Wednesday, Jun 19, 2013< /p>

देश
अधिकांश ग्रामीण सडक अवरुद्ध पीडीएफ मुद्रण इमेल

भरत खड्का/नयाँ पत्रिका
उदयपुर, ६ साउन
नियमित वषर्ासँगै पहिरो र हिलोले अधिकांश ग्रामीण सडक अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको छ ।
लगातारको झरीले बाढी र पहिरो एकैसाथ जाँदा जिल्लाका दुई दर्जन ग्रामीण सडक भताभुंग भएका छन् । कतै खहरेले सडक कटान गरेको छ भने कतै हिलो र पहिरोले बाटो अवरुद्ध भएको छ । गाईघाट-बेल्टार-रामपुर सडकमा पर्ने खोलामा आएको बाढीले यातायात चल्न नसक्ने गरी सडक भत्काएको छ ।
त्यस्तै, बेल्टार-सिद्धिपुर, गाईघाट-साउने-सल्ले, गाईघाट-जोगीदह-हडिया, कटार-माझखर्क, बेतेनी भञ्ज्याङ-राउतखर्क-रूपाटार सडकखण्डलाई पनि वषर्ाले अवरोध पुर्‍याएको छ । यी सडकमा भाडाका बस, जिप र ट्रयाक्टर चल्ने गर्छन् ।
अधिकांश सडकमा बाढी र खहरे खोलाले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । गाईघाट—रामपुर सडकखण्डअन्तर्गत आधा दर्जन खहरे खोलामा आएको बाढीले सडक भत्काउँदा त्यस क्षेत्रको यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
ग्रामीण भेगमा कृषि प्रयोजनका लागि यस वर्ष मात्रै एक दर्जनको हाराहारीमा नयाँ सडकका ट्रयाक खुलेको जिल्ला विकास समितिको तथ्यांकमा उल्लेख छ । ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएको थियो । तर, अहिले अधिकांश सडक कामै नलाग्ने अवस्थामा पुगेको माझखर्कका स्थानीय श्याम तामाङले बताए ।
सडकलाई नियमित रूपले सञ्चालनका लागि ट्रयाक खुलेलगत्तै नाली बनाउनुपर्ने उनको भनाइ छ । स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले सडक सुरक्षित गर्ने योजना भए पनि बजेट अभावकै कारण काम गर्न नसकिएको बताए । अधिकारीले भने, 'जनता सडकको निरन्तरताभन्दा पनि ट्रयाक खोले मात्र पुग्छ भन्ने सोचमा छन्, जसले गर्दा थोरै बजेटले धेरै काम गर्नुपर्ने अवस्था छ, यसो हुँदा वषर्ामा बिग्रने र हिउँदमा दुःखसुख सञ्चालनमा ल्याउनुभन्दा विकल्प छैन ।'
सडक अवरुद्ध भएपछि निकै चहलपहल हुने सदरमुकाम गाईघाट बजारसमेत सुनसान हुन थालेको छ । बजारसमेत आंशिक रूपमा मात्र खुल्ने गरेको छ । व्यापारी रामेश्वर पाण्डेले व्यापारमा निकै कमी आएको बताए ।
उनले भने, 'पसल नखोलौँ कमाइ खाने मेलो नै टुट्ने डर, खोलौँ दिनको पाँच सयसम्म पनि बिक्री छैन ।' ग्रामीण सडक भत्किएपछि सर्वसाधारणलाई आवत-जावतमा कठिनाइ भएको हिमाली यातायात बस व्यवसायी संघका अध्यक्ष पे्रम चामलिङले बताए ।

 
चरण अतिक्रमणले कृष्णसार संकटमा पीडीएफ मुद्रण इमेल

यज्ञप्रसाद सापकोटा/नयाँ पत्रिका
बर्दिया, ५ साउन
खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रमा स्थानीयले घरपालुवा जनावर चराउने क्रम बढेपछि संरक्षित जनावर कृष्णसार संकटमा परेको छ ।
संरक्षण क्षेत्रमा रहेका दुई सय ७८ वटा कृष्णसारलाई आहाराको अभाव भइरहेका वेला संरक्षित घाँसे मैदानमा स्थानीयवासीले गाईभंैसी चराउँदा समस्या भएको हो । संरक्षण क्षेत्रका कर्मचारीले चरण क्षेत्रमा पर्याप्त निगरानी नराख्दा चरिचरणमा वृद्धि भएको संरक्षणविद्हरूको भनाइ छ । सात सय आठ बिघा क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्रमा झन्डै एकतिहाइ भाग मात्र उपयोग भइरहेको छ ।
केही सातायता चरण क्षेत्रमा स्थानीयले गाईभैंसी चराउने क्रम बढेपछि कृष्णसार आहाराको अभावमा संरक्षण क्षेत्र बाहिर जान थालेका छन् । कृष्णसार चर्नका लागि बाहिर आएर किसानले लगाएको खेती खाइदिने गरेको स्थानीयको भनाइ छ । कृष्णसारलाई आहारका लागि छुट्याइएको संरक्षण क्षेत्रमा स्थानीयले दिनहुँ झन्डै एक हजार पाँच सय गाईभैंसी चर्नका लागि छोड्ने गरेको संरक्षण क्षेत्रको भनाइ छ ।
संरक्षण क्षेत्र घोषणा भएको लामो समय बित्दासमेत पर्याप्त कर्मचारी नभएका कारण अतिक्रमण रोक्न नसकेको संरक्षण अधिकृत मनोज शाहले बताए । शाहले भने, 'कामको बोझ बढ्दै गइरहेको छ, तर कर्मचारी ज्यादै कम छन्, हामीले चाहेर पनि रोक्न सकेका छैनौँ ।'
उनका अनुसार अनियन्त्रित चरणले घरपालुवा जनावरबाट कृष्णसारलाई विभिन्न रोग सर्न थालेको छ । उनका अनुसार खोरेतलगायत रोग कृष्णसारलाई सर्ने गरेको छ । शाहले भने, 'अन्य जनावरबाट कृष्णसारलाई खोरेत सर्न थालेपछि मध्यवर्ती क्षेत्रका पशुपक्षीलाई समेत खोपको व्यवस्था गरेका छौँ ।'
विसं ०६६ मा नै संरक्षण क्षेत्र घोषणा भए पनि हालसम्म चरिचरण र जग्गा अतिक्रमण रोकिएको छैन । जिल्लाको पर्यटकीय स्थल मानिएको सो क्षेत्रमा कृष्णसार हेर्न जाने पर्यटक गाईभैंसी हेरेर र्फकनुपर्ने बाध्यता रहेको स्थानीय पर्यटक व्यवसायीको
गुनासो छ ।
कृष्णसारका लागि भनेर सरकारले आर्थिक वर्ष ०५१/५२ मा सात सय आठ बिघा जग्गा अधिग्रहण गरेको थियो । त्यस वेलादेखि बसोबास गरिरहेका ऐलानी बस्ती र जग्गा अतिक्रमण गरेर बसेका मुक्तकमैया र सुकुम्बासीलाई सरकारले हटाउन सकेको छैन । अतिक्रमित जग्गाको बस्ती नउठाउँदासम्म गाईभैंसी संरक्षण क्षेत्रमा चराइरहने स्थानीयको भनाइ छ ।
यसै वर्ष मात्र संरक्षण क्षेत्रबाहिर चरणका लागि गएका दुईवटा कृष्णसार स्थानीयको आक्रमणमा मरेका थिए । संरक्षण क्षेत्रका अनुसार गत वर्ष संरक्षण क्षेत्रमा चरिचरण गराइएका गाईभंैसीबाट खोरेतलगायत रोग सर्दा आठवटा कृष्णसारको मृत्यु भएको थियो ।

 
सामूहिक राजीनामा दिने चेतावनी पीडीएफ मुद्रण इमेल

जनकपुर/ सामाजिक भत्तालगायतका रकममा अनियमितता भएको भन्दै जिविस धनुषाले झन्डै दुई दर्जन गाविसको बजेट रोक्का गरेपछि गाविससचिवहरूले सामूहिक राजीनामा दिने धम्की दिएका छन् ।
गाविससचिवहरूले कर्मचारीलाई कमिसन नदिँदा बजेट निकासा रोक्का गरेको दाबी गरेका छन् । नाम नछाप्ने सर्तमा एक सचिवले भने, 'हाम्रो गाविसको परिषद् समयमै भएको छ, सामाजिक सुरक्षाको रकम वित्तरण गरेको भरपाई पेस पनि गरेका छौँ, तर जिविसले निकसा रोकेको छ ।'
तुलसियाही गाविसका सचिव निरश साहले पनि गाविसको परिषद् र सामाजिक सुरक्षाको रकम वित्तरण गरेको भरपाई पुसमा नै पेस गरेको दाबी गरे । उनले भने, 'तर हालसम्म जिविसले दोस्रो किस्ता र सामाजिक सुरक्षाको रकम निकासा दिएका छैन ।' पुष्पलपुरका गाविस सचिवले पनि बजेट पि|mज हुनुमा जिविस नै दोषी रहेको दाबी गरे । उनले सामाजिक लेखा परीक्षणको पत्र कात्तिकमा काटनुपर्नेमा जिविसले असारमा मात्र काटेकोले बजेट पि|mज भएको बताए ।

 
बाढीले एकको मृत्यु, दुई हजार घर डुबानमा पीडीएफ मुद्रण इमेल

प्रदीप पाण्डेय/नयाँ पत्रिका
दाङ, ४ साउन
अविरल वषर्ापछि घोराहीको कटुवा खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ । बाढी गाउँमा पसेपछि देउखुरीका झन्डै दुई हजार घर डुबानमा परेका छन् ।
बाढीमा बगेर एक पुरुषको मृत्यु भए पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा राखिएको छ । प्रहरीका अनुसार बाढीमा बगेर अन्दाजी ३५ वषर्ीय युवकको मृत्यु भएको हो ।
लगातारको वषर्ाले देउखुरीमा हजारौँ घर डुबानमा परेका छन् । राप्ती नदीसहित दोलाई र सिंगे खोलामा आएको बाढी गाउँ पस्दा देउखुरीका तीन गाविसका झन्डै दुई हजार घर डुबानमा परेका हुन् ।
बाढीले सोनपुर गाविसका वडा नम्बर १, २, ३ र ४ लालमटिया गाविसका ३, ४, ७, ८ र ९ र सिसहनियाँका वडा नम्बर ४, ५, ६, ७ र ८ का घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुबानमा परेका ५० भन्दा बढी घर भत्किएको प्रहरी प्रमुख गणेशबहादुर ऐरले बताए । उनका अनुसार घर भत्किँदा एक वृद्धा च्यापिएर घाइते भएका छन् । उनलाई उपचारका लागि लमही ल्याइएको छ ।
घोराहीमा रहेको राप्ती साहित्य परिषद्को भवन पनि डुबानमा परेको छ । ढल निकासका लागि नाला नभएका कारण जमिनको सतहभन्दा तलबाट उठान गरिएको परिषद्को तल्लो तलामा पानी पसेको छ ।
बुधबार रातिदेखि परेको अविरल वषर्ाका कारण राप्ती नदीलगायत अन्य खोलामा बाढी बढेको हो । बाढीले बगाउँदा एक दर्जन चौपाया मरेको स्थानीयले बताएका छन् । गाउँमा बाढी पसेपछि जोखिममा परेका सयौँ स्थानीयलाई प्रहरीले उद्धार गरेको छ । प्रहरीले डुबानमा परेकाहरूलाई बुधबार रातभर उद्धार गरिएको जनाएको छ ।
तर, बाढीबाट भएको क्षति भने अझ आइनसकेको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख ऐरले भने, 'रातभर उद्धारमा लागियो, क्षतिको विवरण संकलन गर्न सकिएको छैन ।'
बाढीपीडितहरूलाई अहिले विभिन्न संस्थाले बसोबासको व्यवस्था मिलाएका छन् । बिहीबार दिउँसो पानीको सतह घट्दै गएपछि केही स्थानीय घर फर्किएको प्रहरीको भनाइ छ ।

 
« सुरुअघिल्लो201202203204205206207208209210पछिल्लोअन्तिम »

JPAGE_CURRENT_OF_TOTAL