|
नयाँ पत्रिका ताप्लेजुङ, २५ जेठ थुकिमा–६ मा बुधबार राति गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा सयौँ विद्यार्थीको पठन–पाठन अवरुद्ध भएको छ । त्रिभुवन उच्च माध्यमिक विद्यालय थुकिमा जाने बाटो बन्द भएपछि झन्डै दुई सय ५० विद्यार्थी विद्यालय जान पाएका छैनन् । त्रिभुवन उमाविका प्रधानाध्यापक ईश्वरी भट्टराईले पहिरोले कक्षा ६ देखि १२ सम्म पढ्न आउने अधिकांश विद्यार्थीको बाटो अवरुद्ध भएकाले आउन नसकेको जानकारी दिए । भट्टराईका अनुसार सो विद्यालयमा चार सय ५० विद्यार्थी अध्ययनरत छन् । जसमा आधाभन्दा बढी विद्यार्थी विद्यालय आएका छैनन् । प्रधानाध्यापक भट्टराईले अझै पनि पहिरो बगिरहेको बताए । पहिरो नरोकिएपछि थुकिमा–६ को तुम्लिङदिन गाउँका ७५ जना, ७ र ८ को ओरकका ९५ जना विद्यालय आउन सकेका छैनन् । त्यस्तै, वडा नम्बर ९ सुर्केका ३५ र नाल्बो गाविसको लङ्वा पाटी क्षेत्रका २० विद्यार्थी विद्यालय आएका छैनन् । विद्यार्थी आउन छाडेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको भट्टराईले बताए । उनले बाटो बनाउन जिविस तथा अन्य निकायले पहल गरिदिनुपर्ने माग गरे । पहिरोमा परी त्रिभुवन उमाविका पाँच छात्रछात्राको मृत्यु भएको थियो । सो पहिरोका कारण नौजनाको ज्यान गइसकेको छ भने तीनजना अझै हराइरहेका छन् । उता, जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म विद्यालयको अवस्थाबारे सोधपुछ नगरेको प्रध्यानाध्यापक भट्टराईले गुनासो गरे ।
|
|
यज्ञप्रसाद सापकोटा/नयाँ पत्रिका बर्दिया, २१ जेठ शिक्षकहरू आफैँ अनिश्चितकालीन तालाबन्दी र धर्नामा उत्रिएपछि बर्दियाको मैनापोखरस्थित एक विद्यालयका एक हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन्् । शारदा उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक राजकुमार थारूलाई पूर्णकालीनबाट आंशिकमा घटुवा गरेको विरोधमा शिक्षक संघ/संगठनहरूले विद्यालयमा तालाबन्दी गरी धर्नामा बसेका हुन् । शिक्षकहरू नै धर्नामा बसेपछि विद्यार्थीले तीन दिनदेखि पढ्न पाएका छ्रैनन्् । ०६५ सालदेखि कक्षा ११ र १२ मा पूर्णकालीन रूपमा अध्यापन गर्दै आएका शिक्षक थारूलाई विद्यालय व्यवस्थापन समितिले गत २४ फागनमा आंशिकमा घटुवा गरेको थियो । पूर्वाग्रही ढंगले शिक्षा ऐन र नियमविपरीत पूर्णकालीन शिक्षकलाई आंशिकमा घटुवा गरिएको भन्दै उच्च माध्यमिक शिक्षक एसोसिएसन, अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायतले अनिश्चितकालीन विद्यालय बन्द गरेका हुन् । विद्यालय बन्द भएपछि प्रावि, निमावि र मावि गरी करिब नौ सय ५० विद्यार्थीको पढाइमा असर परेको छ । १९ जेठदेखि विद्यालय बन्द भएपछि विद्यार्थीहरू पढ्न जान छाडेर खेतीपातीको काममा लागेका छन्् । विद्यालयमा चरम विरोध भएपछि विद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीले गत १९ जेठदेखि नै लागू हुने गरी राजीनामा दिएका छन्् । विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयको चेपुवामा परेपछि राजीनामा दिन बाध्य भएको उनले बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्न समस्या भयो, विद्यालय व्यवस्थापन समितिसँग कुरा मिलेन ।’ शिक्षक घटुवा गरेको विषयमा गत २८ फागुनमा उच्च माध्यमिक शिक्षापरिषद् क्षेत्रीय कार्यालय बाँकेले शिक्षा विभागको परिपत्रविपरीत विद्यालयका शिक्षकलाई घटुवा गर्नुको कारण सोधेको भए पनि विद्यालयले जानकारी पठाएको छैन । त्यसैगरी, शिक्षक थारूले गत १४ जेठमा शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएपछि १९ जेठमा शिक्षकलाई आंशिकमा झार्नुको कारण सोधे पनि हालसम्म विद्यालयले स्पष्टीकरण पठाएको छैन । विद्यालयले उच्च माध्यमिक शिक्षापरिषद् र जिल्ला शिक्षा कार्यालयको निर्देशनलाई समेत बेवास्ता गरेको उच्च माध्यमिक शिक्षक एसोसिएसनका अध्यक्ष बर्दियाका अध्यक्ष ईश्वरीप्रसाद रिजालले बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समितिले कसैको निर्देशन पनि मानेको छैन, जिल्ला शिक्षा कार्यालयले वार्ता गराउने प्रयास गर्दासमेत विद्यालय व्यवस्थापन समितिले अटेर गरेको छ ।’ विद्यालय व्यवस्थापन समितिद्वारा घटुवामा परेका शिक्षक राजकुमार थारूले आंशिकमा झारेर आफ्नो रोजीरोटी नै गुमेको बताउँदै आफूलाई पूर्णकालीनमै पुनर्बहाली गर्नुपर्ने माग गरेका छन्् । विद्यालय व्यवस्थापन समितिले बिस्तारै आफूलाई हटाउन खोजेको उनको भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका एक सदस्यले विद्यालयमा भएको चरम राजनीतिले गर्दा विद्यालयमा विवाद सिर्जना भएको बताए । नाम नखुलाउने सर्तमा उनले भने, ‘शिक्षक–शिक्षक र अभिभावक–अभिभावकबीचको राजनीतिक मतभेदका कारण अहिले विद्यालय बन्द भएको हो ।’ यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालीचरण थारू र विद्यालयका वर्तमान प्रधानाध्यापक भने सम्पर्कमा आउन चाहेनन्् ।
|
|
गगनशिला खड्का/नयाँ पत्रिका गुल्मी, २१ जेठ विद्युत्् अनियमितताको विरोधमा गुल्मीका एफएम रेडियो अनिश्चितकालका लागि बन्द गरिएका छन्् । लामो समयसम्म विद्युत्् अनियमित हुँदा रेडियो सञ्चालन गर्न नसकिएको भन्दै जिल्लामा सञ्चालित चारवटा एफएम रेडियो बन्द गरिएका हुन् । एफएमहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै गुल्मी कालीगण्डकी ‘ए’ प्रभावित जिल्ला भएकाले लोडसेडिङमुक्त घोषणा गरिए पनि घोषणा कार्यान्वयन नगरिएको र लगातार २४ घन्टा नै विद्युत्् अवरुद्ध हुँदा रेडियो सञ्चालन गर्न नसकिएकाले अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको जनाएका छन्् । विद्युत् नियमित सुचारु हुने अवस्था सिर्जना नभएसम्म रेडियोहरूले प्रसारण सुरु गर्न नसक्ने उनीहरूले जनाएका छन्् । रेडियो रेसुंगा, सामुदायिक रेडियो स्काई, रुरु एफएम र गुल्मी एफएमले प्रसारण बन्द गरेका हुन् । विज्ञप्तिमा रेडियोको पहिलो प्राथमिकता जनताको सूचनाको हक स्थापित गर्नु नै भएको भए पनि प्राधिकरणको चरम लापरवाहीविरुद्ध सञ्चार माध्यम बन्द गर्नुपरेको उल्लेख छ । ‘हामीले बाध्यतावश रेडियो प्रसारण बन्द गर्न बाध्य भएका छौँ,’ रेडियो रेसुंगाका कार्यकारी निर्देशक जनार्दन घिमिरेले भने । विद्युत् नियमित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघलगायत पनि सोमबारदेखि आन्दोलित छन्् । दुवै संघ संस्थाले तीनदिने अल्टिमेटम दिँदै जिल्ला प्रशासन कार्यालय र विद्युत् प्राधिकरणमा ज्ञापनपत्र बुझाएको पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतमले बताए । लगातारको विद्युत् अनियमित र लामो समयसम्मको अवरोधले जिल्लाको व्यापार, व्यवसाय, उद्योग, कलकारखाना धराशयी भएको र दैनिक जनजीवनसमेत प्रभावित भएकाले आन्दोलित हुनुपरेको उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वर पाण्डेयले बताए । विद्युत् प्राधिकरणका निमित्त प्रमुख विनोदकुमार बानियाँले जिल्लाभित्रको सबै प्रसारण लाइन ठीक भए पनि रिडीदेखि तम्घाससम्मको विद्युत्मा पटक–पटक समस्या देखिने गरेको र त्यो समस्या पत्ता लगाउन नसकिएकाले क्षेत्रीय कार्यालय बुटवलबाटै इन्जिनियरको टोली बोलाइएको बताए ।
|
|
प्रेम बास्तोला/नयाँ पत्रिका सुनसरी, २१ जेठ एसएलसी दिएर बसेका विद्यार्थी के गर्छन् होला ? अधिकांशको जवाफ हुन्छ, रिजल्टको प्रतीक्षा गर्दै परिवारसँग गफगाफमै दिन बिताउँछन्् । बहकिने किशोर उमेर भएकाले आफ्ना छोराछोरीप्रति चिन्तित हुन्छन््, धेरै बाबुआमा । तर, धरानदेखि पूर्वमा पर्ने पाँचकन्या–५ देवीगाउँका एसएलसी दिएर बसेका विद्यार्थीले फुर्सदको समयलाई सामाजिक विकास र सुधारको बाटोमा उपयोग गरेका छन्् । यी विद्यार्थी देवीगाउँलाई पाँचकन्याकै मात्र नभएर सुनसरीकै नमुना गाउँको रूपमा पहिचान दिलाउन कम्मर कसेर लागेका छन्् । संगठित रूपमा न्यु विश्वकर्मा युवा समाजको गठन गरेर एकपछि अर्को गरी विभिन्न कार्यक्रम गर्दै उनीहरूलाई आजभोलि भ्याइनभ्याई भएको छ । आइतबार मात्रै देवीगाउँका सक्रिय युवाले एकैचोटि रक्तदान कार्यक्रम, विश्वकर्मा समाजको सामुदायिक भवनको शिलान्यास तथा विश्वकर्मा मन्दिरको शिलान्यास गरेका छन्् । उनीहरूले शिलान्यास गरेको सो सामुदायिक भवन बनाउन मात्रै लगभग १२ लाख रुपैयाँ जसरी पनि जुटाउने आँट गरेका छन्् । विश्वकर्माको मन्दिर बनाउन मात्रै २ लाख लाग्ने भएको छ । भवन र मन्दिर बनाउन न्यु विश्वकर्मा युवा समाजका अध्यक्ष रणबहादुर विश्वकर्मा र सचिव गोविन्द विकसहितले १० लाख रुपैयाँबराबरको जग्गासमेत उपलब्ध गराएका छन्् । आइतबार सुनसरीका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेलाई प्रमुख अतिथि बनाएर भवन र मन्दिरको शुभारम्भ गरिएको थियो । देवीगाउँका युवा जमातको नमुना कामलाई प्रशंसा र सहयोगका लागि एमालेका राष्ट्रियपरिषद् सदस्य डिबी शाहशंकर, एमाले सुनसरीसचिव मोतीराज सुनवार, कांग्रेस सुनसरी सदस्य तथा युवा विभाग संयोजक संदीप श्रेष्ठ, एन्फा उपाध्यक्ष तथा कांग्रेस धरान नगर कमिटीका अध्यक्ष किशोर राई, पाँचकन्या गाविससचिव हीरालाल विकलगायत उपस्थित थिए । उनीहरूले त्यहाँका युवाको समाज विकासप्रतिको उत्साह, मोह र कामको खुलेरै प्रशंसा गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाए । भवन तथा मन्दिर शिलान्यासकै अवसरमा गरिएको पहिलो चरणको कार्यक्रममा देवगाउँका युवा तथा अभिभावकले रक्तदान गरेका थिए । सामुदायिक भवन र मन्दिर स्थापनाका लागि उनीहरूले डेढ लाख रुपैयाँ स्थानीय ३२ घरधुरीबाट उठाइसकेका छन्् । अभिभावकले पनि राम्रो कामका लागि खुलेरै सहयोग गरको भुपाल विकले बताए । उनले भने, ‘अब यो कामका लागि अरूले पनि सहयोग गरे भने युवालाई थप हौसला मिल्ने थियो । अनि गाउँको विकास हुन्छ ।’ ‘युवाहरू कुलत, विकृति, विसंगतितिर उन्मुख भइरहेको भन्ने आरोप लागिरहेका वेला हामी त्यस कुरालाई चिर्न चाहन्छौँ,’ न्यु विश्वकर्मा युवा समाजका सचिव गोविन्द विकले भने ।
|
|
|
|
|
|
|
JPAGE_CURRENT_OF_TOTAL |