहेकाले हामीले त्यसमा प्रतिक्रिया
जनाउन मिल्दैन ।'

 
सिटीद्वारा मान्सिनी बर्खास्त पीडीएफ मुद्रण इमेल

लन्डन/ सिजनमा कुनै उपाधि दिलाउन नसकेपछि म्यानचेस्टर सिटीले सोमबार प्रशिक्षक रोबर्टो मान्सिनीलाई बर्खास्त गरेको छ । पि्रमियरसिप लिगको उपाधि निकटतम् प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई चार खेलअघि नै सुम्पिएपछि सिटीमा मान्सिनीको पद खतरामा परेको थियो । यसैसाता विम्बली रंगशालामा विगानजस्तो कमजोर प्रतिद्वन्द्वीसित एफए कपको फाइनलमा १-० ले पराजित भएपछि मान्सिनीको पद झनै कमजोर बन्यो ।
मान्सिनीलाई हटाउन सिटीलाई कारण चाहेको थियो । ८१ वर्षको इतिहासमा विगानले पहिलोपटक एफए कप उचालेपछि सिटीले सीधै मान्सिनीलाई बर्खास्त गरेको बि्रटिस मिडियाहरूले जनाएका छन् । बि्रटिस एजेन्सीहरूले मान्सिनी प|mान्सेली क्लब मोनाकोसँग नजिक देखिन्छन् ।
गत वर्ष नै मान्सिनीलाई मोनाकोबाट प्रस्ताव आएको थियो । तर, सिटीले चार दशकपछि पि्रमियरसिप लिग जितेपछि मान्सिनीको समयावधि बढ्यो । सिटीको व्यवस्थापकले सोमबार राति इटालियन मान्सिनीलाई करार नथप्ने घोषण गरी बर्खास्त गर्‍यो । मान्सिनीले सिटीमा तीन वर्ष बिताउँदा पि्रमियर लिग तथा एफए कपको उपाधि दिलाएका थिए । यसपटक उनी दुवै उपाधि रक्षा गर्न असमर्थ भए । सिटी ४४ वर्षपछि पि्रमियर लिग तथा ३५ वर्षपछि एफए कप च्याम्पियन भएको हो ।
मान्सिनीको कार्यकालमै सिटीले म्यानचेस्टर युनाइटेडमाथि ६-१ को फराकिलो जित दर्ता गरेको थियो । एक वर्षअगाडि सिटीलाई उत्कृष्ट सफलता दिलाएका मान्सिनीले यसपटक भने कुनै चमत्कार देखाउन सकेन । सिटी च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो ।
यसबीच रिक्त प्रशिक्षकमा क्लाउडियो रेनेरीलाई ल्याउने सम्भावना छ । गत वर्ष लिग च्याम्पियन हुँदा मान्सिनीलाई सिटीले ७० लाख पाउन्ड पारिश्रमिक दिएको थियो । जसमा सिटीले ट्याक्स प|mी गरेको थियो । मान्सिनीले कोलम्बियाका स्ट्राइकर राडमेल फाल्कोसँग काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
केही दिनअगाडि सिरिए क्लबद्वय रोमा र नेपोलीले मान्सिनीलाई कुनै पनि समय सिटीले हुत्याउन सक्ने बताएका थिए । तर, सिटीको व्यवस्थापकले ती आरोप अस्विकार गर्‍यो । गत महिना मान्सिनीका एजेन्ट टेक्सी वेगिस्तानले स्पेनिस क्लबसँग कुराकानी गरेका थिए ।
अर्को वर्ष च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा छनोट हुने आशा गरेको सिटी चेल्सीभन्दा एक अंकले पछाडि छ । बि्रटिस मिडियाका अनुसार स्पेनिस क्लब मालागा प्रशिक्षक म्यानुअल पेलेगि्रनी सिटीमा आउने सम्भावना छ ।

 
१८ असारमा पल्सर स्पोर्टस् अवार्ड पीडीएफ मुद्रण इमेल

काठमाडौं/ विश्व खेलकुद दिवसका अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले १८ असारका दिन पल्सर स्पोर्टस् अवार्ड प्रदान गर्ने भएको छ । ०६९ को स्पोर्टस् अवार्डमा आठ विधा रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका महासचिव महेश आचार्यले बताए ।
जसमा पल्सर वर्षको उत्कृट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, उत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर पपुलर प्लेयर अफ दी इयर छन् । स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र पारा एथलिटको घोषणा १८ असारमा हुनेछ । अन्य पाँच विधामा पाँच-पाँच खेलाडीको मनोनयन गरी एकलाई पुरस्कृत गरिनेछ । गत वर्षको संस्करणमा पल्सर वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी र वर्षको चर्चित खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो ।
यसैगरी, मुख्य प्रायोजक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले स्पोर्टस् अवार्डलाई प्रायोजन गर्ने प्रतिबद्धतालाई निरन्तरता दिने बताए । यस वर्ष प्रायोजन रकम बढाएर ११ लाख रुपैयाँ पुर्‍याएको प्रालिका निर्देशक गोल्छाले जानकारी दिएका छन् । 'खेलकुद नेपालका लागि एकताको सूत्रमा बाँध्ने माध्यम हो, लोकपि्रय स्पोर्टस् अवार्डसँग स्पोर्टस् बाइक पल्सरलाई जोड्न पाउँदा गर्व लागेको छ,' उनले भने । मन्चका अध्यक्ष अजय फुँयालले स्पोर्टस् अवार्ड नेपाली खेलकुदजगत्कै साझा कार्यक्रम भएको बताए ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »