|
नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, २२ भदौ कमलपोखरीस्थित सिटी सेन्टरछेउको घरमा पाँचजना युवतीले एउटा फ्ल्याट लिएका छन् । २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू घरानियाँ परिवारका छोरीजस्ता देखिन्छन् । पेसा सोध्दा विद्यार्थी हो भन्छन्, तर साँझपख महँगा कार लिएर लोग्ने मान्छेहरू लिन आउँछन् । प्रस्ट छ युवतीहरू विद्यार्थी होइनन् यौन-व्यवसायी हुन् । एक छिमेकी भन्छन्, ँयुवतीहरूको रहनसहन हेर्दा महिनामा लाखौँको जागिर खानेजस्तो देखिन्छ ।’ ग्राहक खोज्न उनीहरू कामुक कपडा लगाएर सिटी सेन्टरको फुडकोर्टमा पनि बस्छन् । कुरा मिल्नेबित्तिकै कार अथवा ट्याक्सीमा उनीहरू निस्कने गरेका छन् । नेपालमा अवैध यौन-व्यवसायको यो एउटा उदाहरण हो । सरकारले नियन्त्रण गर्न खोजे पनि राजधानीका टोलटोलमा विभिन्न तरिकाबाट यौन-व्यवसाय फैलिँदै गएको छ । बिहीबार मात्र प्रहरीले यौन-व्यवसायमा संलग्न चारजनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । महानगरीय प्रहरी प्रभाग कमलपोखरीले बालुवाटारस्थित एक घरमा छापा मारेर यौन-व्यवसाय चलाएको आरोपमा डोल्मा लामा र मिनु थापालाई पक्राउ गरेको हो । उनीहरूको फ्ल्याटबाट प्रहरीले कण्डम तथा यौनबर्द्धक औषधिसमेत बरामद गरेको छ । त्यस्तै, चन्डोलस्थित एक घरबाट पनि प्रहरीले एक जोडीलाई यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ गरेको छ । प\mल्याट भाडामा लिएर गोप्य तरिकाले उनीहरूले यौनधन्दा सञ्चालन गर्दै आएका थिए । पहिला ठमेल, सुन्धारा, बसपार्क क्षेत्रमा हुने यौन-व्यवसाय अहिले सहरका कुनाकुनासम्म फैलिएको छ । गरिब युवतीहरू मात्र होइन धनाढ्यहरूसमेत यो पेसामा आबद्ध छन् । बदलिँदो टे्रन्डड काठमाडौंमा मसाज भन्नेबित्तिकै नकारात्मक दृष्टिकोणले हेरिन्छ । कारण हो- केही वर्षअघिसम्म सबै मसाज सेन्टरको काम यौन-व्यवसाय थियो । ठमेल, दरबारमार्गलगायत क्षेत्रमा खुलेका मसाज केन्द्रमा खुलेआम रूपमा यौनधन्दा हुने गरेको थियो । त्यही कारण पनि ठमेल क्षेत्र बदनाम भएको थियो । 'तर अहिले त्यो अवस्था छैन,' ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ भन्छन्, 'राजधानीका अन्य क्षेत्रमा तीव्र रूपमा यौन-व्यवसाय फस्टाउँदै गएको छ ।' त्यसबाहेक राजधानीका विभिन्न होटल तथा गेस्टहाउसमा खुलेआम रूपमा यौनधन्दा हुन्थ्यो । होटलका सञ्चालकहरू नै त्यस्तो पेसामा आबद्ध थिए । तर, यो टे्रन्ड पनि बदलिएको छ । प्रहरी अधिकारीहरू नै प\mल्याट लिएर राजधानीका टोलटोलमा यस्तो यौन-व्यवसाय हुने गरेको बताउँछन् । 'हामीले गेस्टहाउस र प\mल्याटहरूमा छापा हान्दा धेरैजना रंगेहात पक्राउ पर्दै अाएका छन्,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्द भन्छन्, 'यसले उपत्यकामा यौन-व्यवसाय सबैतिर व्याप्त छ भन्ने संकेत गर्छ ।' स्रोतका अनुसार प\mल्याट भाडामा लिएर गोप्य रूपमा यौन-व्यवसाय सञ्चालन हुन थालेको छ । होटलहरूमा यौन-व्यवसाय सञ्चालन गर्दा प्रहरीले दुःख दिने भएकाले यसरी प\mल्याटहरूमा गोप्य रूपमा यौनधन्दा हुने गरेको हो । स्रोतका अनुसार रेस्टुरेन्टमा जस्तै खानपिनको व्यवस्थासमेत त्यस्ता प\mल्याटहरूमा हुने गरेको छ । खासगरी एकान्त स्थानमा हुने घरहरूमा व्यवसायीहरूले प\mल्याट लिएर यौन-व्यवसाय सञ्चालन गर्छन् । यस्ता अखडामा प्रहरी र निजामती कर्मचारीसमेत पुग्ने गरेका छन् । खासगरी शुक्रबार र शनिबार यस्ता अखडामा धन्दा चल्ने गरेको स्रोत बताउँछ । प\mल्याटबाहेक ब्युटिपार्लर तथा हेल्थ सेन्टरहरूमा पनि यौन-व्यवसाय फस्टाएको छ । बाहिर ब्युटिपार्लरको काम गर्ने, भित्र अन्य कोठाहरू बनाएर गोप्य रूपमा यौनधन्दा हुने गरेको छ । प्रहरीको आँखा छल्नका लागि यसरी विभिन्न आवरणमा यौन-व्यवसाय सञ्चालन हुने गरेको हो । राजधानीमा पछिल्लो समयमा देखिएको अर्काे टे्रन्ड भनेको दलाली प्रणाली हो । यस्तो दलाली पेसामा पहिला यस्तो पेसामा लागेर हाल उमेरका कारण छोडेका धेरै महिला छन् । दलाली पेसामा संलग्न सरस्वती नामक एक महिलाले आफूले फिल्मका हिरोइनसमेत मिलाइदिने बताइन् । मोडल र नायिकाहरूले ५० हजारभन्दा बढी पारिश्रमिक लिने गरेको उनको दाबी छ । त्यस्तै डान्सबार, दोहारीसाँझ मात्र नभई क्यासिनोमा समेत यौनधन्दा चल्ने गरेको छ । डान्सबारमा डान्सर तथा वेट्रेसका रूपमा कार्यरत युवतीले यौन-व्यवसायसमेत अंगाल्ने गरेका छन् । त्यस्तैगरी क्यासिनोमा समेत यौन-व्यवसाय सञ्चालन हुने गरेको छ । क्यासिनोका सञ्चालकहरूले जुवाडेहरूलाई खुसी बनाउनका लागि युवतीको व्यवस्था गरिदिने गरेको स्रोत बताउँछ । विदेशी जुवाडेहरू धनाढ्य हुने भएकाले क्यासिनोमा डान्स गर्ने युवती यस्तो पेसामा लाग्ने गरेका छन् । त्यस्तै कतिपय होटलसमेत यौन-व्यवसायमा संलग्न रहेको प्रहरी स्रोत बताउँछ । खासगरी विदेशीहरूका लागि उनीहरूले सम्पर्कको आधारमा युवतीलाई बोलाउने गर्छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी चन्द दिउँसोको समयमा राजधानीमा धेरै यौन-व्यवसाय हुने गरेको बताउँछन् । यसमा कतिपय विवाहित महिलासमेत रहेको उनको भनाइ छ । 'श्रीमान् अफिस गएको वेला थाहा नदिई दिउँसो उनीहरू यस्तो पेसामा लागेका हुन सक्छन्,' चन्द भन्छन्, 'आर्थिक अभावका कारण पनि उनीहरू यस्तो पेसामा लागेको हुन सक्छ ।' कतिपयले यौनतृप्तिका लागि पनि यो पेसा अंगालेको हुन सक्ने उनको भनाइ छ ।
ठमेलका एक सय ६८ मसाज बन्द
यौन-व्यवसायकै भरमा चलेका ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित एक सय ६८ वटा मसाज तथा स्पा सेन्टर बन्द भएका छन् । प्रहरीले मसाजमा हुने यौनधन्दालाई रोकेपछि ती मसाज पछिल्लो दुई वर्षमा बन्द भएका हुन् । 'पहिले यो क्षेत्रमा दुई सय ४४ वटा मसाज सेन्टर सञ्चालनमा थिए,' ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजनाथ श्रेष्ठ भन्छन्, 'अहिले ७६ वटा सञ्चालित छन्, त्यसमध्ये पनि २०/२५ वटा मात्र राम्रोसँग सञ्चालनमा छन् ।' पहिला मसाज सेन्टरहरू यौन-व्यवसायकै लागि खुल्ने गरेका थिए । तर, विगत तीन वर्षयता प्रहरीले त्यसमा कडाइ गर्दै आएको छ । यौन-व्यवसायमा संलग्न मसाज सेन्टरका सञ्चालक मात्र नभई घरधनीलाई समेत प्रहरीले पक्राउ गर्न थालेपछि मसाज सेन्टरहरू फेरिएका हुन् । दुई वर्षअघिबाट मसाज व्यवसायीले नै आचारसंहिता बनाएर लागू गरी विशुद्ध मसाजसम्बन्धी मात्र काम गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसयता प्रहरीको कडाइका कारण धेरै मसाज सेन्टर बन्द भएका हुन् । सो क्षेत्रका मसाज सेन्टरहरू पनि पछिल्लो समयमा यौन-व्यवसाय गर्न छाडेका छन् । गैरकानुनी भए पनि यौन व्यवसायलाई नियन्त्रण हुन गर्न नहुने माग उठ्न थालेको छ । 'बायोलोजिकल निड हो, व्यक्ति-व्यक्तिबीचको सम्बन्ध सरकारले नियन्त्रण गर्न मिल्दैन,' ठमेलका पर्यटन व्यवसायी तेजनाथ श्रेष्ठको भनाइ छ । 'विश्वमा सबैभन्दा छिटो विस्तार भएको व्यवसाय भनेको नै यही हो,' त्यसकारण नेपालमा पनि पर्यटकीय हिसाबले पनि सरकार यसमा लचिलो हुनुपर्छ ।' यो व्यवसायलाई वैधानिकता दिनु नपर्ने, तर कतिपय युरोपियन देशमा जस्तै नियन्त्रण पनि गर्न नहुने उनको भनाइ छ । नेपालमा पटकपटक रेडलाइट एरियाको कुरा उठ्दै आएको छ । तत्कालीन गृहमन्त्री वामदेव गौतमले केही वर्षअघि रेडलाइट एरिया तोक्ने बताएका थिए । त्यस्तै, पछि पर्यटनमन्त्री हुँदा शरत्सिंह भण्डारीले पनि त्यस्तै योजना सुनाएका थिए । पर्यटन व्यवसायी भने प्रत्यक्ष अप्रत्यक्ष रूपमा रेडलाइट एरिया तोकेर यौनव्यसायलाई व्यवस्थित गर्नुपर्ने बताउँदै आएका छन् ।
|
|
नयाँ पत्रिका काठमाडौं, २२ भदौ एमाले नेता केपी ओलीले आप\mनै नेताहरूलाई दर खुवाएका छन् । पार्टी अध्यक्ष झलनाथ खनालसहित थुप्रै नेताहरू श्रीमतीसहित शुक्रबार ओलीनिवास बालकोट पुगेर थपडी बजाए र छमछमी नाचे । एमाले अध्यक्ष खनालदेखि पार्टीबाट निष्कासित राधाकृष्ण मैनाली र पार्टी विभाजन गरी नेकपा -माले) गठन गरेका सिपी मैनालीसमेत ओलीनिवासमा श्रीमतीसहित पुगेका थिए । पुराना साथीहरूको यो कार्यक्रम निकै रमाइलो भयो । त्यसो त एमाले महिला नेतृहरु राधा ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायत पनि ओली निवासमा दर खान पुगेका थिए । तर, पार्टी उपाध्यक्ष विद्या भण्डारी भने अस्वस्थका कारण पुगेकी थिइनन् । जति नेता जम्मा भएका तिनले दर खाँदै थपडी बजाएका थिए भने उनीहरुका श्रीमतीहरु छमछमी नाँचेका थिए । ओली निवासका अनुसार दर खान खनाल, भरतमोहन अधिकारी, मोदनाथ प्रश्रति, अमृतकुमार बोहोरा, केशब बडाल, विष्ण्ाु पौडेल, शंकर पोखरेल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने लगायत नेताहरु जोडीसहित भेला भएका थिए । एमालेमा नरहेका राधाकृष्ण्ा मैनाली र सीपी मैनालीसमेत जोडी सहितै ओली निवासमा निम्तो मान्न गएका थिए । ओलीले निम्तो त वरिष्ठ नेता माधव नेपाल र ईश्वर पोखरेल लगायतका नेताहरुलाई पनि गरेका थिए । तर, नेपाल विदेशमा र पोखरेल राजधानी बाहिर भएकाले सहभागी भएनन् । त्यसो त पार्टीमा असन्तुष्ट समूहको नेतृत्व गरेका उपाध्यक्ष अशोक राईलाई पनि दर खान निम्त्याएका थिए तर, उनी गएनन् । ओली निवास स्रोतका अनुसार उनले तीजको अवसरमा खुशीयाली साटासाटका लागि खानाखाने गरी नेताहरुलाई बोलाएका हुन् । ओलीले 'श्रीमति पनि साथमै लिएर दर खान' आउने निम्तो दिएका थिए । महिला नेतृसहित पुरुष नेताका श्रीमतीहरु करिब डेढघण्टा कम्मर मर्काइ मर्काइ नाचेका थिए । उनीहरुको नाचमा नेताहरुले हाँस्दै थपडीले ताल दिएका थिए । पार्टी अध्यक्ष खनाल बिरामी र अरु धेरै नेताहरुमा सुगर, ब्लड प्रेसर जस्ता रोग रहेकाले दरमा चिल्लो र चिनी कम नै प्रयोग भएको एक नेताले जानकारी दिए । सामान्य दाल, भात र तरकारी भने सबैले खाएका थिए । ओली निवासको भोजमा तीजको रमाइलो मात्र भएन, राजनीतिक अवस्था र निकासका बारेमा पनि नेताहरुबीच छलफल भएको थियो । पारिवारिक र अनौपचारिक कुराकानी पनि भयो । 'लामो समयपछि भएको भेटघाट रमाइलो भयो', दर खाने कार्यक्रममा सहभागी एक नेताले भने, 'राजनीतिक कुराकानी पनि भयो, तर चाडवाडको अवसरको भेटघाट रमाइलोमै बढी वित्यो ।'
|
|
नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, २२ भदौ अवकाश हुन एक साता पनि बाँकी नहुँदा प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले धमाधम आफूनिकटका प्रहरी अधिकारीलाई आकर्षक कार्यालयमा सरुवा गरेका छन् । बुधबार आठ जिल्लाका प्रहरी प्रमुखको हेरफेर गरेका उनले शुक्रबार २९ जना डिएसपीको सरुवा गरेका छन् । शुक्रबारको सरुवामा पहिला आकर्षक मानिने कार्यालयमा इन्चार्ज भएर बसेका प्रहरी अधिकारीलाई पुनः इन्चार्ज बनाएर आकर्षक कार्यालमा पठाइएको छ । डिएसपी दीपक थापालाई इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखका रूपमा सरुवा गरिएको छ । कालिमाटी वृत्तबाट आयुक्त कार्यालयमा सरुवा गरिएका डिएसपी भीम ढकाललाई राजधानीकै नयाँ बानेश्वर वृत्तमा सरुवा गरिएको छ । बानेश्वर वृत्तका डिएसपी वीरबहादुर ओली एकमहिने तालिमका लागि विदेशमा छन् । रसुवा जिल्लाको प्रहरी प्रमुख रहँदा रक्तचन्दन तस्करीमा संलग्न भएको आरोपमा कारब्ााहीमा परेका डिएसपी ओम रानालाई पुनः जिल्लाको इन्चार्ज बनाइएको छ । रानालाई रोल्पाको प्रहरी प्रमुखमा खटाइएको हो । कालिमाटी वृत्तमा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका डिएसपी शेखर खनालको सरुवा भएको छ भने कालिमाटी वृत्तमा कार्यरत टेकबहादुर तामाङलाई प्रधानमन्त्रीको सुरक्षामा खटाइएको छ । त्यस्तै, बालाजु वृत्तमा अपराध महाशाखामा कार्यरत डिएसपी राजेश बाँस्तोलाको सरुवा भएको छ । बाजालुमा कार्यरत कृष्णबहादुर पल्लीमगरको विमानस्थल सुरक्षा गार्डमा सरुवा भएको छ । सिन्धुपाल्चोकमा मानवस्रोत विभागमा कार्यरत डिएसपी प्रताप गुरुङको पनि सरुवा भएको छ । धादिङमा डिएसपी विकास खनालको सरुवा भएको छ । उपत्यकामा हुने अधिकांश ठूला अपराधको अनुसन्धान गरेका डिएसपी सोमेन्द्रसिंह राठौरको स्याङ्जा जिल्लामा सरुवा भएको छ । उनी अपराध महाशाखामा कार्यरत थिए । काभ्रेका डिएसपी सुरेन्द्र मैनालीको अपराध महाशाखामा सरुवा भएको छ । काभ्रे जिल्लाको प्रमुखमा यसपटकबाट प्रहरी प्रधान कार्यालयले एसपी गीता उप्रेतीलाई खटाइसकेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय कावासोतीमा डिएसपी नान्तीराम गुरुङको सरुवा भएको छ । कावासोतीका मुकुन्द मरासानीको म्याग्दी जिल्लामा सरुवा भएको छ । म्याग्दीका दीपेन्द्र बिसीको मानवस्रोत विभागमा सरुवा भएको छ । डिएसपी राकेश सिंहको जुम्लामा सरुवा भएको छ । बुटवलका कृष्ण महतको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) सरुवा भएको छ । अर्का डिएसपी दिनेश आचार्यको पनि सिआइबीमा सरुवा भएको छ । प्रहरी महानिरीक्षक शाह आगामी २९ भदौबाट ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदै छन् । कायममुकायम आइजिपी तोकेपछि मात्र आफू बिदामा बस्ने उनले बताउँदै आएका छन् । उनले अवकाश पाउने वेला एसपी र डिएसपीको भने धमाधम सरुवा गरेका छन् । उनले ठूलो संख्यामा गत साता नै प्रहरी अधिकारीहरूको सरुवा गर्न लागेपछि गृहमन्त्री विजयकुमार गच्छदारसँगको विवादका कारण रोकिएको थियो । प्रधानमन्त्री र गृहमन्त्रीबीचको विवादका कारण सरकारले कामु आइजिपी तोक्ने पनि सकेको छैन । एआइजीहरू कुबेरसिंह राना, नवराज ढकाल र भीष्म प्रसाईं आइजिपीका दाबेदार हुन् । तर, प्रहरी ऐनमा जुनसुकै एआइजीलाई पनि बढुवा गर्न सक्ने प्रावधानका कारण सत्ताधारी दलहरूबीच सहमति हुन सकेको छैन । तीनैजना एआइजीहरू बढुवाका लागि दलहरू रिझाउने कसरतमा छन् । एआइजी बढुवाको विषयलाई लिएर माओवादी र फोरमका नेताहरूबीच पटकपटक छलफलसमेत भएको छ । उता, आगामी २९ भदौबाटै ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका पाँच एआइजी भने म्याद थप्नका लागि अदालती दौडमा छन् । आफूहरूको दुई वर्ष म्याद थप्नुपर्ने मागसहित उनीहरूले सर्वाेच्च अदालतमा रिट हालेका छन् । एआइजीहरू मदन खड्का, किरण गौतम, नरेश गुरुङ, अर्जुनजंग शाही, प्रकाश कुँवरलगायतका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवाहदको प्रावधानविरुद्ध सर्वोच्चमा रिट हालेका हुन् ।
|
|
नयाँ पत्रिका काठमाडौं, २२ भदौ सरकारले निजामती सेवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा विरोधमा उत्रिएका करार सेवाका झन्डै ७५ कर्मचारी पक्राउ परेका छन् । सामान्य प्रशासन मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले मन्तव्य दिइरहेका समयमा नाराबाजी गर्न थालेका ७५ कर्मचारी पक्राउ परेका हुन् । उनीहरूले आफूहरूलाई स्थायी गरिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । आफूहरूलाई सरकारले प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने माग उनीहरूको थियो । कर्मचारीहरूलाई दिनभर महेन्द्र पुलिस क्लबमा राखेर साँझ छाडिएको थियो । यसअघि रत्नपार्कबाट सुरु भएको प्रभातफेरी सामान्य प्रशाासन मन्त्रालयमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा मुख्य सचिव पौडेलले निजामती सेवालाई अझ जनमुखी बनाउन आफूले पहिलो प्राथमिकता दिएको बताए । उनले निजामती सेवाका कर्मचारीका कार्यक्षमता वृद्धि गर्न नयाँ योजना ल्याइन लागिएको पनि बताए । काफ्ले सर्वाेत्कृष्ट कर्मचारी निजामती सेवा दिवसका अवसरमा सरकारद्वारा दिइने सर्वोत्कृष्ट कर्मचारी पुरस्कार यसपटक अतिख्तयार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्लेलाई दिइने भएको छ । पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ । त्यसैगरी उत्कृष्ट कर्मचारी पुरस्कार वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईसहित १० जनालाई दिने निर्णय भएको छ । पुरस्कारको घोषणा शनिबार गरिने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
|
|
|