Wednesday, Jun 19, 2013< /p>

देश
मलेसियामा लुटेराबाट नेपाली कामदार हैरान पीडीएफ मुद्रण इमेल

खोटाङ/ मलेसियामा नेपाली कामदार लुटेराबाट पीडित भएका छन्् । मलेसियाको वातुकेपस्थित होस्टेलबाट नेपाली कामदारको सामान लुटिएको हो । कम्पनीमा काम गर्न गएको मौका पारेर लुटेराले होस्टलको गेट र ढोका फोडेर चोरी गरेको नेपाली कामदारले बताएका छन्् ।
लुटेराले नेपाली कामदारको नगद, बैंकको एटिएम कार्डलगायत तीन थान मोबाइल चोरी गरेको होस्टलका बुद्धि तामाङले बताए । नेपाली कामदार बसोबास गर्ने होस्टलमा यसअघि पनि पटक–पटक चोरी भएको तर यसबारे जानकारी गराउँदा कम्पनीले बेवास्ता गरेको खोटाङ सेवा समाज मलेसियाका महासचिव प्रकाश पुष्पक राईले जानकारी दिए ।
गत बुधबार मात्र पेनाङस्थित जुरुमा रहेको प्लास्टिक कम्पनीमा काम गर्दै आएका दाङ घोराहीका राकेश भण्डारीलाई लुटेराको समूहले कुटपिट गर्दै लुटेका थिए ।
काम गरेर होस्टल फर्कने क्रममा लुटेराले कुटपिट गर्दै भण्डारीको साथबाट आरएम एक हजार दुई सय (नेपाली रुपैयाँ ३५ हजार) र स्क्रिन टच स्यामसुङ् मोबाइल लुटेको महासचिव राईले बताए ।
एक हप्ताअघि पनि सेलेंगोर राज्यको बेरनाङस्थित स्विट ड्रिम कम्पनीमा कार्यरत नेपाली कामदार रामनरेश शर्मा र तेजबहादुर बम्जन शारीरिक यातनासहित
लुटिएका थिए ।

 
चरिकोट दिनभर तनावग्रस्त पीडीएफ मुद्रण इमेल

लक्ष्मण खड्का/नयाँ पत्रिका
दोलखा, १९ जेठ
कवाडी सामानको विषयलाई लिएर दोलखा सदरमुकाम चरिकोटमा वाइसिएल र तरुण दलका कार्यकर्ताबीच झडप हुँदा दोलखा सदरमुकाम चरिकोट दिनभर तनावग्रस्त भएको छ ।
झडपका क्रममा दुवैतर्फका केही कार्यकर्ता घाइते भएका छन् । केही मोटरसाइकल र बसपार्क क्षेत्रका घर तथा पसलमा तोडफोडसमेत भएको छ । वाइसिएल र तरुण दलका कार्यकर्ताबीच करिब डेढ घन्टा ढुंगा हानाहान तथा रड, छुरा प्रहार भएको थियो ।
तरुण दलका कार्यकर्ताले रामेछापको नामाडीबाट द्वन्द्वका क्रममा माओवादीले जलाएको डोजरको कवाडी सामानलाई अवैध ढंगले निकासी गरेको भन्दै वाइसिएलले सदरमुकाम चरिकोटमा रोकेपछि विवाद भएको थियो । विवादका क्रममा तरुण दलका जिल्ला अध्यक्ष सानु शेर्पाले वाइसिएलका जिल्ला संयोजक नवीन जिरेलमाथि हातपात गरेपछि झडप सुरु भएको हो । त्यसलगत्तै प्रहरीको भ्यान चढेर बसपार्कबाट फर्किंदै गरेका शेर्पालाई वाइसिएल कार्यकर्ताले भ्यान रोकेर आक्रमण गरेका थिए ।
त्यसपछि कांग्रेस जिल्ला सभापति ताराबहादुर कोइरालाको नेतृत्वमा थप कार्यकर्ता आएपछि दोहोरो झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । चरिकोटको बसपार्क र सातदोबाटो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
वाइसिएल दोलखाको शनिबार जिल्ला भेला भएर नयाँ नेतृत्व आएको थियो । त्यसको भोलिपल्ट झडप भएको हो । झडपपछि त्रासका कारण चरिकोट बजार बन्द भएको छ । समस्या समाधानका लागि स्थानीय प्रशासनले सर्वदलीय बैठक बोलाए पनि दलका नेता गएका छैनन् । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद अधिकारीले समस्या समाधानका लागि वार्ताको प्रयास भइरहेको बताए ।
चरिकोटका मनोज श्रेष्ठले रामेछापबाट ल्याएको तीन ट्रक कवाडी सामान वाइसिएलले अवैध भएको दाबी गरेको छ । सो कवाडी सामान तरुण दस्ताका अध्यक्ष शेर्पासहितको मिलेमतोमा ल्याइएको वाइसिएलको दाबी छ । उता तरुण दलले भने वाइसिएलले आफ्नो बदनाम गर्न बखेडा झिकेको बताएको छ । वाइसिएलले तीन लाख चन्दा मागेपछि व्यापारीले नदिँदा बखेडा गरेको तरुण दलको आरोप छ ।
एकीकृत माओवादीले आइतबार साँझ पत्रकार सम्मेलन गरेर अवैध सामानबारे स्थानीय प्रशासनलाई जानकारी दिई सार्वजनिक सम्पत्ति दुरुपयोग रोक्ने प्रयास गरेको दाबी गरेको छ । तर, तरुण दलका शेर्पाले एक्कासि वाइसिएल संयोजक जिरेलमाथि आक्रमण गरेको बताएको छ । पत्रकार सम्मेलनमा माओवादी नेता विशाल खड्काले व्यापारी नेत्रबहादुर लामामार्फत तेज कन्स्ट्रक्सनको नाममा रहेको डोजरको कवाडी पाटपुर्जा विधि र प्रक्रियाविपरीत लैजान खोजिएको बताए ।

 
हावाहुरीले विद्यालय भत्किएपछि पठनपाठन ठप्प पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
इलाम, १९ जेठ
शुक्रबार बिहान आएको वर्षासँगैको हावाहुरीले विद्यालय भवन भत्काएपछि इलामको कन्यामस्थित नवज्योति प्राथमिक विद्यालयको पठनपाठन बन्द भएको छ । हावाहुरीले ६ कोठे भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
हावाहुरीले भवनको छाना उडाएको छ भने पर्खालसमेत भत्किएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद कट्टेलले बताए । भवन भत्कँदा विद्यालयका एक विद्यार्थीसमेत घाइते भएका थिए । कक्षा सुरु भइनसकेकाले थप मानवीय क्षति हुनबाट जोगिएको विद्यालयले जनाएको छ ।
भवन भत्किएपछि ४१ विद्यार्थीको पठनपाठन ठप्प छ । स्थानीय अभिभावकले टहरा निर्माण गरिरहेकाले एक साताभित्र पठनपाठन चालू हुने प्रअ कट्टेलले जानकारी दिए । टहरा निर्माणपछि पनि विद्यालयमा पठनपाठन हुने सम्भावना कम छ । त्यस क्षेत्रमा बढी हावा चल्ने भएकाले पठनपाठनमा समस्या हुने
स्थानीय बताउँछन् ।
क्षतिग्रस्त भवनको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले अवलोकन गरेका छन् । क्षति भएको विद्यालयको भवन पुनर्निर्माण गर्न स्रोतको खोजी भइरहेको उनले बताए । भवन निर्माणका लागि विद्यालयले जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलाममा अनुरोध गरेको छ ।
यस्तै सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकी चुहिँदा प्रहरीहरूको बेहाल भएको छ । लगातार पानी परेपछि चुलोमा पानी चुहिँदा चार दिनदेखि खाना पकाउन नसकिएको तिनघरे प्रहरी बिटका एक प्रहरी हवल्दारले बताए ।
जिल्लाको रक्से, माबु, फिक्कललगायतका प्रहरी कार्यालयमा पानी चुहिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।

 
पूरा नहुँदै भत्कियो सडक पीडीएफ मुद्रण इमेल

नयाँ पत्रिका
ओखलढुंगा, १९ जेठ
एसियाली विकास बैंकको सहयोगमा निमार्णाधीन हर्कपुर–ओखलढुंगा सडकखण्डमा कालोपत्रेका लागि सबबेस निर्माणको काममा ठेकेदारले लापरबाही गरेको छ । सो सबबेस बनाएर नसकिँदै भत्केको छ ।
ठेकेदारबाट गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । ‘आधा काम नहुँदै ड्रेनवाल भत्किएको छ,’ सल्लेरीका स्थानीय चन्द्रबहादुर तामाङले भने, ‘सबबेसको काम नसकिँदै भत्किएको सडक कसरी पिच हुन्छ ? यो त अचम्मै भयो ।’ तँुदी नागार्जुन जेभीले गरेको ४ नम्बर खण्डमा निर्माणका सामग्री गुणस्तरहीन प्रयोग गरेकाले बनाई नसक्दै भत्किएको तामाङले बताए ।
ठेकेदार कम्पनीले अत्यधिक परिमाणमा बालुवा र थोरै परिमाणमा सिमेन्ट, गिटी प्रयोग गरेर सडकको ड्रेनवाल ग्याभिङ गरिरहेको स्थानीय प्रेम तामाङले आरोप लागाए । ड्रेनवाल बनाउँदा अनुपातभन्दा बढी बालुवामा कम सिमेन्ट मिसाएकाले बनाउँदा बनाउँदै भत्किएको उनको भनाइ छ । तामाङले भने, ‘सडकमा गुणस्तरहीन काम भएको विषयमा गुनासो गर्दा न त स्थानीयको कुरा सुनिँदै छ न त प्राविधिक मापदण्ड पालना गरिँदै छ ।’

 
थप लेखहरु...
« सुरुअघिल्लो12345678910पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL