|
सगरमाथा आरोहणका क्रममा रहेका तीन विदेशी पर्वतारोही र आरोहण सहयोगीका रूपमा खटिएका नेपाली शेर्पाबीच झन्डै २१ हजार फिटको उचाइमा झगडा परेको खबरले नेपाली मिडियामा मात्र स्थान बनाएन, अन्तर्राष्ट्रिय मिडियाको समेत ध्यान खिचेको छ । बेलायतबाट प्रकाशित हुने द सनले ँसबैभन्दा उचाइमा भएको झगडा’ शीर्षकमा समाचार प्रकाशित गरेर यस घटनालाई विशेष महत्त्व दिएको छ । घटना जुनकुनै कारणबाट घटेको भए पनि र जोसुकै दोषी भए पनि यसले सिंगो मुलुककै शिर निहुराएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालीको सान र गौरवको चिनारी पनि हो । सगरमाथाकै कारण नेपाललाई चिन्ने विदेशीको संख्या अत्यन्तै ठूलो छ । यस्तोमा सगरमाथा आरोहण गर्न आएका पाहुना आरोही र नेपाली शेर्पाहरूको झगडा र हात हालाहाल भएको खबरले पर्यटन बजारमा नेपालको बदनामी हुनेमा शंका छैन । वर्षौंदेखि स्वदेशी र विदेशी आरोहीको सहयोगीका रूपमा कार्यरत भरिया शेर्पाहरूले पुर्याउँदै आएको सहयोगको जति बयान गरे पनि कमै हुन्छ । साथै, सगरमाथाकै कारण हिमाल आरोहणमा निपुण हजारौँ शेर्पाले उचित रोजगारी पाइरहेकोमा पनि शंका छैन । यस्तोमा नेपाली शेर्पाले पाहुना आरोहीसित हात हालाहाल गरेर २१ हजार फिटको उचाइमा झगडा गरे भनेर सामान्यतः पत्याउन मुस्किल पर्छ । साथै, नेपाली भूमिमा रहेको सर्वोच्च शिखर आरोहणमा आएका विदेशी आरोहीले बित्थामा नेपाली शेर्पासित निहुँ खोजेर झगडा गरे भनेर पनि पत्याउनु कसरी ? घटनाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा समाचार नै आइसकेको हुनाले यस सम्बन्धमा नेपाल सरकारले छानबिन गरी सत्यतथ्य बाहिर ल्याएर अन्तर्राष्ट्रिय जगत्सामु यथार्थ सार्वजनिक गर्नु जरुरी छ । छानबिनबाट नेपाली शेर्पाको ज्यादती देखिएमा उनीहरूमाथि कारबाही गरी सगरमाथा सबैका लागि सुरक्षित छ र भविष्यमा अहिलेको जस्तो घटना कुनै पनि हालतमा दोहोरिनेछैन भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ । साथै, सगरमाथा आरोहणमा जाने आरोहीले अपनाउनुपर्ने सावधानी र उनीहरूले पालना गर्नुपर्ने नियमबारे पनि उनीहरूलाई जानकार गराउनु आवश्यक देखिन्छ । हिमाल आरोहणमा एउटाको सानो गल्तीले निकै ठूलो दुर्घटना हुन सक्ने भएकाले आरोहण दलका पथप्रदर्शक र भरियाका रूपमा साथमा गएका शेर्पाहरूको निर्देशन वा अनुरोध प्रत्येक आरोहीले मान्नैपर्ने कुरा उनीहरूलाई जानकार गराएर पठाउनेतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । सगरमाथामा गत शनिबार जेजस्तो घटना घट्यो, यसबाट सबैले पाठ सिक्नु जरुरी छ । खासगरी उच्च हिमाल आरोहणमा सहयोग पुर्याउँदै आएका ट्रेकिङ व्यवसायीदेखि राज्यका सरोकारवाला निकायले समेत आरोहण दलका पथप्रदर्शक, भरिया, लियाजन अफिसर सबैलाई यसबारे आवश्यक सचेतनामूलक शिक्षा दिनु आवश्यक देखिन्छ । सगरमाथामा घट्ने राम्रा नराम्रा कुनै पनि घटना हामीमाझ मात्र सीमित हुँदैनन् । यसले घटनामा संलग्न पक्षको भन्दा पनि सिंगो मुलुककै बदनाम हुनेमा शंका छैन । त्यसैले हामी नेपालीले यस्ता घटनामा बढी नै संयम अपनाएर मुलुकको साख जोगाउनु आवश्यक छ भने राज्यले पनि यस्तो घटना भविष्यमा कुनै हालतमा नदोहोरियोस् भन्नेमा विशेष चनाखो हुनु जरुरी छ ।
|
|
उच्च माध्यमिक शिक्षा परिषद् (उमाशिप) को काठमाडौं कार्यालयले हचुवाका भरमा परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका पठाएर रमिता देखाएको छ । परिषद्को काठमाडौं कार्यालयले परीक्षार्थी संख्याको हिसाबकिताब नै नगरी आफूमातहतका केही परीक्षा केन्द्रमा आवश्यकताभन्दा बढी उत्तरपुस्तिका पठाएको हुनाले परीक्षा मुखैमा आइसक्दा पनि कतिपय केन्द्रमा चाहिँ उत्तरपुस्तिका पठाउन नसकेको खुलासा भएको छ । आवश्यकताअनुसार छपाइएका उत्तरपुस्तिका अनावश्यक रूपमा केही केन्द्रमा पठाइएपछि कैयौँ केन्द्रमा उत्तरपुस्तिका पठाउन नसक्दा उमाशिपले बढी भएका उत्तरपुस्तिका फिर्ता ल्याएर पुनः वितरण गर्नुपरेको छ । यो घटना देख्दा सामान्य भए पनि यसले उमाशिपभित्रका कर्मचारीको लापरबाही उदांगो गरेको छ । कक्षा ११ र १२ को परीक्षाका लागि प्रतिपरीक्षार्थी नियमिततर्फ ६ र आंशिकतर्फ तीनवटा उत्तरपुस्तिका पठाउने व्यवस्था भए पनि परीक्षार्थी संख्या हेर्दै नहेरी हचुवाका भरमा झन्डै साढे दुई लाख उत्तरपुस्तिका पठाउनु जिम्मेवार पदाधिकारीको गम्भीर लापरबाही हो । एकपटक केन्द्र केन्द्रमा पठाइसकिएका यति ठूलो परिमाणका उत्तरपुस्तिका पुनः फिर्ता ल्याउँदा परिषद्लाई थप आर्थिक भार पर्ने निश्चित छ । केही कर्मचारीको बदमासीका कारण यदि परिषद्लाई थप आर्थिक भार पर्छ भने सो रकम सम्बन्धित कर्मचारीबाटै असुल्नुपर्छ । जसको लापरबाहीले गर्दा साढे दुई लाख उत्तरपुस्तिका अनावश्यक रूपमा विभिन्न परीक्षा केन्द्रमा पुगे, त्यसको जिम्मेवारी पनि तिनै कर्मचारीले लिनुपर्छ । अझ आफ्नो पदीय दायित्व राम्ररी वहन गर्न नसक्ने यस्ता गैरजिम्मेवार कर्मचारीमाथि कारबाही नै गर्न सक्नुपर्छ । उच्च माध्यमिक शिक्षा परिषद्ले आज -मंगलबार) देखि सुरु हुने कक्षा १२ र ३१ वैशाखदेखि सुरु हुने कक्षा ११ को परीक्षालाई विशेष रूपमा मर्यादित बनाउने दाबी गरेको छ । उत्तरपुस्तिका वितरणमै लापरबाही गरिसकेको परिषद्ले परीक्षा मर्यादित बनाउला भनेर विश्वास गर्न सकिने आधार भने देखिन्न । विगतमा पनि परिषद्बाट सञ्चालन गरिएका कक्षा ११ र १२ का परीक्षामा अनेकथरी अनियमितता हुने गरेको खुलासा भएकै हुन् । परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा समेत व्यापक अनियमितता हुने गरेको समेत व्यापक रूपमा चर्चामा आएकै हो । गत वर्षको परीक्षाको नतिजा प्रकाशनमा निजी उच्च माविका सञ्चालकको प्रभावमा परेर अनुत्तीर्ण भएका परीक्षार्थीलाई पनि मनपरी ढंगबाट अंक थपेर उत्तीर्ण गराइएको घटना सार्वजनिक भएको थियो । सो प्रकरणमा व्यापक रूपमा रकमको चलखेल भएको पनि चर्चा भएको थियो । त्यसैले पनि विगतका विभिन्न घटना जानेबुझेका सर्वसाधारणले परीक्षा मर्यादित बनाउने र अमर्यादित हर्कत गराउने उच्च माविको सम्बन्धनसमेत खारेज गराउने दाबीमा कति विश्वास गर्लान् यसै भन्न सकिन्न । परीक्षा मर्यादित हुनुपर्छ । परीक्षामा अमर्यादित कार्य गर्ने जोकोहीमाथि कारबाही हुनु पनि पर्छ । तर, पछिल्ला दिनमा नेपाली शैक्षिक क्षेत्रमा भित्रेका विकृतिसँगै मौलाएको अमर्यादित गतिविधिमा अभिभावक, परीक्षार्थी, शैक्षिक संस्थाका सञ्चालक, शिक्षक, शिक्षिका सबैको सशक्त भूमिका रहने गरेको देखिन्छ । त्यसैले परिषद्ले यस वर्षको कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन विशेष योजना नै बनाएर लागू गर्नुपर्ने देखिन्छ । अन्यथा जतिसुकै गफ दिए पनि परिषद्का पदाधिकारीले परीक्षा मर्यादित बनाउन सक्नेछैनन् ।
|
|
उच्च माध्यमिक शिक्षा परिषद् -उमाशिप) को काठमाडौं कार्यालयले हचुवाका भरमा परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका पठाएर रमिता देखाएको छ । परिषद्को काठमाडौं कार्यालयले परीक्षार्थी संख्याको हिसाबकिताब नै नगरी आफूमातहतका केही परीक्षा केन्द्रमा आवश्यकताभन्दा बढी उत्तरपुस्तिका पठाएको हुनाले परीक्षा मुखैमा आइसक्दा पनि कतिपय केन्द्रमा चाहिँ उत्तरपुस्तिका पठाउन नसकेको खुलासा भएको छ । आवश्यकताअनुसार छपाइएका उत्तरपुस्तिका अनावश्यक रूपमा केही केन्द्रमा पठाइएपछि कैयौँ केन्द्रमा उत्तरपुस्तिका पठाउन नसक्दा उमाशिपले बढी भएका उत्तरपुस्तिका फिर्ता ल्याएर पुनः वितरण गर्नुपरेको छ । यो घटना देख्दा सामान्य भए पनि यसले उमाशिपभित्रका कर्मचारीको लापरबाही उदांगो गरेको छ । कक्षा ११ र १२ को परीक्षाका लागि प्रतिपरीक्षार्थी नियमिततर्फ ६ र आंशिकतर्फ तीनवटा उत्तरपुस्तिका पठाउने व्यवस्था भए पनि परीक्षार्थी संख्या हेर्दै नहेरी हचुवाका भरमा झन्डै साढे दुई लाख उत्तरपुस्तिका पठाउनु जिम्मेवार पदाधिकारीको गम्भीर लापरबाही हो । एकपटक केन्द्र केन्द्रमा पठाइसकिएका यति ठूलो परिमाणका उत्तरपुस्तिका पुनः फिर्ता ल्याउँदा परिषद्लाई थप आर्थिक भार पर्ने निश्चित छ । केही कर्मचारीको बदमासीका कारण यदि परिषद्लाई थप आर्थिक भार पर्छ भने सो रकम सम्बन्धित कर्मचारीबाटै असुल्नुपर्छ । जसको लापरबाहीले गर्दा साढे दुई लाख उत्तरपुस्तिका अनावश्यक रूपमा विभिन्न परीक्षा केन्द्रमा पुगे, त्यसको जिम्मेवारी पनि तिनै कर्मचारीले लिनुपर्छ । अझ आफ्नो पदीय दायित्व राम्ररी वहन गर्न नसक्ने यस्ता गैरजिम्मेवार कर्मचारीमाथि कारबाही नै गर्न सक्नुपर्छ । उच्च माध्यमिक शिक्षा परिषद्ले आज -मंगलबार) देखि सुरु हुने कक्षा १२ र ३१ वैशाखदेखि सुरु हुने कक्षा ११ को परीक्षालाई विशेष रूपमा मर्यादित बनाउने दाबी गरेको छ । उत्तरपुस्तिका वितरणमै लापरबाही गरिसकेको परिषद्ले परीक्षा मर्यादित बनाउला भनेर विश्वास गर्न सकिने आधार भने देखिन्न । विगतमा पनि परिषद्बाट सञ्चालन गरिएका कक्षा ११ र १२ का परीक्षामा अनेकथरी अनियमितता हुने गरेको खुलासा भएकै हुन् । परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा समेत व्यापक अनियमितता हुने गरेको समेत व्यापक रूपमा चर्चामा आएकै हो । गत वर्षको परीक्षाको नतिजा प्रकाशनमा निजी उच्च माविका सञ्चालकको प्रभावमा परेर अनुत्तीर्ण भएका परीक्षार्थीलाई पनि मनपरी ढंगबाट अंक थपेर उत्तीर्ण गराइएको घटना सार्वजनिक भएको थियो । सो प्रकरणमा व्यापक रूपमा रकमको चलखेल भएको पनि चर्चा भएको थियो । त्यसैले पनि विगतका विभिन्न घटना जानेबुझेका सर्वसाधारणले परीक्षा मर्यादित बनाउने र अमर्यादित हर्कत गराउने उच्च माविको सम्बन्धनसमेत खारेज गराउने दाबीमा कति विश्वास गर्लान् यसै भन्न सकिन्न । परीक्षा मर्यादित हुनुपर्छ । परीक्षामा अमर्यादित कार्य गर्ने जोकोहीमाथि कारबाही हुनु पनि पर्छ । तर, पछिल्ला दिनमा नेपाली शैक्षिक क्षेत्रमा भित्रेका विकृतिसँगै मौलाएको अमर्यादित गतिविधिमा अभिभावक, परीक्षार्थी, शैक्षिक संस्थाका सञ्चालक, शिक्षक, शिक्षिका सबैको सशक्त भूमिका रहने गरेको देखिन्छ । त्यसैले परिषद्ले यस वर्षको कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन विशेष योजना नै बनाएर लागू गर्नुपर्ने देखिन्छ । अन्यथा जतिसुकै गफ दिए पनि परिषद्का पदाधिकारीले परीक्षा मर्यादित बनाउन सक्नेछैनन् ।
|
|
प्रहरी प्रशासनले जतिसुकै कडाइ गरे पनि राजधानीमा यौन व्यवसाय घट्नुको साटो झन्झन् फैलँदै गएको देखिन्छ । पछिल्लो समयमा प्रहरीले यौन धन्दा हुने ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा कडाइ गरेको देखिए पनि अवैध यौन व्यवसायमा कुनै कमी आएको छैन । झन् पछिल्लो समयमा चिया पसलदेखि अस्पतालसम्म यस्तो धन्दा मौलाइरहेको रहस्य खुलेको छ । राजधानीको ढल्कुस्थित एक चिया पसल र त्यसभित्र चलिरहेको यौन धन्दाबारे पर्दाफास भएपछि पछिल्लो समयमा यौन व्यवसायीले नयाँ-नयाँ उपाय अपनाएर आफ्नो धन्दाको सञ्जाल फैलाइरहेको प्रस्ट भएको छ । केहीअघि राजधानीको ज्याठास्थित एक चिनियाँ अस्पतालबाट पनि यौन धन्दामा संलग्न केही जोडी पक्राउ परेको खबर आएको थियो । यी दुई प्रतिनिधि घटनाबाट पनि अनुमान लगाउन सकिन्छ, यौन व्यवसायीले आफूहरूको व्यवसायलाई चिया पसल, अस्पताल आदिको छत्रछायामा सुरक्षित बनाइरहेका छन् । अवैध यौन धन्दाको जालो राजधानीमा मात्र होइन, राजधानीबाहिरका राजमार्ग र सहर बजारसम्म फैलेको छ । राजधानीबाहिरका कतिपय सहर बजारमा प्रहरीले कडाइ गर्न थालेपछि दिउँसै नजिकका घना वन जंगलबाट यौन धन्दा सञ्चालन हुन थालेको खबरसमेत आएको थियो केही अघि । चिया पसलको आवरणमा यौन धन्दा चलिरहेको राजधानीभित्रैको खुलासाले पनि यौन व्यवसायी र यौनकर्मीहरूले नयाँ-नयाँ उपाय अपनाएर आफूहरूलाई सुरक्षित बनाउने बाटो बनाइरहेको देखिन्छ । यौन व्यवसाय कतिपय मुलुकमा यौन उद्योगकै रूपमा सञ्चालित छ । कतिपय मुलुकको यौन बजारले ती मुलुकको समग्र पर्यटन व्यवसायमा समेत महत्त्वपूर्ण टेवा पुर्याइरहेको देखिन्छ । ती मुलुकमा यस व्यवसायले समग्र आर्थिक विकासमै सघाइरहेको समेत देख्न सकिन्छ । पछिल्लो समयमा प्रहरी प्रशासनले जतिसुकै कडाइ गरे पनि यौन व्यवसाय घट्नुको साटो झन्झन् मौलाउँदै गइरहेको छ । विद्यार्थी, राजनीतिज्ञ, कर्मचारी, प्रहरी, सैनिक, कलाकार, मजदुर, उद्योगपति, पर्यटक सबै यौन बजारका ग्राहक बन्ने गरेका छन् । प्रहरी प्रशासनले यौनकर्मी वा व्यवसायीबाटै रकम असुल्ने गरेको, रकम पाउन्जेल आँखा चिम्लेर सहयोग गर्ने र रकम पाउन छाडेपछि कडाइ गर्ने गरेको जस्ता आरोप वेलावेला लाग्ने गरेको छ । यतिखेर पनि राजधानीका केही क्षेत्रका प्रहरीले यौन व्यवसायीमाथि कडाइ गरे पनि अधिकांश क्षेत्रका प्रहरीले आँखा चिम्लिरहेको बताइन्छ । यसबाट पनि प्रहरीको समेत मिलेमतोमा यौन व्यवसाय मौलाइरहेको अनुमान गर्न कठिन छैन । यस व्यवसायबाट निकै ठूलो संख्याका युवती तथा महिलाले आफ्नो रोजीरोटीको समस्या टारिरहेको समेत देखिन्छ । मुलुकमा बढ्दो गरिबी र बेरोजगारीले गर्दा यौन व्यवसाय मौलाइरहेको हुनाले अब राज्यले पनि यस व्यवसायलाई हेर्ने नजर बदल्नुपर्ने हो कि जस्तो देखिँदै छ । कि त राज्यले व्यापक कडाइ गरी यो व्यवसाय पूरै बन्द गर्न सक्नुपर्छ, कि त यसलाई कानुनी रूप दिएर व्यवस्थित गराउन सक्नुपर्छ । कुनै वेला सरकारका मन्त्रीले नै पनि यौन व्यवसायलाई कानुनी रूप दिएर निश्चित क्षेत्रलाई रेडलाइट एरिया तोक्नुपर्ने बताएका थिए । उनको अभिव्यक्तिले उतिखेर निकै चर्चा कमाएको पनि थियो । अब फेरि राज्यले यसतर्फ पनि सोच्नु जरुरी देखिँदै छ ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |