Wednesday, Jun 19, 2013< /p>

खेलकुद
टोलीमा फर्किने श्रीशान्तको विश्वास पीडीएफ मुद्रण इमेल

राँची/ स्पट फिक्सिङ काण्डमा मुछिएका भारतीय  बलर श्रीशान्तले मंगलबार राति जमानत पाएका छन्् । २७ दिनअघि नयाँदिल्ली प्रहरीले भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सविरुद्ध फिक्सिङ गरेको दाबी गर्दै श्रीशान्तलाई पक्रेको थियो । अघिल्लोपटक अदालतले श्रीशान्तको जमानत दिन मानेको थिएन ।
तर, नयाँदिल्लीकै एक अदालतले उनीलगायत अन्य आरोपीलाई समेत जमानत दिएको भारतीय मिडियाले जनाएका छन्् । तीन सातापछि जमानत पाएपछि श्रीशान्तले भने, ‘तपाईंहरूलाई यो विश्वास दिलाउँछु, म कहिल्यै हार स्वीकार गर्दिनँ, सत्यका लागि सधँै लडिरहनेछु,’ तिहार जेलबाट छुटेपछि उनले भने ।
उनले जीवनमा आफूले कहिल्यै खेल मिलेमतो
नगरेको पुन: बयान दिएका छन्् । जेलबाट बाहिर आएपछि पहिलो लक्ष्यका रूपमा क्रिकेट खेल्ने उनले बताए । ‘मेरो सपना भनेको क्रिकेट खेल्नु हो । क्रिकेटबाहेक अन्य विकल्प मसँग छैन । फेरि उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय टोलीमा स्थान बनाउनेछु,’ श्रीशान्तले भने, ‘अर्को सपना भनेको दक्षिण अफ्रिकाविरुद्ध सिरिजमा सहभागी हुनु हो ।’
नयाँदिल्ली प्रहरीले स्पट फिक्सिङमा श्रीशान्तलाई समातेपछि आइपिल क्लब राजस्थानले उनलाई निलम्बन गरिएको थियो । भर्खर जेलबाट मुक्त भएपछि श्रीशान्तले तत्कालै केही विचार नगरेको समेत बताए । ‘जेलभित्र बिताएको पीडाको क्षण भुल्ने प्रयास गर्नेछु । जतिसक्दो आमाबुबालाई खुसी पार्ने प्रयास गर्छु,’ उनले भने, ‘क्रिकेटबारे तत्काल केही सोचेको छैन । तर, केही समयपछि कडा अभ्यास गर्नेछु ।’
भारतीय सञ्चारमाध्यमले आइपिएलमा फसाएको प्रश्नमा उनले भने, ‘मैले नराम्रो काम गरेको छैन । सत्यमाथि सधैँ विश्वास राखेको थिएँ । जसका कारण आज म बाहिर छु ।’ तिहार जेलको अनुभवबारे उनले केही बताएनन्् ।

 
अर्जेन्टिना फेरि बराबरीमा रोकियो पीडीएफ मुद्रण इमेल

क्विटो/ सन् २०१४ को विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पुन: एकपटक बराबरीको नतिजा निकालेको छ । क्विटोमा मंगलबार राति भएको प्रतिस्पर्धामा अर्जेन्टिना घरेलु टोली इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको हो । बराबरी नतिजासँगै दुईपटकको पूर्वविजेता अर्जेन्टिना शीर्ष स्थानमै रह्यो ।
खेलको चौथो मिनेटमा अर्जेन्टिनाले १–० को अग्रता लियो । सर्जियो अगुइरोले पेनाल्टी गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । अर्जेन्टिनाले आफ्नो अग्रतालाई लामो समय टिकाउन सकेन । खेलको १७औँ मिनेटमा इक्वेडरले बराबरी गोल फर्कायो । घरेलु टोलीलाई सेगुन्डो कास्टिलोले हेडिङ गोल गर्दै बराबरीमा पुर्‍याएका हुन् ।
अर्जेन्टिनी टोलीका स्टार स्ट्राइकर लियोनल मेसी खेलको ६०औँ मिनेटमा मैदानभित्र प्रवेश गरेका थिए । मेसीले पछिल्लो तीन सातादेखि दायाँ खुट्टामा ह्यामस्ट्रिङको सामना गरिरहेका छन्् । अर्जेन्टिनाले १४ खेलबाट २७ अंक बटुलेको छ । समुद्री सतहबाट ९ हजार ३ सय ५० फिटमाथि रहेको क्विटोमा ‘हाइअल्टिच्युट’को समस्या
देखिएको थियो ।
अर्को खेलमा कोलम्बियाले पेरूलाई २–० ले हराउँदै दोस्रो स्थान रक्षा गर्‍यो । कोलिम्बियाले १३ खेलबाट २६ अंक बटुल्यो । इक्वेडरले १३ खेलबाट २२ अंक बटुल्दै तेस्रो स्थान बलियो पार्‍यो । अघिल्लो साता कोलम्बियाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको थियो । कोलम्बियाले पेरुमाथि जित हात पार्दा राडमेल फाल्काओ तथा थिफिलो गुइरेजले एक–एक गोल गरेका थिए । फाल्काओले खेलको १३औँ मिनेटमा पेनाल्टी गोल ठोके । पहिलो हाफ सकिन एक मिनेटअघि थिफिलोले २–० का लागि गोल गरे । दक्षिण अमेरिका छनोटबाट शीर्ष चार टोली सीधै विश्वकपको अन्तिम चरणमा पुग्ने प्रावधान छ ।

 
पेनाल्टी सुटआउटमा थ्री स्टार चम्कियो पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
काठमाडौं, २६ जेठ
राष्ट्रिय टोलीका एक नम्बर गोलरक्षक किरण चेम्जोङले तीन पेनाल्टी सुट रोकेपछि साबिक उपविजेता थ्री स्टार क्लब चौथो संस्करणको गोर्खाकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा थ्री स्टारले जावलाखेललाई टाइब्रेकरमा ३–२ ले स्तब्ध पार्दै अन्तिम चारमा पुगेको हो ।
सनसनी तथा रोमाञ्चक टाइब्रेकरमा राष्ट्रिय टोलीकै अर्का गोलरक्षक बिकेस कुथूले थ्री स्टारका विकर्ण लिम्बू तथा फेमीको प्रहारलाई रोक्दै जावलाखेललाई सेमिफाइनलको आशा नदिलाएका होइनन् । तर, टाइब्रेकरमा बिकेसभन्दा किरण अब्बल रहे ।
जावलाखेलले उपाधि दाबेदार थ्री स्टारविरुद्ध दरिलो रक्षापंक्ति रणनीति अपनाउँदा पूरै समय कुनै पनि पक्षबाट गोल हुन सकेन ।
स्टार खेलाडीले भरिएको थ्री स्टारलाई गोलरक्षक बिकेसले १ सय २० मिनेट रोकेका थिए । थप भएको अतिरिक्त समयमा पनि गोल भएन । त्यसपछि अन्तिम चारमा पुग्ने छिनोफानो टाइब्रेकरबाट भएको हो । थ्री स्टारका लागि जिकोही डोडोज, किरण तथा सविन्द्र श्रेष्ठले गोल गरेका थिए । जावलाखेलबाट उमेश थापा र सुशील शाहले पेनाल्टी सुटमा गोल ठोके ।
थ्री स्टारलाई सविन्द्र श्रेष्ठले १–० ले अघि राखे । त्यसपछि किरणले राजको प्रहार छेके । बिकेसले विकर्णको सटिक प्रहारलाई छेक्दै जावलाखेललाई १–१ को रोमाञ्चक अवस्थामा पुर्‍याए ।
जावलाखेलबाट भेट्रान्स मिडफिल्डर प्रदीपले अन्तिम प्रहार गरेका थिए । राष्ट्रिय टोलीको पूर्वसदस्यसमेत रहेका प्रदीपको प्रहार अनुमान लगाउँदै थ्री स्टारका गोलरक्षक किरणले छेके । प्रदीपको प्रहार रोके गत्तै थ्री स्टारका खेलाडी तथा अफिसियलले जितको खुसीयाली मनाए ।
यता, अन्तिम आशाको केन्द्रविन्दु प्रदीपको प्रहार मिस भएपछि जावलाखेल क्याम्पमा निराशा छाएको थियो । प्रतिस्पर्धामा दुवै पक्षबाट आकर्षक फुटबल प्रस्तुत गरेका थिए । थ्री स्टारका किरण तथा जावलाखेलका बिकेसले केही उत्कृष्ट बचाउ गरे । खर्चिलो तथा फर्ममा रहेको थ्री स्टारको खेलाडीका राम्रा गोल प्रयासलाई बिकेसले उत्कृष्ट ढंगले बचाएका थिए ।
खेलको २०औँ मिनेटमा थ्री स्टारले दुर्भाग्य सामना गर्‍यो । सविन्द्रले डिबक्सबाट प्रहार गरेको बल क्रसबारमा ठोक्किँदा थ्री स्टारले अग्रता लिने मौका गुमायो । यता जावलाखेलको बलियो डिफेन्सलाई थ्री स्टारका खेलाडीले पटक–पटक तोड्दा पनि गोल गर्न सकेनन् । खेलको ३०औँ मिनेटमा जावलाखेलका उमेश थापाको पासमा केन्या गुरुङको प्रहार क्रसबार माथि गयो । पहिलो हाफमा थ्री स्टारका गोलरक्षक किरणले खासै मिहिनेत गर्नुपरेन ।
खेलको ५७औँ मिनेटमा जगजित श्रेष्ठको सटिक प्रहारलाई बिकेसले बचाए । सोही रिबाउन्समा ६ यार्ड बक्समा सविन्द्रले गोलका लागि प्रयास गरे । सविन्द्रको प्रयासलाई पनि जावलाखेलका बिकेसले पन्च गरे । खेलको ६१औँ मिनेटमा जावलाखेलका प्रदीपले थ्री स्टारको डिफेन्ड ट्रयाप तोड्दै पोस्टभन्दा ३० यार्ड टाढाबाट प्रहार गरेको बल पहिलोबार नजिक हुँदै बाहिरिएको थियो ।
खेलको ७८औँ मिनेटमा विकर्णको पासमा फेमीको प्रहार दोस्रो बारमा ठोकिँदा थ्री स्टारका समर्थक चुकचुकाए ।

 
न्युजिल्यान्डको रोमाञ्चक जित पीडीएफ मुद्रण इमेल

लन्डन/ न्युजिल्यान्डले च्याम्पियन्स ट्रफी २०१३ अन्तर्गत आइतबार समूह ‘ए’मा पूर्वविजेता श्रीलंकामाथि रोमाञ्चक एक विकेटको जित दर्ता गरेको छ । पहिलो ब्याटिङ गरेको श्रीलंका ३७.५ ओभरमा १३८ रनमा समेटिएको थियो । सहज लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.३ ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो ।
न्युजिल्यान्डले ८१ बलअघि नै जित हात पार्‍यो । श्रीलंकाका लागि लथिस मलिंगाले १० ओभरमा ३४ रन खर्चेर चार विकेट लिए । न्युजिल्यान्डको जितमा नाथन म्याककुलमले ३२ रनको योगदान दिए । उनले ४२ बलमा तीन चौका प्रहार गरे ।
न्युजिल्यान्डको सुरुवात पनि सोचेजस्तो भएन । मार्टिन गुप्तिल (२५) र लुक रोन्ची (७) ले पहिलो विकेटका लागि १४ रनको साझेदारी गरे । मालिंगा र तथा समिन्द्र इरन्गाले कसिलो बलिङ गरेपछि न्युजिल्यान्डले अन्तिम समयमा एक–एक रन लिन संघर्ष गर्नुपर्‍यो ।
मालिंगा र इरान्गाले न्युजिल्यान्डको मध्यक्रम र पुछारको ब्याटिङलाई चल्न दिएनन् । निरन्तर विकेट गुमाउँदा न्युजिल्यान्ड ८०–६ को अवस्थामा पुगेको थियो । त्यसपछि नाथन म्याकुलम र ब्रेन्डन म्याककुलम (१८) ले सातौँ विकेटका लागि ३५ रनको साझेदारी गर्दै टोलीलाई ११५–७ को स्थितिमा राखे । यसअघि ब्याटिङ गरेको श्रीलंकाको कमजोर सुरुवात भएको थियो । इनिङको पहिलो बलमै श्रीलंकाले विकेट गुमाउन सुरु गर्‍यो ।
केली मिल्सले कुशल परेरा (०) लाई ब्रेन्डन म्याककुलमद्वारा क्याच आउट गराए । तिलकरत्ने दिल्सान (२०) र कुमार संगाकारा (६८) ले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे । मिचेल म्याकक्लिनघनले दिल्सानलाई विलियम्सबाट क्याच समात्न लगाए । दिल्सान गुमाउँदा श्रीलंका २७–२ को अवस्थामा रह्यो ।
त्यसपछि थप सात रन जोड्दा श्रीलंका ३४–४ को कमजोर अवस्थामा पुग्यो । बायाँहाते ब्याट्सम्यानले संगाकाराले न्युजिल्यान्डको कसिलो बलिङको सामना गरेका थिए । तर, संगाकारालाई विकेटको अर्को छेउबाट कसैले पनि सहयोग नगरेपछि श्रीलंकाले पहिलो खेलमा सोचेजस्तो योगफल खडा गर्न सकेन ।
म्याकक्लिनघनले उत्कृष्ट बलिङ गरी श्रीलंकाको मध्यक्रमलाई कमजोर पारे । उनले ८.५ ओभरमा ४३ रन खर्चेर चार विकेट लिएपछि श्रीलंका ११८–७ को अवस्थामा रह्यो । यता, संगाकारा एक्लैले डटेर ३६.२ ओभरसम्म ब्याटिङ गरे । श्रीलंकाको कमजोर ब्याटिङमा उनले ८६ बलको सामना गरी आठ चौका प्रहार गरे ।

 
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »